काठमाडौँ । भारत सरकारको अनुदान सहयोग अन्तर्गत १४ वटा विद्यालयहरुको निर्माणका लागि ठेकेदारहरु र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) बीच सम्झौता भएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले गोरखा, नुवाकोट, धादिङ, दोलखा, काठमाडौँ, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लाहरुमा १४ वटा विद्यालयहरुको निर्माणका लागि सम्झौता पत्रहरुमा हस्ताक्षर गरेको हो ।
यी विद्यालयहरु नेपालमा सञ्चालित भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहायताकै हिस्साको रुपमा ५६.०२ करोड रुपैयाँ अनुदान सहयोगमा निर्माण हुनेछन् ।
उक्त कार्यक्रममा भारतीय राजदूतावासका विकास साझेदारी एवम् पुनर्निर्माण प्रभागका काउन्सलर, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक, इकाईका अधिकारीहरु तथा ठेकेदारका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
यी विद्यालयहरु नेपाल सरकारको भूकम्प प्रतिरोधी पुनर्निर्माण सम्बन्धी मापदण्ड बमोजिम निर्माण गरिनेछन् । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, फर्निचर सहितका कक्षाकोठाहरु तथा छात्र एवम् छात्राका लागि छुट्टाछुट्टै सरसफाइका संरचनाहरु रहनेछन् ।
भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत ८ वटा जिल्लाका ७० वटा विद्यालयहरु र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको निर्माण कार्य सम्पन्न भई सन् २०२४ जनवरीमा नेपाल सरकारलाई हस्तान्तरण भइसकेका छन् । भूकम्पपछिका पुनर्निर्माण परियोजनाहरु लगायत नेपालको सामाजिक–आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायहरुसँग निरन्तर सहकार्य गर्न भारत सरकार प्रतिबद्ध रहेको भारतीय राजदूतावासले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्