Skip to content
LAXMI SUNRISE BANK

मनाङको नासोँ गाउँपालिकामा भारतीय सहयोगको अस्पताल भवन निर्माण हुँदै

अर्थ सरोकार

काठमाडौँ । भारत सरकारको सहयोगमा निर्माण हुन लागेको मनाङको नासोँ गाउँपालिका–५ मा अस्पताल भवनको शिलान्यास गरिएको छ । भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डे र नासोँ गाउँपालिकाका अध्यक्ष धन बहादुर गुरुङले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् ।

भवन शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष गुरुङले सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिएका छन् ।

उक्त भवन भारत सरकारको ५.६ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको हो । उक्त भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना मनाङको नासोँ गाउँपालिकामार्फत कार्यान्वयन गरिने बताइएको छ ।

गाउँपालिकामा अस्पतालको नयाँ संरचना निर्माण भएसँगै त्यसले गाउँपालिकामा स्वास्थ्य पहूँचलाई थप सहज बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK