×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंक लिमिटेडको ११औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिभिल बैंक लिमिटेडको ११औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित !

Artha Sarokar

३० पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिभिल बैंक लिमिटेडको ११औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । उक्त साधारणसभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्तापूँजीको ५%बराबरको बोनस शेयर तथा कर प्रयोजनको लागि प्रति शेयर ०.२६% नगद लाभांश वितरण गर्न सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ ।

साथै सभाले आ.व. २०७८/०७९को लेखापरिक्षण गर्नको लागि“एन.बि.एस.एम.एण्ड एशोसियट्स”लाई लेखापरिक्षकमा पुनःनियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुनेवा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्नेलगायत प्रचलित नियम, कानूनअनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ ।

सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । करिब पाँच लाख भन्दाबढी ग्राहकहरुलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८७ एटिएममार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले ९१ अर्व भन्दाबढी निक्षेप परिचालन गरी ८७ अर्व भन्दाबढी कर्जा लगानी गरीसकेकोे छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी