×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीइओ विहिन राष्ट्रिय बीमा कम्पनीलाई नियामकले तोकेको चुक्ता पूँजी पुर्याउनै हम्मेहम्मे, अन्य कम्पनीको अवस्था पनि उस्तै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सीइओ विहिन राष्ट्रिय बीमा कम्पनीलाई नियामकले तोकेको चुक्ता पूँजी पुर्याउनै हम्मेहम्मे, अन्य कम्पनीको अवस्था पनि उस्तै !

Artha Sarokar

१३ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सीइओ विहिन राष्ट्रिय बीमा कम्पनीलाई नियामकले तोकेको चुक्ता पूँजी पुर्याउनै हम्मेहम्मे परेको छ । नियामकले सबै बीमा कम्पनीहरुलाई चुक्तापुंजी बढाउँन निर्देशन दिएसँगै कम्पनीसँग थोरै मात्र चुक्तापूँजी भएकाले हम्मेहम्मे परेको हो । समितिले बीमा कम्पनीहरुलाई चुक्तापुंजी बढाउँन भनि चैत १० गते बसेको बीमा समितिको संचालक समितिको बैठकले निर्देशन दिएको थियो ।  बीमा समितिकाअनुसार जीवन बीमा कम्पनीहरुले ५ अर्ब पुर्याउनुपर्ने छ भने निर्जीवन बीमा कम्पनीहरुले साढे २ अर्ब चुक्तापुंजी पुर्याउनुपर्नेछ । तोकिएको चुक्तापुंजी २०७९ चैत मसान्तसम्म पुर्याउनुपर्ने कम्पनीले भनेको छ ।

बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले संचालक समितिबाट नै निर्णय गराएर यसलाई औपचारीक रुप दिएका हुन् । केहि कम्पनीले तोकिएको एक बर्षभित्र चुक्तापुंजी पुर्याउन नसकिने बताएका छन् भने केहिले अहिले थोरै पुंजी लिएर चलेका कम्पनीलाई नै मर्जमा लगेर बलियो कम्पनी बनाउनुपर्ने तर्क अगाडी सारेका छन् ।

जीवन बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग बाहेक अरु सबै कम्पनीसंग तोकिएको चुक्तापुंजीको अभाव देखिन्छ। नेपाल लाइफसँग अहिल्ये नै ८ अर्ब २० करोड चुक्तापुंजी रहेको छ । यस्तै तोकिएको चुक्तापुंजी पुर्याउन सबै भन्दाबढी रकम अभाव भएका कम्पनीमा सानिमा र प्रभु लाइफ इन्स्योरेन्स अग्रपंक्तिमा रहेका छन्। यी दुवै कम्पनीले झन्डै १५० प्रतिशतले चुक्तापुंजी बढाउनुपर्ने देखिन्छ। नेशनल लाइफले भने २३ प्रतिशतले मात्रै चुक्तापुंजी बढाए पुग्ने देखिएको छ । कम्पनीको हालको चुक्तापुंजी नेशनल लाइफको ४ अर्ब ३ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

निर्जीवन बीमातर्फ भने कुनै पनि कम्पनीसंग बीमा समितिले तोकेको चुक्तापुंजी छैन । तोकिएको चुक्तापुंजी पुर्याउनलाई शिखर र नेको इन्स्योरेन्सले सक्नेछन् भने अरु सबै कम्पनी नसक्ने अवस्तामा छन् । यी दुवै कम्पनीले करिब ४३ प्रतिशतले चुक्तापुंजी बढाउँदा तोकिएको चुक्तापुंजी पुग्ने देखिएको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी भने सबैभन्दा बढी प्रतिशतले चुक्तापुंजी बढाउनुपर्ने देखिएको छ । तोकिएको चुक्तापुंजी पुर्याउन ८३७ प्रतिशतले पुंजी बढाउनुपर्ने देखिन्छ । हाल कम्पनीको चुक्तापुंजी २६ करोड ६६ लाख रुपैयाँ मात्रै रहेको छ । यता नयाँ निर्जीवन बीमा कम्पनी अजोड इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, जेनेरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स लगायतका निर्जीवन बीमा कम्पनीलाई तोकिएको चुक्तापुंजी पुर्याउन सहज देखिदैन ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी