×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झापामा बङ्गुरपालनतर्फ किसानको आकर्षण, अनुदानलगायत कार्यक्रम सञ्चालनमा जोड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

झापामा बङ्गुरपालनतर्फ किसानको आकर्षण, अनुदानलगायत कार्यक्रम सञ्चालनमा जोड

Artha Sarokar

२१ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

झापा । पछिल्लो समय झापामा बङ्गुरपालनतर्फ किसानको आकर्षण बढेको पाइएको छ । बङ्गुरपालन व्यवसाय प्रवद्र्धनका लागि सरकारले प्रोत्साहनका कार्यक्रममा जोड दिन थालेपछि किसान व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हँुदै गएका हुन् ।
दुई वर्षअघि कोरोना महामारीले विभिन्न ठाउँमा रोजगारी गर्दै गरेका युवा गाउँ फर्किएपछि स्वरोजगार बन्न पनि गाउँघरमै बङ्गुरपालन थालेकाले किसान बिस्तारै यस कर्ममा बिस्तारै व्यावसायिक बन्दै गएका छन् । झापामा केही वर्षअघिसम्म बङ्गुरपालन गर्ने किसान सीमित सङ्ख्यामा मात्र थिए ।
तीन वर्षयता जिल्लामा बङ्गुरपालक किसानको सङ्ख्या बढेर पाँच सयभन्दा धेरै पुगेको बङ्गुर व्यवसायी सङ्घ प्रदेश नं १ का अध्यक्ष सञ्जीव कुलुङ्ग राईले बताउनुभयो । त्यसमध्ये जिल्लाको कमल गाउँपालिकामा बङ्गुरपालकको सङ्ख्या धेरै रहेको छ । त्यहाँ गाउँपालिकाले बङ्गुरपालन धेरै गरिएका वडा नं ३ र ४ लाई लक्षित गरी पकेट क्षेत्र घोषणा गरी विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ ।
दुई दशकभन्दा बढी व्यावसायिक बङ्गरपालन गर्दै आएका सङ्घका प्रदेश अध्यक्ष राईले बङ्गुरपालनमा स्थानीय, प्रदेश र सङ्घीय सरकारका तीनै तहका सरकारले अनुदानलगायत कार्यक्रम सञ्चालनमा जोड दिन थालेपछि बङ्गुरपालन व्यवसायतर्फ किसानको आकर्षण बढेको बताउनुभयो ।
सरकारले औजार खरिद र अन्य व्यवसाय वृद्धि विकासमा समेत अनुदान दिँदै आएकाले पनि बङ्गुरपालनमा किसान बढ्दै गएका उहाँको भनाइ छ । बङ्गुरपालनमा आकर्षण बढेपछि पछिल्लो आर्थिक मन्दी र दानाको मूल्य वृद्धिले साना बङ्गुरपालक किसानमा भने समस्या आउन थालेको किसानको गुनासो छ । बङ्गुर उत्पादनमा वृद्धि भए पनि उचित बजार नहुँदा समस्या हुँदै गएको अध्यक्ष राई बताउनुहुन्छ ।
प्रदेश नं १ बङ्गुरको मासु उत्पादनका लागि आत्मनिर्भर प्रदेश भएको सरकारी तथ्याङ्क छ । नेपालभर पालिने र मासुका लागि प्रयोग हुने बङ्गुरमध्ये ६० प्रतिशत बङ्गुर प्रदेश नं १ मा नै पालिने गरेको प्रदेश नं १ कृषि मन्त्रालयका सूचना अधिकारी कुमारसिंह खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशमा सबैभन्दा धेरै झापामा बङ्गुर पालिने गरिएको छ ।
मासुका लागि बङ्गुर पालिने गरिँदै आएका र बङ्गुर मासुका लागि यस जिल्लाले देशको ६० प्रतिशत बजार लिँदै आएको समेत उहाँले जानकारी दिनुभयो । झापामा पालन गरिएका बङ्गुर स्थानीय बजारदेखि काठमाडौँ र पश्चिमका जिल्ला तथा छिमेकी देश भारत, भूटानसम्म ठूलो परिणाममा निर्यात हुँदै आएका छन् ।
प्रदेश नं १ मा बङ्गुरपालनको सम्भावना देखेर प्रदेश सरकारले बङ्गुर प्रवद्र्धन कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । त्यो कार्यक्रममार्फत प्रदेशभरिका ११८ किसानले अनुदान पाएको मन्त्रालयले उल्लेख गरेको छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी