काठमाडौँ । हाकिमले नभनी टाइप गर्नेले टाइप गर्ने कुरै भएन । टाइप गर्नेले गरेको काम फेरि हाकिमले भेरिफाई नगरी प्रिन्ट हुने कुरै भएन । भयो भने पनि त्यो हाकिमको लापरवाही हो, र यसको दोष हाकिमले लिनुपर्छ । तर हाकिमले गरेको त्यहि ‘मनोमानी’लाई ‘प्रिन्ट मिस्टेक’ भनेर उम्किने दाउ गरिरहेछन् कम्पनीहरु । र कृषि बिकास बैंक लगानीकर्तालाई त्यस्तै घाउ दिएर उम्किने दाउ गरिरहेको रहेको छ ।
प्रसङ्ग हो, बैंकले सार्वजनिक गरेको झुटो वित्तीय विवरण, र सेयर बजारमा लगानीकर्ता फसिसकेपछी त्यसलाई गरेको करेक्सनको हो । कुरा आइतबारको हो । कृषि विकास बैंकले शनिबार हुने नहुने, जे पाए त्यहि तथ्यांक राखेर वित्तीय विवरण सार्वजनिक गर्यो । जवर्जस्ती बैंकको डिपीएस बढी देखाएको बैंकले गरेको यहि नौटंकीका कारण बैंकको सेयरमूल्य पनि बढ्यो । तर यस विषयमा अर्थ सरोकारले खबरदारी गरेपछि बैंक नाङ्गियो र सोमबार बैंकले भूलसुधार भनेर एउटा पत्रिकामा सानो सूचना निकाल्यो । सूचनापछि सेयर भाउ घट्यो । यो हदसम्मको चलखेल हुँदा पनि बैंक, यो त सामान्य गल्ती हो भनेर पन्छिन खोजिरहेको छ ।
फाइनान्सका हेड यस्तो मनपरी विवरण छाप्न लगाएर विदेश हानिएका छन्, अरु उच्च अधिकारीहरु फाइनान्सलाई देखाएर पन्छिरहेका छन् । झट्ट हेर्दा यो सामान्य विषय जस्तो लाग्न सक्ला धेरैलाई, तर यो गम्भीर विषय हो । अझ भन्नेहो भने यो नेपाल नभएर अरु कुनै देश हुन्थ्यो भने कृषि बिकास बैंकका फाइनान्स हेड यति बेला विदेशमा होइन, जेलमा हुन्थे । तर यो नेपाल हो, यहाँ हामीजस्ता ठुलाबडाले जे गरेपनि हुन्छ भन्ने लागेर होला सायद कृषि बिकास बैंकले मनपरीको हद नै नाघ्यो ।
हिजो यस्तै गल्ती गर्नेलाई कार्वाही भएन र त आज यस्तो गल्ती दोहोरिएको छ । आज कृषि बिकास बैंकले गरेको यस्तो गल्तीमाथि पनि कार्वाही भएन भने फेरी अर्को गल्ती हुन्छ । त्यो बेला फेरि आजकै कृषि बिकास बैंकलाई नगरिएको कारवाहीको नजिरले जित्न सक्छ । त्यसैले छिटोभन्दा छिटो कृषि विकास बैंकलाई नियामक धितोपत्र बोर्डले कारवाही गर्नुपर्छ । त्रुटी र गल्ती दुई फरक कुरा हुन् । गल्ती र बदनियत पनि दुई फरक कुरा हुन् । तर कृषि बिकास बैंकबाट लगानीकर्तालाई भएको धोकाधढी त्रुटी थियो, गल्ती थियो वा बदनियत थियो भन्ने जाँचबुझ हुनैपर्छ ।बदनियत ठहरिए यसमा संलग्नहरुलाई कारवाही हुनुपर्छ । प्रिन्ट मिस्टेक भयो भन्ने खोक्रो जवाफ दिएर उम्किने छुट कसैलाई छैन, हुनु हुँदैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्