
- मिसन सुदूरपश्चिम टेलिभिजन कार्यक्रम / अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कोरोना संक्रमणले थिलथिलो बनाइसकेको छ पूरै देश र अछुतो छैन हाम्रो सुदूरपश्चिम पनि । अस्पतालहरुमा बेद छैन, बेद भएपनि अक्सिजन छैन.। जनप्रतिनिधिको सहयोग छैन । सहयोग गर्ने आश पनि छैन।छ त केवल बाँचेर फेरी घर जाने झिनो आश । छ त केवल परिवारमा त्रास र आफन्तको छटपटी ।
तर यस्तो स्थिति हुँदा पनि अहँ चेतेका छैनन् जनता । मजदुरी गरेर घर फर्कनेहरु बस्दैनन् यता क्वारेन्टाइनमा । जनप्रतिनिधिहरु आफ्नै सुरमा छन् । सरकारको उपस्थिति कतै छैन । छ त बस नागरिकको चित्कार, गुनासो र आक्रोश । हो यस्तै छ यता सुदूरतिर । सुदुरपस्चिमका गाउँ तिर, शहरतिर । धनगढीमा जनताको धन मात्र सकिएको छ, उपचार छैन । कैलालीमा कहाली छ । कन्चनपुरमा कन्चन अवस्था कतै छैन ।महेन्द्रनगरमा नगर मात्र छ, सहयोग गर्ने महेन्द्ररुपी जनप्रतिनिधि कोहि छैनन् । डडेलधुरामा कोरोनाको डढेको मात्र छ । डोटीमा कोरोना महामारी हुँदा सरकारको ड्युटी छैन गाउँमा, अछाम, दार्चुला, बझाङ्ग, बाजुराको स्थिति झनै अत्यास लाग्दो छ । अहँ ! बाँच्ने झिनो आशा, र आफ्नाहरुको निराशा बाहेक आजकल केहि छैन यता सुदूरपश्चिम तिर । र त नागरिकहरु यो कोरोना कालमा पनि खोजिरहेछन् आफुले भोट हालेर पठाएका प्रतिनिधिहरु ।
यो कोरोना कालमा बस कोठाहरु चाहिने हो, अस्पतालमा भएकाजस्ता बेड हरु चाहिने हो । अक्सिजन चाहिने हो । तर सुनको खाटमा बसेर गरिब छु भन्ने मानसिकता बोक्ने जनप्रतिनिधिहरुको रबैया अझै पनि उस्तै छ। उता अस्पतालमा बेड नपाएर बिरामीहरु छटपटीरहेका छन् । यता वृद्धाश्रमको भवन पूरै खाली छ । तर यसलाई प्रयोग गर्ने कसैको चाहाना छैन । विद्वानहरुले त्यसै कहाँ भनेका हुन् र, नेपालीहरु स्रोत नभएर होइन इक्षाशक्ति नभएर गरिब भएका हुन् भनेर।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्