×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्तमा झेल, तथ्यांकमै खेलेर सामुहिक चलखेल ! (भिडियोसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मिर्मिरे लघुवित्तमा झेल, तथ्यांकमै खेलेर सामुहिक चलखेल ! (भिडियोसहित)

Artha Sarokar

५ जेष्ठ २०८२, सोमबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारमा चलखेल हुन्छ ? यो प्रश्नको सिधा उत्तर हो- ‘हुन्छ । पक्का हुन्छ ।’

अनि, सेयर बजारमा चलखेलचाहिँ कसरी हुन्छ ? यो प्रश्नको पनि सिधा जवाफ छ । सेयर बजारमा चलखेल गर्नेहरुले धेरै तरिकाले चलेखेल गर्छन् । कतिले टिकटकमा कराएर, कतिले फेसबुकमा स्टक उचालेर, कसैले फेक अकाउन्ट बनाई गलत स्टकको प्रचारबाजी गरेर, कसैले कर्नरिङ्ग गरेर, कसैले सर्कुलर ट्रेड गरेर । अझ पछिल्लो समय बहुतै सजिलो उपाय छ चलेख्ल गर्ने । त्यो हो, गलत तथ्यांक प्रकाशन गर्यो, त्यसभन्दा अगाडी आफुले टन्न सेयर किन्यो, वित्तीय विवरणमा अप्रत्यासित सूचक प्रकाशित भएपछि सेयर किन्नेहरुको ओहिरो लाग्छ अनि आफुले बेच्यो, भाग्यो । यस्तो चलेखेललाई सेयर बजारमा टोपी लगाएको भनिन्छ । र नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा पनि यस्तै टोपी लगाउने खेल खुलासा भएको छ ।

भएको के हो ?
नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरण साउन २६ गते शनिबार सार्वजनिक गर्यो । सो विवरणमा कम्पनीको प्रति सेयर आम्दानी (ईपीएस) ६२ रुपैयाँ ४८ पैसा देखाइयो, जुन अस्वाभाविक मात्र होइन, बुझ्नेहरुका लागि अपत्यारिलोसमेत थियो । कम्पनीको यो इपिएस गलत थियो, अर्थात हुँदै नभएको इपीएस देखाइएको थियो । जव लघुवित्तको यस्तो इपीएस सार्वजनिक भयो तव सो कम्पनीको सेयर किन्न लगानीकर्ताहरु झुम्मिए । सार्वजनिक गरिएको वित्तीय विवरण ठिक छ भनेर विवरणमै उल्लेख भएको हुन्छ । यहि कारण पनि सोझा लगानीकर्ताले विवरणमा प्रस्तुत गरिएका तथ्यांक नपत्याउने कुरै भएन । त्यसपछि भकाभक बायर आए । बायर आएपछि खेलाडीहरुले महँगोमा सेयर बेचे, सोझा सर्वसाधारणले किने । तर सोझासाझाले वित्तीय विवरणकै भरमा सेयर किनेपछि कम्पनीले सो वित्तीय विवरण झुटो रहेको स्वीकार्दै भूलसुधार गर्यो । भुलसुधारमा कम्पनीको प्रति सेयर आम्दानी ६२ रुपैयाँ ४८ पैसा नभई ४६ रुपैयाँ ८६ पैसा भएको उल्लेख गरिएको छ । महँगोमा सेयर किन्नेहरु फसे, बाठाहरु उम्किए । त्यसपछि महँगोमा सेयर किन्नेहरु हेरेको हेर्यै भए, सोझा लगानीकर्ताहरुको लाखौँ गुम्यो, खेलाडीहरु मालामाल भए ।

कम्पनीका सीइओ भन्छन्- ‘सामान्य भुल भयो, सुधार गरियो, मैले जानेको त्यति हो ।’ तर अहँ, जसजसले सो अपत्यारिलो इपीएस सार्वजनिक हुनु अगावै सेयर किनेका छन् र शनिबार अपत्यारिलो विवरण सार्वजनिक भएसँगै आइतबार निकै महँगोमा सेयर बेचेका छन्, सो विवरण हेर्दा यो सामान्य भूल थिएन, बरु नियोजित टोपी लगाउने खेल थियो भन्ने शंकालाई बल दिन्छ । वित्तीय विवरण सार्वजनिक हुनु अगाडी नै यसपटक निकै चमत्कारिक विवरण आउंदै छ भनेर हल्ला पिटिनु, ६०० हाराहारी मूल्य हुँदा ठुलो परिमाणमा सेयर किनिनु, सेयर किन्नेहरुमध्ये कतिपय तत्कालीन अध्यक्षकै आफन्त हुनु, शनिबार गलत वित्तीय विवरण सार्वजनिक भएर पनि आइतबार भूलसुधार नगरी, सोहि दिन ठुलो परिमाणमा ९३३ रुपैयाँ देखि ९८८ रुपैयाँसम्म ४ लाख कित्ता सेयर बिक्री हुनु, बिक्री गर्नेहरुमा पनि संचालकका साथीभाइ पर्नु, र आइतबार उनीहरुलाई सेयर बेच्न दिएर सोमबार मात्र भूलसुधार गर्नुले दालमा कि कालो छ, कि दालै कालो छ भन्ने तथ्यलाई नजरअन्दाज गर्न सकिन्न ।

यता कम्पनीका सीइओ भोजराज बश्याल कम्पनीले गलत इपीएस सार्वजनिक गरेको स्वीकारछन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले शनिबार प्रकाशित विवरण गलत भएको थाहा पाएको तर, आइतबार ढिलो गरी थाहा पाएपछि सोमबार भुलसुधार गरेको दाबी गरे । तर यो बीचमा सेयर बजारमा के भयो, अध्यक्षले के गरे भन्ने विषय आफुलाई थाहा नभएको उनको तर्क छ ।

यता कम्पनीका तत्कालीन अध्यक्ष सन्तोष फुयाँल कम्पनीको साधारणसभा नजिकिएका बेला कतिपय असम्बन्धित व्यक्तिहरुले यसलाई फण्डा गरेको बताउँछन् । अनि यस विषयमा अनुसन्धानका लागि तपाईं तयार हुनुहुन्छ ? भन्ने हाम्रो प्रश्न सुन्नेबित्तिकै उनले फोन नै काटिदिए ।

चोरले म चोर तवसम्म भन्दैन, जवसम्म अदालतले सो चोरलाई चोर नै हो भनेर प्रमाणित गर्छ । यो केसमा पनि धेरै सोच्नैपर्दैन, यो केसमा सिधासिधा सोझा लगानीकर्ताहरुलाई गलत इपीएस देखाएर टोपी लगाउने काम भएको शंका गर्ने प्रसस्तै ठाउँ छन् । तर यस्ता खेलाडीलाई कारवाही कसले गर्ने ? प्रश्न गम्भीर मात्र छैन, धितोपत्र बोर्डलाई चुनौती दिने यस्तालाई किन कारवाही हुँदैन भन्ने कुराले बोर्डको भूमिकामाथि नै शंका उब्जाएको छ । र त्यस्तै यस्तै घटनाका कारण नेपालमा सेयर बजार धेरैका लागि बदनाम छ । गलत नियतका साथ यस्तो धन्दा चलाउनेहरुलाई बोर्डले अव कारवाही गर्न ढिलो गर्न हुँदैन । (भिडियो)

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी