काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निर्देशक हितेन्द्रदेव शाक्यले आफूले प्राधिकरणको नेतृत्व सम्हालेको सय दिनको कार्यप्रगति सार्वजनिक गरेका छन् । शाक्यले मंगलबार आफ्नो सय दिनको कार्यप्रगति सार्वजनिक गरेका हुन्।
उनले आफ्नो कार्यप्रगति सार्वजनिक गर्दै प्रसारण लाइन तथा सवस्टेशन निर्माणमा क्रमश: १०४ सर्किट किमी र ३६६ एमभीए वृद्धि भई हालसम्म कुल ६ हजार ७ सय ६९ सर्किट किमीको प्रसारण प्रणाली तथा १४ हजार १ सय २९ एमभीए क्षमताको सवस्टेशन निर्माण सम्पन्न भएको जनाएका छन्।
उनले भने, ‘प्रसारण लाइन (क्षमता अभिवृद्धि समेत गरी) तथा सवस्टेशन निर्माणमा क्रमश: १०४ सर्किट कि.मि. र ३६६ एमभीए वृद्धि भई हालसम्म कुल ६ हजार ७ सय ६९ सर्किट किमिको प्रसारण प्रणाली तथा १४ हजार १ सय २९ एमभीए क्षमताको सवस्टेशन निर्माण सम्पन्न भएको छ ।’
कोशी कोरिडोर अन्तर्गत ढुङ्गेसाघु बसन्तपुर दोस्रो सर्किट निर्माण सम्पन्न गरी चार्ज गरिएको बताउँदै उनले भने, ‘प्रसारण लाइन निर्माणमा देखिएको जग्गा प्राप्तिको समस्या समाधानका लागि जग्गाको कित्ताकाट गर्ने प्रावधान गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत आवश्यक प्रक्रिया अघि बढाएका छौँ ।’ उनका अनुसार प्राधिकरणले मागेको १० अर्ब रुपैयाँको ऋणको लागि सरकारको स्वीकृति समेत आइसकेको छ । ‘१० अर्बको अल्पकालीन ऋणको लागि ऊर्जा मन्त्रालयबाट सहमति प्राप्त भएकोले अब उक्त ऋण लिएर नगद अभावलाई पूर्ति गर्ने काम हुन्छ,’ उनले भने ।
त्यस्तै, उनले मार्गाधिकार भित्रको जग्गामा सोलार विद्युत तथा अन्य सामूहिक खेती प्रणाली विकासको अवधारणा अघि बढाएको पनि जानकारी दिएका छन् । उनले भने, ‘मार्गाधिका भित्र परेको जग्गामा सोलार जडान गरी उत्पादित विद्युत प्राधिकरणले खरिद गर्ने गरी अगाडी बढाइएको कार्यक्रम अन्तर्गत खिम्ती प्रसारण लाइनको मार्गाधिकार भित्र तामाकोशी गाउँपालिका ५ शहरे गाउँका स्थानीयसँग समन्वय गरी करिव १ मेगावाट सोलार आयोजनाको पीपीए प्रक्रिया अगाडी बढाइएको छ ।’
काठमाडौँ उपत्यकाभित्र नियमित भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्था मिलाउनका लागि उपत्यका भित्र रहेका विभिन्न १७ वटा स्विचिङ तथा सवस्टेशनहरुमा जडान भएका फिडरहरुको संचालन अवस्था स्यूचाटारमा रहेको वितरण नियन्त्रण केन्द्र मार्फत २४ सै घण्टा अनुगमन गर्ने व्यवस्था मिलाइएको निर्देशक शाक्यले बताए।
काठमाडौँ उपत्यकाभित्र नियमित भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्था मिलाउनका लागि उपत्यका भित्र रहेका विभिन्न १७ वटा स्विचिङ तथा सवस्टेशनहरुमा जडान भएका फिडरहरुको संचालन अवस्था स्यूचाटारमा रहेको वितरण नियन्त्रण केन्द्र (Distribution Control Centre) मार्फत २४ सै घण्टा अनुगमन गर्ने व्यवस्था मिलाईएको छ,’ उनले भने।
प्राधिकरणले चार्जिङ स्टेशनको लागि आवश्यक पूर्वाधार निर्माण गर्नका लागि तपशिलका वितरण केन्द्रहरुको मागका आधारमा एक करोड ८१ लाख बजेट उपलब्ध गराएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्