Skip to content
LAXMI SUNRISE BANK

भारतको ३.६ करोड सहयोगमा कैलालीमा निर्माण हुँदै विद्यालय भवन, शिलान्यास सम्पन्न

अर्थ सरोकार

काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा कैलालीको धनगढी उपमहानगरपालिका–१२ स्थित सिद्धनाथ माध्यामिक विद्यालयको भवन निर्माण हुने भएको छ । भवन निर्माणका लागि भारतीय सरकारले करिब ३.६ करोड रुपैयाँ सहयोग गरेको हो ।

एक कार्यक्रमका बीच भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव नारायण सिंहले भवनको शिलान्यास गरेका छन् ।

उक्त भवन निर्माणको काम उच्च प्रभाव सामुदायिक विकास परियोजना धनगढी उपमहानगरपालिका, कैलालीमार्फत कार्यान्वयन गरिनेछ । भवन शिलान्यास गर्दै धनगढीका मेयर तथा अन्य सरोकारवालाहरुले भारत सकारद्वारा गरिँदै आएको सहयोगको प्रशंसा गरेका छन् ।

यता छिमेकीका रुपमा भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको उल्लेख गर्दै नारायण सिंहले उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ भारत प्रतिबद्ध रहेको बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK