×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असार-१५ विशेष रिपोर्ट : कृषि अनुसन्धान परिषद्ले गरेको कार्यक्रममा कसले के भने ? (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

असार-१५ विशेष रिपोर्ट : कृषि अनुसन्धान परिषद्ले गरेको कार्यक्रममा कसले के भने ? (भिडियो रिपोर्ट)

Artha Sarokar

१५ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
आज असार १५, विविध कार्यक्रम गरी देशैभर धान दिवस मनाइदैछ । ललितपुरको खुमलटारमा पनि कृषि विभाग, कृषि अनुसन्धान परिषद्ले औपचारिक कार्यक्रम आयोजना गरी रोपाईं महोत्सब मनाएको छ । कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच पनि किसानलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ । कार्यक्रममा उपस्थित हुुभएका राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले धान खेतिको विकासका लागि उन्नत जातको धानको बीउ प्रयोग गर्ने वातावरण अझैपनि बन्न नसकेको बताउनुभयो । उहाँले अझै पनि तराईको ८० प्रतिशत भूभागमा पुराना जातहरुको रोपाई भइरहेको बताउनुभयो । उहाँले कृषि अनुसन्धान र किसानको बिचमा ठूलो खाडल रहेकाले उन्नत जातको बीउ किसानले पाउन नसकेको उहाँले बताउनुभयो । 
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले कृषिमा अनुदानको मोडालिटी परिवर्तन गरी बैंकबाट ५ प्रतिशत ब्याजमा ऋण पाउने, मल तथा बीउमा अनुदान दिने व्यवस्था गरिएको बताउनुभयो । उहाँले जोखिम न्यूनीकरणका लागि बाली तथा पशुपन्छी बीमा प्रिमियममा ७५ प्रतिशत अनुदान दिइएको बताउनुभयो । उहाँले कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच पनि कृषि उत्पादनमा लाग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले खेतमै पुगेर कार्यक्रम गरिनु उचित भएको बताउनुभयो । 
नेपाल कृषि अनुसन्धान परिषद्का कायएकारी निर्देशक दिपक भण्डारीले नेपालमा विकास भएका धानको बीउको प्रयोग बढाउनुपर्ने बताउनुभयो । नेपालमा हर्दिनाथ हाइब्रिड एक र हर्दिनाथ हाइब्रिड तीन जातको धान विकास भइसकेकाले यसको प्रयोग बढाउनुपर्ने बताउनुभयो । उहाँले परम्परागत रुपमा धान दिवस मनाउँदै आएको र यसले किसानहरुको आत्मबल बढाउने बताउनुभयो ।
नेपाल कृषि अनुसन्धान परिषद, बाली तथा बागवानीका निर्देशक हरिकृष्ण उप्रेतीले यस वर्ष असार १५ सम्म २२ प्रतिशत जमिनमा धान रोपाई सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले उच्च पहाडि क्षेत्रमा करिब ३५ प्रतिशत, पहाडि क्षेत्रमा २२ प्रतिशत र तराई क्षेत्रमा धान लगाउन सुरु गरिएको बताउनुभयो ।
निर्देशक उप्रेतीले सलह किराबाट धानको बिउ जोगाउन निरन्तर अनुगमन गर्ने, झुल तथा छाप्रोको प्रयोग गर्ने लगायतका काम गर्न किसानहरुलाई सुझाव दिनुभयो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी