×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकको नयाँ शाखा सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाउँपालीकामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लक्ष्मी बैंकको नयाँ शाखा सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाउँपालीकामा

Artha Sarokar

१० जेष्ठ २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाउँपालीकामा नयाँ शाखाहरु संचालनमा ल्याएकोे छ । 
यससँगै लक्ष्मी बैंकको शाखा संजाल ८४ वटा पुगेको छ । यसबाहेक, ३ हस्पिटल सेवा काउन्टर, १०१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्गअनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरुमार्फत बैंकले ४२ जिल्लामा आफ्नो सेवाहरु विस्तार गरेको छ । 
नयाँ शाखाहरुको विस्तारसँगै लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास लिएको छ । त्यस्तै, बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ । आगामी दिनहरुमा अझ धेरै शाखा तथा सेवाहरु देशभरि विस्तार गर्ने बैंकको योजना छ ।
सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तिगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तिगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरा लई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ । विशेष गरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको छ । जस अनुरुप देशका विभिन्न क्षेत्रका साना तथा लघु उद्यमी तथा कृषकहरुलाई सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पुगेको छ ।
आ.व. २०७३/७४मा ५९.३२ अर्ब निक्षेप र ५२.७३ अरब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ७०.९० अरब रहेको छ । सोहि आ.व.मा बैंकले १०० करोडको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो । यसका साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुप नै राम्रो अवस्थामा रहनुका साथै भविष्यको लागि उत्साहजनक रुपमा रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी