×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निरासमा नै बित्ने भो भूकम्पपीडितको दसैँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

निरासमा नै बित्ने भो भूकम्पपीडितको दसैँ

२० आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – भूकम्पका कारण घरबारविहीन भएपछि गत वर्षको दसैँ अन्योलमै बिताएका यहाँका भूकम्पपीडितको यस वर्षको दसैँ पनि खल्लो हुने भएको छ । यस वर्ष पनि सरकारबाट अनुदान पाउन नसके पछि उनीहरुको दसैँ कष्टकर रुपमा पालमुनिनै बित्ने भएको हो । भूकम्प पछि कतिपयले आफैँ टहरा निर्माण गरेर बसिरहेका छन् भने कतिपय बस्न अयोग्य घरमा बसिरहेका छन् ।
जिल्ला विपत् व्यवस्थापन समितिको तथ्याङ्क अनुसार जिल्लाका तीन हजार ४८७ घर पूर्णरुपमा क्षति भएका र १२ हजार ४१ घर आंशिक रुपमा क्षति भएका थिए । जिल्लाको एक उपमहानगरपालीका, पाँच नगरपालिका र १५ गविस भूकम्पबाट प्रभावित भएको छ । भूकम्पकै कारण १० जनाको मृत्यु, तीन जना बेपत्ता र १७९ जना घाइते भएका थिए । घर पूर्णरुपमा क्षति भएकाहरुले सुरुमा १५ हजार र पछि न्यानो कपडाका लागि १० हजार मात्र पाएका छन् ।
जिविसका सूचना अधिकारी बलराम लुइँटेल १४ जिल्ला पूर्ण प्रभावितमा परेको र चितवन भने आंशिक प्रभावितमा परेका कारण राहतमा पछाडि परेको बताउछन् ।‘गाउँभरि विचल्ली छ चाडबाडको के कुरा गर्ने टहरामा घामपानी तर्काउन राखिएको त्रिपाल च्यातिएको र किलो गाडिएको बाँस कुहिन थालेको छ’ भूकम्प पीडित कालिका नगरपालिका–१ नाइबन्दीका कविलाल प्रजा भन्छन्, ‘सरकारको आश गर्दागर्दै गाउँले निरास भएका छन्। राहत रकम दिन ढिलाइ गर्दा अप्ठेरो भएको छ ।’
दारेचोक गाविस–९ धुसाकी फुलमति चेपाङ यतिका समय बित्दा पनि सरकारले घर निर्माणका लागि राहत नदिएकाले हाम्रा लागि यस वर्षको दसैँ पनि आउन सकेन भन्नुहुन्छ । सक्नेले टिन किनेर छाएको भए पनि नसक्नेको त्रिपाल कुहिएकाले अबको जाडो थेक्न नसक्ने उनको गुनासो छ ।
चेपाङ समुदायको बाहुल्यता रहेको पहाडी क्षेत्रमा आम्दानीको स्रोत नहुँदा टिनसम्म किनेर छाउने अवस्था पनि धेरैको छैन । बढी मात्रामा उनीहरु प्रभावित भएको दाहाखानी गाविस–६ कुयलघारीका ठूलाकान्छा थापामगर बताउछन् । परिवारको सङ्ख्या बढी हुने र साँघुरो ठाउँमा बस्नु पर्दा उनीहरुको जीवन कष्टकर भएको उनको भनाइ छ ।भूकम्पका कारण बस्नै नहुने भएपछि दाताको सहयोगमा १८ वटा बस्तीका ४१६ घरधुरीलाई विभिन्न सुरक्षित स्थानमा अस्थायी आश्रयस्थल निर्माण गरी स्थानान्तरण गरिएको थियो ।
स्थानीय विकास अधिकारी श्रवणकुमार पोख्रेल विपन्न बस्तीमा भूकम्पको बढी प्रभाव परेकाले आफैँ गर्नसक्ने अवस्था नरहँदा अहिलेसम्म पनि उनीहरुको अवस्था विचल्लीमा रहेको बताउछन् । पुनःनिर्माण प्राधिकरणले सबैको काम गाविस र वडा कार्यालयमार्फत थालेकाले छिटै नै राहत पाउने उनको भनाइ छ । सरकारले भूकम्पबाट पूर्णरुपमा प्रभावितका लागि तीन लाख अनुदान र दुई लाख ऋण दिने जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी