×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रतिशेयर आम्दानीमै सिटिजन्स बैंकले गर्‍यो घोटाला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रतिशेयर आम्दानीमै सिटिजन्स बैंकले गर्‍यो घोटाला

Artha Sarokar

९ श्रावण २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं/ ५१ प्रतिशतले नाफा वृद्धि गरेको चौथो त्रैमाशको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेर आश्चर्यचकित बनाएको सिटिजन्स बैंक इन्टरनेशनलले बैंकको प्रतिशेयर आम्दानीमा भने लगानीकर्तालाई छक्याएको छ ।
बैंकको ३ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी पुगिसक्दा पनि प्रतिशेयर आम्दानी अनुपातअनुसार भने ३५ दशमलव ५६ रहेको देखाएको छ । यो अनुपातले बैंकको प्रतिकित्ता बराबर ३५ रुपैयाँ ५६ पैसा आम्दानी भएको देखाउँछ ।
तर, बैंकको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ८५ हुनु पर्दछ । हकप्रदसमेत जोड्दा पुग्ने ५ अर्ब ३९ करोड चुक्ता पुँजीको आधारमा बाँकी रहेकोले यो अनुपात थप घट्ने देखिन्छ । यस्तो कमाई घटेर २० प्रतिशतमा सीमित हुन्छ । 
प्रतिशेयर आम्दानीमा गल्ती दखाएर बैंकले मूल्य आम्दानी अनुपात  (पीइ रेइयो ) लाइ पनि घटाएको छ ।वास्तविक प्रतिशेयर आम्दानी २९ रुपैयाँ ८५ पैसाको आधारमा पीई रेसियो २२ हुनुपर्छ । तर, बैंकले यो अनुपात पनि घटाएर १९ पुर्याएको छ । हकपद शेयर जारी भइसकेकाले  यसको आधारमा हेर्दा पीई रेसीयो ३३ पुग्ने देखिन्छ ।
लगानी गर्न पीई रेसियो  २० देखि  २५ को हाराहारीमा  भएको कम्पनी उपयुक्त मानिने विश्लेषण गरिन्छ । प्रतिशेयर आम्दानी निकाल्ने सर्वमान्य सिद्धान्त भनेको भएको नाफालाई शेयर संख्याले भाग गर्ने हो । यसले वार्षिक प्रतिशेयर आम्दानी निस्कन्छ ।
त्रैमाशिक प्रतिशेयर आम्दानी निकाल्न केही फरक तरिका पनि हुन्छन् । तर, बैंकको वित्तीय विवरण चौथो त्रैमाशको भएको कारण वार्षिक प्रतिशेयर आम्दानी नै निस्कनु पर्नेमा बैंकले यसमा ठगी गरेर लगानीकर्तालाई झुक्याएको छ । यी अनुपातहरू शेयर लगानीको लागि विशेष ध्यानमा राखिने चलन छ । बैंकको चुक्ता पुँजी वृद्धिसँगै लाभांश क्षमता पनि घट्ने देखिएको छ ।
 बैंकको अहिले प्रस्तुत चक्ता पूँजीको आधारमा यही नाफाबाट लाभांश क्षमता करीब २४ प्रतिशत देखिए पनि हकप्रदको रकम जोडिदा यो क्षमता १६ प्रतिशतमा झर्छ । बैंकमा यसअघिको सञ्चितीले भने लाभांश दरमा फरक पर्न सक्छ । आजको शेयर बाजार साप्ताहिकमा खबर छ ।  
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी