×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अन्तिम घडीमा ठूलै संकट’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘अन्तिम घडीमा ठूलै संकट’

Artha Sarokar

३ आश्विन २०७२, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

संविधानसभाबाट संविधान निर्माण गरेका अधिकांश देशले जारी हुने अन्तिम घडीमा ठूलै विरोध र संकट सामना गरेको इतिहास छ। सार्वभौम जनताको अपनत्वका लागि जनप्रतिनिधिबाट संविधान लेखिने भए पनि जारी गर्ने समयमा अल्पमतमा पर्ने पक्षले विरोध गर्ने गरेका छन्। अमेरिका, भारत, इन्डोनेसिया, बेलिभिया, केन्या, पूर्वी टिमोर, कम्बोडिया, इरिट्रिया, दक्षिण अफ्रिका, जर्मनी, फ्रान्स, इक्वेडर, नाइजेरिया, युगान्डालगायत करिब दुई दर्जन देशमा संविधानसभा गठन भएको थियो। ‘कमबेसी होला तर संविधानसभाबाट संविधान जारी हुने बेला अधिकांश देशमा विरोध भएको छ, अन्तर्राष्ट्रिय संविधानका ज्ञाता डा. विपिन अधिकारीले भने, ‘तर धेरै देशमा संविधान जारी भएपछि विरोधको स्वर कमजोर भएर गएका छन्, त्यसलाई थेग्न नसकेर कतिपय देश संकटमा पनि परेका छन्।’ संविधानका ज्ञाता भीमार्जुन आचार्य थोरै देशमा मात्र देशमा संविधानसभाबाट संविधान जारी गर्ने कार्य सफल भएको बताउँछन्। उनी नेपालमा भइरहेको प्रयोग सही ठान्दैनन्। ‘नेपालमा जसरी संविधान जारी हुन लागेको छ। यो विश्वको सबैभन्दा असफल मोडल हो। त्यस्तो ठूलो संकट निम्त्याएको छ। देश विभाजनसम्मको कुरा भएका छन्,’ आचार्यले भने, ‘अहिलेसम्म चारवटा देशमा मात्रै संविधानसभाबाट संविधान आएको छ।’ अधिकारीले अंग्रेज शासन हुँदा गठन भएको संविधानसभा हुँदै भारत र पाकिस्तान विभाजन भएको बताए। ‘देशमा मात्रै होइन संविधानसभाका सभासदसमेत विभाजित भए’ अधिकारीले भने। केन्यामा संविधान जारी गर्ने समयमा ठूलै रक्तपातको अवस्थामा आयो। केन्याको सन् २००५ मा जारी गरेको संविधानमा असन्तुष्टि यति धेरै चर्क्यो कि संविधान नै फिर्ता लिनुपर्यो । पछिल्लो समयमा विवादका बीच बोलिभियामा संविधान जारी भएको थियो। राष्ट्रपति इभो मोरालेसले बहुमतले नै संविधानको विषय पारित गर्न खोजेपछि विवादले ठूलो रूप लियो। आदिवासीलाई बढी अधिकार दिएको भन्दै युरोपेली मूलका बोलिभियालीले आन्दोलन गरेका थिए। तल्लो तटीय क्षेत्रका चारवटा राज्यको विरोधपछि अहिले स्वायत्ता हुने गरी व्यवस्था गरिएको छ। तल्लो तटीय क्षेत्रमा लामो समयसम्म सडक अवरुद्ध भएको थियो। संविधानसभाले बहुमतबाट पारित भएको धारालाई जनमत संग्रहबाट पारित गराउनुपर्योम। तर त्यसले पनि राम्रोसँग काम गर्न सकेन। केन्यामा संविधानसभाबाट उत्पन्न संकट यति चर्किएर गयो कि संविधानसभा नै विघटन गर्नुपर्ने अवस्था उत्पन्न भयो। राष्ट्रपति एबाई किवाकीको पार्टीले अधिकार कटौती गर्ने मस्यौदा पारित भएपछि त्यसलाई अस्वीकार गर्यो जसले केन्यामा राजनीतिक संकट निम्त्याएको थियो। विरोधका बीच संविधान जारी हुँदा पनि लामो समयसम्म टिकेका उदाहरण पनि छन्। अमेरिका र भारतमा संविधानसभाबाट जारी संविधानको लामो समयसम्म विरोध रह्यो। सविधानको कार्यान्वयन भनेको लामो प्रक्रिया पनि हो। ‘अमेरिकामा संविधानसभाबाट १७८७ मा संविधान जारी भयो। २ सय वर्षभन्दा बढी भयो। अमेरिकामा पहिलो संविधानमा सम्पत्तिको अधिकार बाहेक अन्य प्रजातान्त्रिक अधिकार थिएन। महिलाले भोट दिन पाउँदैनथे, अश्वेतहरूको किनबेच हुन्थ्यो। पछि एकपछि अर्को गर्दै मौलिक अधिकार थपिँदै गयो। संविधान विकासमुखी नहुनुको विकल्प छैन’ अधिकारीले भने। तर आचार्यको धारणा भने फरक छ। उनले जबर्जस्ती जारी गरिने संविधानले ठूलो झनै ठूलो संकट ल्याउन सक्ने बताए। ‘नेताहरूले जे गर्दैछन्। त्यो पागलपनको पराकाष्ठ हो’ आचार्यले भने, अन्तर्राष्ट्रिय अनुभवलाई हेर्दा सबैलाई नसमेटी जारी गरिने संविधानले ठूलो संकट ल्याउने निश्चित छ।’ अधिकारी नेपालको संविधान निर्माण प्रक्रियामा प्रजातान्त्रिक अभ्यासको अद्भूत प्रयोग भएको ठान्छन्। ‘अन्य देशको संविधानसभाबाट संविधान निर्माण गर्ने प्रक्रिया हेर्दा हाम्रो संविधानसभाले निकै प्रजातान्त्रिक ढंगले काम गरेको देखिन्छ,’ अधिकारीले भने, ‘नेतृत्वमा रहेको व्यक्तिको अक्षमता र राजनीतिक रूपमा निकै विभाजित भएकाले हामीले पहिलो संविधानसभाबाट संविधान जारी गर्न नसकेका हौं।’समाचार आजको नागरिक दैनिकमा छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी