ARCHIVE
वित्तीय क्षेत्रमा तरलता अभाव भएपछि व्यवसाय सञ्चालनमा समस्या, उद्योग सङ्गठन मोरङद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण

मोरङ । वित्तीय क्षेत्रमा तरलता अभावका कारण उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै उद्योग सङ्गठन मोरङले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वमा रहेको सङ्गठनको प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मङ्गलबार उहाँकै कार्यकक्षमा भेटी वित्तीय क्षेत्रमा देखापरेको तरलताको अभावलाई यथाशक्य समाधान गरी उद्योग[...]