ARCHIVE
क्वारेन्टिनमा रहेकामा कोरोना देखिएपछि सुदुरपश्चिमको गोकुलेश्वर बजार सिल, स्थानिय त्रसित
अर्थ सरोकार सम्बाददाता काठमाडौं – क्वारेन्टिनमा रहेका पीसीआर प्रबिधिको रिपोर्टमा पोजेटिभ आएपछि सुदुरपश्चिमको शैल्यशिखर नगरपालिका, दार्चुलाले गोकुलेश्वर बजार क्षेत्रलाई बन्द गरेको छ । गोकुलेश्वर बहुमुखी क्याम्पस र गोकुलेश्वर माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेको ८ जनालाई पोजिटिभ देखिएको हो । ८ जनामा कोराना देखिर बजार नै सिल भएपछि स्थानीयहरु त्रसित भएका छन्।