INVESTIGATION
कालिका लघुवित्तमा सीइओका काण्डै काण्ड, खराब कर्जा लुकाए, दोहोरो भत्ता पचाए, छोरालाई जागिर खुवाए (प्रमाणसहित)
सुरज प्याकुरेल / अर्थ सरोकार डटकम काठमाडौँ । धेरैअघिदेखि नै नक्कली भ्याट बिल काण्डदेखि अनेक घोटाला काण्डसम्म मुछिएको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडमा नयाँ सीइओ आएपछि झन् बेथिति बढेको पाइएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र अधिकारीले संस्थामा आफ्नो पदको दुरुपयोग गरी अनेक काण्ड मच्चाउने गरेको पाइएको हो । सीइओ[...]