×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको प्रणालीमा समस्या :दिनदहाडै यसरी चोरियो ४२ लाख, बचतकर्ताको बचत कति जोखिममा छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिद्धार्थ बैंकको प्रणालीमा समस्या :दिनदहाडै यसरी चोरियो ४२ लाख, बचतकर्ताको बचत कति जोखिममा छ ?

२१ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सिद्धार्थ बैंकको प्रणालीमा देखिएको समस्याको फाइदा उठाएर सिद्धार्थ बैंकबाट ४२ लाख चोरी भएको छ । मौज्दात नै नभएको खाताबाट पनि एटिएम प्रयोग गरी पैसा निस्किएपछी लाखौँ रुपैयाँ चोरी भएको पुष्टी भएको हो । यसरी चोरी गर्नेहरु पक्राउ परेपछि बैंकको प्रणालीमा समस्या रहेको रहस्य खुलेको हो । पक्राउ पर्नेमा ३० वर्षीया सावित्री तामाङ र ५७ वर्षे जगत गुरुङ छन्। उनीहरुको कालोपुलस्थित डेराबाट ३० लाख रुपैयाँभन्दा बढी बरामदसमेत भइसकेको छ । बिदेशी एटिएम प्रयोग गरी सिद्धार्थ बैंकको पैसा चोरी गरेको भन्दै प्रहरीले उनीहरुमाथि थप अनुसन्धान जारी राखेको छ ।
यसरी भयो चोरी ! के भन्छ प्रहरी ?
असार १३ गते काठमाडौंस्थित सिद्धार्थ बैंकको एटीएम बुथमा एक जनाले एक्सपायर एटीएम कार्डबाट पैसा निकाल्ने प्रयास गरे। पैसा नभएको एकाउन्टमा एक्सपायर भईसकेको कार्ड प्रयोग गर्दा पैसा आउने कुरा कसैले सोच्नसमेत नसक्ने कुरा हो । तर सिद्धार्थ बैंकको एटिएमबाट भकाभक पैसा निस्कियो । पैसा झरेपछि दंग परेका उनले साथीलाई पनि लिएर एटीएम बुथ धाउन थाले। एक पछी अर्को बुथमा निरन्तर पैसा झर्न थालेपछि उनीहरु दङ्ग परे। नियमित घोट्ने क्रममा पैसा धमाधम झर्न थाल्यो । ४२ लाखसम्म पैसा जम्मा गरिसकेका उनीहरु अन्तत: प्रहरीको फन्दामा परे । महानगरिय प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरिक्षक अशोक सिंहले दुई जनालाई पक्राउ गरेको पुष्टि गरेका छन् ।
उनीहरुले ६ हजार रुपैयाँ देखि पटक पटक विभिन्न परीणाममा पैसा झिकेको रहस्य खुलेको छ । प्रहरीका अनुसार भुक्तानी प्रदायक सेवा दिने बैंक र प्रणाली सञ्चालन गर्ने नेप्सको कमजोरीका कारण पैसा झिकिएको हो । प्रहरीका अनुसार नेप्सले त पैसा चोरी भएको थाहा पाएकै थिएन । सिद्धार्थ बैंकले खबर गरेपछि नेप्सले बल्ल आफ्नो कमजोरी थाहा पायो। यसरी हेर्दा नेप्सको प्रणालीमा ठुलो समस्या रहेको बुझ्न गाह्रो छैन ।
बचतकर्ताको बचत कति जोखिममा छ ?
नेप्सभित्र कति समस्या छ र के के समस्या छ भन्ने एकिन गर्ने निकाय छैन । तर नेप्समा आवद्ध भएका बैंकहरुमा बचतकर्ताको बचत जोखिममा छ भन्ने बुझ्न गाह्रो छैन । यसरी पहिलोपटक रकम चोरी भएको हो वा पटक पटक यसरी रकम चोरी भईसकेको छ भन्ने तथ्य यकिन हुन बाँकी छ । यसले पनि नेप्स प्रयोग गर्ने बैंकहरुको प्रणाली ठुलो जोखिममा छ भन्ने तथ्य बुझ्न गाह्रो छैन । यसअघि पनि चिनियाँ ह्याकरहरुले नेप्सको प्रणाली ह्याक गरी लाखौँ रकम चोरीको दुष्प्रयास गरेका थिए । त्यतिबेलामा पनि समस्यामा नै खबर पुग्दा बैंकको लाखौँ रकम चोरी हुनबाट जोगिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: