×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘इन्साइडर ट्रेडिङ’मा दोषी ठहर भएका गुरु न्यौपानेलाई १ वर्ष कैद सजाय, बिगो बराबरको सम्पत्ति जफत गरिने !

PRIME CA

‘इन्साइडर ट्रेडिङ’मा दोषी ठहर भएका गुरु न्यौपानेलाई १ वर्ष कैद सजाय, बिगो बराबरको सम्पत्ति जफत गरिने !

३ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । ‘इन्साइडर ट्रेडिङ’मा दोषी ठहर भएका रिडी पावर कम्पनीका अध्यक्ष गुरु न्यौपानेलाई १ वर्ष कैद र करिब ४ करोड रुपैयाँ जरिवाना सुनाइएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सम्पत्ति शुद्धीकरणको मुद्धामा दोषी ठहर भएका न्यौपानेलाई एक वर्ष कैद र करिब ४ करोड रुपैयाँ जरिवाना सुनाएको हो ।

अदालतले न्यौपानेलाई १ करोड ९९ लाख १० हजार २ सय ५२ रुपैयाँ बिगोको दोब्बर जरिवाना हुने गरी ३ करोड ९८ लाख २० हजार ५ सय ४ रुपैयाँ जरिवाना तोकेको छ ।

त्यस्तै, अदालतले न्यौपानेविरुद्ध कायम गरिएको बिगो रकम बराबरको सम्पत्ति जफत गर्नेसमेत फैसला गरेको छ । उनीविरुद्ध २ वर्ष कैद फैसला तोकिएको भए पनि ज्येष्ठ नागरिक भएका कारण ५० प्रतिशत कैद सजाय मिनाहा गरी एक वर्ष मात्रै कायम गर्न अदालतले आदेश दिएको छ ।

के थियो न्यौपानेविरुद्धको मुद्दा ?
२०५६ सालदेखि नै रिडी पावरका संस्थापक, प्रवर्द्धक र प्रमुख कार्यकारी अधिकृत रहेका न्यौपाने १९ चैत २०७७ देखि २४ साउन २०७८ सम्म उक्त संस्थाको अध्यक्ष थिए । उनी अध्यक्ष भएकै बेला २०७८ जेठ ४ गते रिडी पावर कम्पनीले आफूसँग भएको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४ लाख कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयभन्दा डेढ महिना अघिदेखि नै तत्कालीन अध्यक्ष न्यौपानेले रिडीको शेयर किनेको भेटिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ ।

विभागका अनुसार न्यौपानेले रिडीको करिब ३० हजार कित्ता शेयर २०३ देखि २१२ रुपैयाँको दरले शेयर किनेका थिए । पछि उनले आफूसँगै भएको समेत गरी रिडीको करिब ४० हजार कित्ता शेयर प्रतिशेयर ५९१ देखि ७३१ रुपैयाँका दरले बेचेको खुलेको थियो । उनले रैराङको शेयर बिक्रीको निर्णय हुनुभन्दा डेढ महिना अघिदेखि नै धमाधम रिडीको शेयर किनेका थिए । तर, न्यौपानेले निर्णयपछिको एकदेखि तीन महिनाभित्र तिनै शेयर फेरि बेचेका थिए ।

यसो त न्यौपानेले २०७७ चैत १९ गतेदेखि २०७८ साउन २४ गतेसम्म रिडी हाइड्रोपावर कम्पनीको सेयर १४ पटक खरिद गरेका थिए भने १२ पटक बिक्री गरेका थिए । त्यसबेला न्यौपानेले आफूमात्रै नभएर उनले आफ्नो श्रीमती, छोरा र बुहारीहरुको नाममा रहेको सेयर पनि खरिदबिक्री गरेको पाइएको थियो । यसरी पदको दुरुपयोग गर्दै ‘इन्साइडर ट्रेडिङ’ गरेको पाइएपछि सम्पत्ति शुद्धिकरण विभागले न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: