काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमत्री रेखा शर्माले बढ्दो आइसिटी सेवा निर्यातलाई व्यवस्थित गरी प्रवर्द्धन गर्नेसम्बन्धी उद्योग र स्टार्टअप कम्पनीहरूलाई एकै स्थानबाट सञ्चालन गर्नेगरी आवश्यक पूर्वाधारको विकास गर्न तत्काल आईटी हब सञ्चालन गर्नु अनिवार्य भैसकेको बताएकी छन् । बिहीबार सातौँ राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसका अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले आईटी हब सञ्चालन गर्न सके राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्ताको पुँजीसँगै यो क्षेत्रका दक्ष जनशक्तिको ज्ञान,सीप र श्रमको एकीकृत रुपमा सञ्चालन गर्न सक्ने वातावरण बन्ने धारणा राखिन् ।
‘अहिले बढिरहेको आइसिटी सेवा निर्यातलाई व्यवस्थित गर्न तत्काल आईटी हब सञ्चालन गर्नु अनिवार्य भैसकेको छ । सूचना र प्रविधि सम्बन्धी सेवा निर्यातलाई प्रबर्द्धन गर्न, सूचना र प्रविधि सम्बन्धी उद्योग र स्टार्टअपहरुलाई एकै थलोबाट सञ्चालन गर्नेगरी आवश्यक पूर्वाधार विकास गर्न सकियो भने यसबाट देश भित्र र बाहिरका लगानीकर्ताको पुँजी तथा यो क्षेत्रका दक्ष जनशक्तिको ज्ञान,सीप र श्रमको एकीकृत रुपमा सञ्चालन गर्न सक्ने वातावरण बन्नेछ,’ मन्त्री शर्माले भनिन् ।
विश्व अर्थतन्त्र डिजिटल अर्थतन्त्र नै भएको उल्लेख गरेकी उनले यसको विकास पनि डिजिटल रुपान्तरणबाट मात्रै सम्भव हुने भन्दै विश्वस्तरमा भएका एआई,क्लाउड कम्युटिङ,आइओटी जस्ता नयाँ र परिवर्तनकारी प्रविधिको विकास र विस्तारमा नेपालले कसरी लाभ उठाउने भनेर जतिसक्दो छिटो आवश्यक नीति र कानून बनाउनुपर्नेमा उनले जोड दिइन् । उनले भनिन्, ‘भर्खरै सम्पन्न लगानी सम्मेलनमार्फत अघि सारिएका, डाटा सेन्टर, आईटी टेक्नो पार्क, कम्प्युटर हार्डवेयर एसेम्बल प्लान्ट, आइसिटी ट्रेनिङ सेन्टर, डिजिटल सर्भिस सेन्टर, स्मार्टफोन म्यानुफ्याक्चर एसेम्बल प्लान्ट, इन्क्युवेन्सन लगायतका परियोजनामा लगायतमा लगानी सुरक्षित गर्न सकियो भने नेपालको आर्थिक समृद्धिमा नयाँ आयाम थपिनेछ ।’
यस्तै मन्त्री शर्माले विश्व समुदाय सूचना र प्रविधिको विकासमा निकै अगाडि बढेपनि नेपालमा डिजिटल डिभाइडर बाँकी भएको र सूचना र प्रविधिको प्रयोगलाई सुरक्षित बनाउन देशभर डिजिटल साक्षरता र जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइन । उनले सूचनामा समान पहुँच स्थापना गर्न सरकार गम्भीर रहेको समेत चर्चा गरिन । ‘एकातिर सबै नागरिकको सूचनामा पहुँच स्थापना गर्नुपर्ने र अर्कोतर्फ सबै नागरिकले समान रुपमा यसको प्रयोग गर्ने अवस्था सिर्जना गर्नुपर्नेछ । यसका लागि सरकार गम्भीर र प्रतिबद्ध छ’, मन्त्री शर्माले भनिन् ।
सरकारले सुशासन र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने महाअभियान थालेको बताएकी उनले सो महाअभियानमा सूचना र प्रविधि महत्वपूर्ण आधार बन्ने बताइन्। उनले अबको युग सूचना र प्रविधिको युग भएकाले सूचना र प्रविधिको क्षेत्रमा व्यवस्थित लगानी गरेर वैदेशिक लगानी, सरकारी र निजी क्षेत्रको लगानीलाई पनि प्रोत्साहन गरी आवश्यक नियम कानून पनि व्यवस्थित गरी अघि बढ्न जरुरी रहेको औँल्याइन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्