×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मधेसवादीका मालिक त लैनचौरमा पो रहेछन्

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मधेसवादीका मालिक त लैनचौरमा पो रहेछन्

१२ भाद्र २०७२, शनिबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

आठ बुँदे सहमति उल्लंघन भयो भन्दै भारतीय दूतावास जानेहरु कुन देशका हुन् ? यीनीहरु नेपालका हुन् या तराईका हुन् या भारतका हुन् ? पहिलो यो छुट्टिनु पर्छ । सरकारसँग भएको सहमति पालना भएन भने जाने ठाउँ भारतीय दूतावास हो ? सहमति कार्यान्वयन भएन भने कि जनतासँग जानु पर्यो कि संविधानसभामा जानु पर्यो । यीनीहरुका दाता, मसिहा, मालिक त लैनचौरमा पो रहेछन् । आन्तरिक मामिलाको हल खोज्न विदेशी दूतावास गुहार्नेे यीनीहरु नेपाली नागरिकताधारी विदेशी एजेन्ट हुन् भन्ने कुरामा अब दुईमत रहेन ।
नेपालमा रहेका विदेशी दूतावासको काम नेपालको आन्तरिक राजनीतिमा यसरी चासो लिने पनि हैन । यो जेनेभासन्धी विपरीतको काम हो । नेपाली राजनीतिमा विदेशी हस्तक्षेप नांगो ढंगबाट प्रवेश गराउनेहरुको उत्पति खोज्न अब जरुरी भएको छ । यो काम राष्ट्रियता र स्वाधीनताविरोधी हो । तथाकथित मधेसवादी दलको उत्पति, इतिहास नेपाल हो कि भारत हो ? हिजो भारतबाट आएकाहरुले तराईका तमाम जनताको प्रतिनिधित्व गर्छन् गर्दैनन् अब बुझ्न जरुरी छ । नेपाली राजनीतिलाई विदेशी दूतावासमा अर्पण गर्न खोज्नेहरुको राष्ट्रियताको खोजी हुनु पर्छ ।
हिजो भएका आन्दोलनमा कतै कहि नभएका, नेपाली कांग्रेसको राजनीति गरेका अमरेशकुमार सिंह पनि आठ बुँदे सम्झौताको ‘स्टेक होल्डर’ भएका छन् । उनलाई मानिसहरुले भारतीय एजेन्ट भन्छन् । यो ‘ओपन सिक्रेट’ नै हो ।कुनै देशको आन्तरिक राजनीतिमा नचाहिँदो चासो लिने कुटनीतिज्ञहरुलाई पनि सरकारले स्पष्टिकरण माग्नु पर्छ ।
 २०६३ माघ २ गते सुरु भएको पहिलो मधेश आन्दोलनको नेतृत्वकर्ता, वार्ता टोलीसदस्य मध्येको एक म पनि हुँ । ६४ फागुन एक गते दोस्रो आन्दोलन सुरु भयो । त्यो आन्दोलनमा तमलोपा, कांग्रेस एमालेबाट मधेसी हुन आएकाहरु पनि थिए । त्यो दोस्रो आन्दोलन तत्कालीन भारतीय राजदूत, ‘रअ’का जासुस प्रमुखहरुको योजनामा भएको थियो । तमलोपा भन्ने पार्टी पनि भारतीय जासुसहरुले नै गठन गरिदिएका हुन् । तराईका अग्रणी जातका नेताहरुलाई टिपेर भारतबाट नेपाल पसेकाहरुको हितकालागि तमलोपा गठन गरिएको थियो । दोस्रो आन्दोलन ६४ फागुन १ मा सुरु भयो । फागुन १६ मा ८ बुँदे सम्झौता भएको थियो ।
दोस्रो आन्दोलन चलिरहँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विराटनगरमा पुगेर भारतले चाहने हो भने यो आन्दोलन भोली नै सकिन्छ भनेका थिए । कोइरालालाई पनि यो थाह थियो ।
(सञ्चारउद्यमी  जमीम साहको मृत्यु भएलगत्तै मारिएका जनकपुरका सञ्चारउद्यमी अरुण शिंघानीयाले विराटनगर पुगेर कांग्रेसका कार्यकर्ता मुशर्रफ खान लगायतलाई कुनै पनि पहाडी समुदायको घरमा बम फ्याक्नु त्यसकालागि चाहिने बम र रकम दिन्छौ भनेका थिए । खानले त्यो अस्वीकार गरेपछि शिघानिया फर्केका थिए । खानको भनाइ आन्दोलन ताक नै एभिन्यूज टेलिभिजनको ‘खबर भित्रको खबर’ भन्ने कार्यक्रममा प्रशारण भएको थियो । जमीम हत्या भारतको डिजाइनमा भएको र त्यसको प्रतिउत्तरमा शिंघानीयको हत्या पाकिस्तानको जवाफ थियो भन्ने चर्चा चल्यो । –प्रस्तुतकर्ता )
मधेसमा दोस्रो आन्दोलन गराउन भारतले योजनाबद्ध ढंगले तमलोपा भन्ने पार्टी जन्माएको हो । यो पार्टीको नाम, घोषणापत्र, विधान सबै भारतीय जासुसहरुले तय गरेका हुन् । पहिलो मधेस आन्दोलनमा नेपालका लागि भारतीय राजदूत श्याम शरण थिए । श्यामशरणको बढुवा भएर उनी विदेश सचिव भए । त्यसपछि शिवशंकर मुखर्जी नेपालको राजदूत भएर आए ।
पहिलो मधेस आन्दोलन हुँदा २२ बुँदे सहमति भयो । त्यो सहमतिमा पनि भारतीयहरुको निक्कै दबाब थियो । भारतको साउथ ब्लककी नेपाल प्रमुख प्रीति शरणले उपेन्द्र यादवलाई सहमति गर्नूस्, चुनावमा जानूस् भनेर पटक पटक दबाब दिएकी थिइन् । दोस्रो आन्दोलनमा त सबै काम उनीहरुकै हो । आठ बुँदे सहमति पनि भारतीयहरुकै इच्छा र योजनाअनुृसारको हो । सम्झौता गर्ने नेताहरु त कठ्पुतली मात्रै हुन् । ८ बुँदे सम्झौताको विषयलाई लिएर जति पनि भारतीय दूतावास गए ती मध्ये सबैजसो मधेस आन्दोलनको दौरान वा त्यसपछि मधेसवादी भएका हुन् । त्यसअघि उनीहरु सत्तामस्ती मै थिए । मधेस आन्दोलनताक महन्थ ठाकुर कांग्रेसबाट र हृदेश त्रिपाठी आनन्दीदेवीबाट मन्त्री नै थिए ।
पहिलो मधेस आन्दोलपछिको वार्ताकै क्रममा मैले मधेसी जनअधिकार फोरम नेपाल छाडेँ । भाग्यनाथ गुप्तालाई अध्यक्ष बनाएर मधेसी जनअधिकार फोरम मधेस गठन गर्यौं । त्यो पार्टीले बनाएको संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाले ६४ फागुन १ मा दोस्रो आन्दोलन सुरु गर्यो । उता विदेशीको इशारामा बनेको तमलोपा, फोरम नेपाल लगायत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बनाएर फागुन १ मै दोस्रो आन्दोलन घोषणा गरे । उनीहरुले हाम्रो आन्दोलनमा आफ्नो आन्दोलन मिसाए । हामीसँग सरकारले फागुन १८ मा सम्झौता गर्यो । उनीहरुसँग फागुन १६ मा ८ बुँदे सम्झौता गर्यो ।
(प्रस्तुतिः ध्रुव रिजाल )
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: