
काठमाडौँ, ७ भदौ ।
कैलालीको टीकापुरमा थरुहट आन्दोलनकर्मीले गरेको क्रुर र अमानवीय ताडनाको तस्बिर बाहिर आइसकेको छ । संघीयताका नाममा उनीहरुले जिउँदै जलाएका सुरक्षाकर्मी र दुई वर्षीय बालकलाई गोली ठोक्ने कामको जति नै आलोचना गरे पनि कम हुन्छ ।
यस्तो अवस्थामा नेपाल प्रहरीलाई सहयोग गर्नु पर्ने सशस्त्र प्रहरीका कमाण्ड अधिकृतहरु निक सहयोग गर्न सकेनन् ? किन सुरक्षाकर्मी मर्दा सहकर्मी भनेर सम्झिएनन् ब्यारेक छिरेर बसे ? सर्वत्र आलोचना भइरहेको छ । जनआस्थाका सम्पादक किशोर श्रेष्ठलेसशस्त्रका कैलालीमा आगो बलिरहँदा सशस्त्रका अधिकृत कहाँ के गर्दै थिए भनेर स्ट्याटस लेखेका छन् । उनको स्ट्याटस यस्तो छः
टीकापुरमा भीषण वर्षा, सेनाको दुइटै हेलिकोप्टर ल्यान्ड भएन । प्रहरीले टियरग्यास र गोली हान्नै पाएन । बरु भीडलाई ‘ए बाबु, त्यसो नगर न’ भन्न जाँदा कमान्डर आक्रमणमा परेर ढल्यो । नेपाल प्रहरीले नसकेपछि बल प्रयोग गर्ने दायित्व हैन सशस्त्रको ? तर उसले हात झिक्यो र साँझको बैठकबाट सेना प्रयोगमा सहमति जनायो।
सशस्त्र आइजीपी कोषराज वन्त जिन्दगीमा एउटा सुरक्षासम्बन्धी तालीम र युनिट कमान्ड नगरेको इन्जिनियर, त्यहाँका क्षेत्रीय डिआइजी खडानन्द चौधरीको त झन हर नचल्ने (एकवर्ष अस्पताल बसेर आएका, भर्याङ चढ्न पनि अप्ठेरो छ उनलाई, हातखुट्टै चले पनि थारुवानमा थारुले आन्दोलनकारी थारुमाथि हात चलाउन सेन्टिमेन्टल अट्याचमेन्टको हिसाबले पनि गाह्रो हुन्छ) । एसएसपी निषेधित क्षेत्रमा गाडीबाट ओर्लेर भीडसँग किन वार्ता गर्न गएको ?
सशस्त्रका अपरेशन एआइजी केके तामाङ फेसबुकमा कविता पोष्ट गरी बस्ने, एसपी लक्ष्मण सिंह मूकदर्शक बन्ने । यस्तो भएपछि कैलाली, टीकापुरको झडपमा मर्दैनन् ? भाला रोपिएर नेपाल प्रहरीका महाकाली अन्चल प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ५ प्रहरी (एमाले स्थायी कमिटी सदस्य नेता मुकुन्द न्यौपाने र केन्द्रीय कमिटी सदस्य केदार न्यौपानेका काकाको छोरा) र सशस्त्रकै सिपाही दर्जाका दुई ? सशस्त्र प्रहरी बलप्रयोग नगरी किन आफ्नो ब्यारेकभित्र छिरेर बसे ?
१५ प्रहरी घाइते भएकामध्ये ५ को अवस्था गम्भीर, सशस्त्र ३ गम्भीर, १२ सम्पर्कविहीन । दुई वर्षीय एक बच्चाको मरण । डिआइजीले किन बलप्रयोगको आदेश दिएनन् ? सुरक्षाकर्मी संयमित भएकै कारण आन्दोलनकारीतर्फ खासै क्षति नपुगेको यथार्थ केलाउँदा धेरै कुरा छर्लंग भइहाल्छ ।