×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकलाई जुन गतिमा लग्न चाहेका थियौं, त्यो सकेनौं : अनिल शाह

पहिला मेगा बैंक खोल्दाखेरी फाइभ स्टार बैंकिङ भन्दै आउनुभएको थियो । त्यो त अहिले हरायो त ?
हामीले बैंक सुरुगर्दा २ ओटा कुरा भनेका थियौं । ‘हलो देखि  हाइड्रोसम्म’ र ‘मेगा: फाइभस्टार बैंकिङ’ भनेका थियौं । त्यो कुनै होटलको स्तरजस्तो पााचतारे नभई बैंकिङ सर्भिसका ५ ओटा भ्यालुहरूलाई समेटेर ५ स्टार भनेका हौं । बजारमा यत्रोबिना बैंकहरू भएको अवस्थामा सुरुको २ वर्ष त बेंकको ब्राण्डको लागी पनि हल्ला नै गर्नुपर्छ भन्ने थियो । त्यही कारणले प्रमोटरहरूले अनिल शाह जस्तो सिईओ लेराउनुभएको होला । हल्ला गर्नको लागी सर्वसाधारणलाई सोध्दा धेरै पुराना बैंकहरूभन्दा अगाडी नै मेगा बैंकको नाम याद हुन्छ ।
त्यही कारणले हामीले यो दुईओटै नारालाई ब्यवहारमा पनि लागु गरेर लैजाने सोच बनाएका थियौं । तर मुलुकको अवस्था राम्रो नहुादा देशमा समयमै संबिधान नआउादा आर्थिक विकास राम्ररी हुन नसक्दा हामीले ति नारालाई पछि पार्नुपरेको हो । भुकम्प र नाकाबन्दीले देशको अर्थतबन्त्रमा नेगेटिभ प्रभाव पर्न गयो । हामीले सबै नेपालीको बैंक भन्ने भिजन थियो त्यसलाई छोडेका छैनौं । अहिले हामी बैंकरहरूमात्र होइन देशको वातावरण नै क्राइसिसमा छ । यतिहुादा हुदै पनि हाम्रो लोन २७ अर्वभन्दा बढी र डिपोजिट ३० अर्वभन्दा बढी छ । बाह्य कारणले गर्दा हामीले बैंकलाई जुन गतिमा लग्न चाहेका थियौं, त्यो सकेनौं । 
मेगा बैंकमा एक्सटर्नल मात्र होइन इन्टरनल पनि समस्या छ रे । बोर्डभित्र गुट अनि बोर्ड र सिईओबीचमा विवाद छ भनिन्छ नि ?
सजिलो बाटो हिाड्दा गन्तव्यसम्म पुग्न सकिादैन होला । गाह्रो बाटो भनेको हामीसाग १२ सय १९ जना संस्थापक छन् । त्यो पनि ६३ जिल्लामा फैलिएका सानासाना लगानीकर्ता हुनुनहुन्छ । अरु बैंकमा हेर्नुभयो भने ८–९ जना प्रबद्र्धक होलान् । सर्वसाधारण मानिसले पनि ठूला परियोजनामा लगानी गर्नुपर्छ । नत्र आय असमानता बढ्छ र आमरुपमा विकास हुन सक्देन भनेर यतिधेरै मान्छे संलग्न गराइएको थियो । त्यो बेलामा सबैभन्दा बढी १ करोड रुपैयााको सेयर थियो । यसरी धेरै मानिस भएपछि केही कुरामा कहिलेकाहीा मिस अण्डरस्ट्याण्डिङ हुनसक्छ । त्यो भएको पनि थियो । अहिले निर्वाचनवाट नयाा सञ्चालक समिति आएको छ । सञ्चालकहरूले विगतका अनुभवबाट सिक्नु पनि भएको छ । र सुशासनका हिसाबले अरु बैंकहरूमा जस्तै अवस्था अहिले छ । 

मेगाको चार्म बजारमा अलि कम भएको हो ? स्वीकार्नुहुन्छ ?

चार्म मेगा बैंकको मात्रै होइन, अर्थतन्त्रमै शिथिलता आएकाले समग्र बैंकीङमा नै चार्म कम छ । भुकम्प र संविधान आएपछिको नाकाबन्दीले अहिलेसम्म पनि हामीले उठाउनुपर्ने कर्जा उठाउन सकेका छैनौं । सरकारको काम पनि अपेक्षित रुपमा प्रभावकारी हुन सकेको छैन । भुकम्पलगत्तै बरु छिट्टै बाउन्स ब्याक भएको थियो । त्यसैकारण मेगामा सुरुमा आउादा बजारमा छाएर आउने भन्ने थियो । तर, हामीले के महसुस
गर्‍यौं भने लगानीमा प्रतिफल चाहिन्छ । कोकाकोला गर्मीमा सबैभन्दा बढी विक्छ, त्यहीकारण गर्मी मौसममा कोकाकोलाको विज्ञापन धेरै आउाछ । हामीले पनि अर्थतन्त्र बूम भइरहेको थियो भने र बैंकका लागि धेरै अवसर थिए भने हामी पनि प्रतिशाखा लगानी बढाउादै जाने थियौं । अहिले त्यो परिस्थिति छैन । यो बेला दीगो, जिवीकामुखी र रणनीतिक रुपमा मात्रै लगानी बढाउनसक्ने अवस्था छ । त्यो देखेपछि हामी अलि पछि हटेका हौं । 
तपाइँहरूले सार्वजनिक रुपमा भन्ने गरेकोभन्दा बैंकको वास्तविक प्रतिफल थोरै छ नि ?
मलाई त लाग्दैन, हामीसाग खोलिएका बैंकहरूको तुलनामा हाम्रो प्रतिफल धेरै छ । हामीभन्दा पहिले खुलेका संस्थाहरूले ३० वर्ष अवधि पुरा गरिसके । ३० वर्षको छोरो छ भने उसले हुर्केर पढेर डाक्टर बनेर पैसा कमाउन थालिसक्छ । हाम्रो बैंक भनेको भर्खर ६ वर्षको बच्चा हो । अब ६ वर्षको छोरालाई अर्काको ३० वर्षको छोरो देखाएर पिट्ने होइन, राम्रो बनाउनेतिर लाग्नुपर्छ । अब हाम्रो रणनीति हामीभन्दा अघि आएका बैंकहरूसाग
प्रतिस्पर्धा गर्ने हो । हाम्रो सामुहिक रणनीति त्यही हो ।
सामूहिक रणनीतिको कुरा गर्नुहुन्छ । तर, डेपुटी सिईओ भट्टजीलाई हटाएर पद नै रिक्त राखियो नि ?
भट्टजीलाई हटाएको होइन । उहाा खुशीसाथ आउनुभो । तर, उहााको पहिलेदेखि नै आफ्नै छुट्टै व्यवसाय गर्ने प्रयास भइरहेको रहेछ । जसलाई नियामकबाट स्विकृतिका लागि पर्खिरहनु भएको रहेछ । यहाा आइसकेपछि त्यो स्वीकृति पनि प्राप्त भयो र उहााले राजिनामा गरेर जानुभयो । मेरो विचारमा रेमिट्यान्स कम्पनीजस्तै केही व्यवसाय सञ्चालन गर्छु भन्नुभयो । मैले उहाालाई ‘यति चााडै छाडेर जाने भए बरु नआएको भए हुन्थ्यो’ भनेर पनि भनों । त्यो संयोग मात्रै थियो । अब हामी नया आर्थिक वर्ष सुरु भएपछि डेपुटी सीईओको प्रकृया सुरु गर्छौं । 
तपाइँ कम्पनी राम्रो छ भन्नुहुन्छ । मेगाको सेयर मूल्य अरु कम्पनीको तुलनामा कम छ । लगानीकर्ताले किन नपत्याएका ?
हामीसाग खुलेका कम्पनीभन्दा त हाम्रो वित्तीय अवस्था राम्रो छ । सेयर बजार भनेको एउटा ब्राण्ड र अर्को प्रतिफलले काम गर्ने ठाउा हो । हाम्रो कम्पनीको सेयर कारोबार नै एक वर्षजति बन्द भयो । त्यसपछि खुलेपछि रफ्तार लिएर बढेको छ ।
नेप्से अलि अस्वभाविक ढंगले बढ्यो भनिन्छ । तपाइँलाई कस्तो लाग्छ ?
हाम्रो काम भनेको जतिसक्दो मेरो टीमलाई अघिकतम प्रयोग गरेर नफा कमाउने हो । त्यो नाफामध्ये कति बााड्ने र कति राख्ने भन्ने सञ्चालक समितिले निर्धारण गर्छ । बजारले कसरी मूल्य निर्धारण गर्छ भन्ने त्यो बजारकै काम हो । एउटा सीईओको रुपमा मैले सेयर बजारमाथि टिप्पणी गरो भने यहाा नभए पनि अरु देशमा मलाई
जेल हाल्न सक्छन् । किनकी, त्यो बजारमा हस्तक्षेप हुन्छ । प्रतिफल हेरेर लगानीकर्ताले लगानी गर्छन् । संसारभर बजार उकालो लाग्दा यहाा किन ओरालो लाग्छ ? संसारभर ओरालो लाग्दा यहाा किन उकालो लाग्छ ? भन्ने लगानीकर्ताको मनोविज्ञानको कुरा हो । सबै लगानीकर्ताको आआफ्नो दृष्टिकोण हुन्छ । मलाई त बजार पारदर्शी होस र चलायमान होस् भन्ने लाग्छ । तथापी, कोही पनि लगानीकर्ताले आाखा चिम्लेर लगानी गर्दैन भन्ने हो । बजार लगातार उकालो लाग्दा लगानीकर्ताको नेपाल र नेपाली अर्थतन्त्रप्रतिको विस्वास बढेको हो भन्ने मैले बुझ्छु । 

शेयरमा मेगाको लगानी कति छ ? 
हामीले मार्जिन कर्जामा लगानी गरेकै छैनौं । एकपटक गर्ने भनेर प्रडक्ट निकालेका थियौं । तर, त्यो कसैले लिएन भन्दा हुन्छ । घरजग्गा र सेयरमा हाम्रो लगानी छैन । 

मेगाले पुँजी पुर्‍याउनको लागि के छ योजना ? 
हामीले राष्ट्र बैंकलाई दिएको पूाजी योजनामा मर्जर, एक्वीजिशनजस्ता आधार खुलाएका थियौं । तर आज मर्ज गर्न झनझन गाह्रो भइरहेको अवस्था छ । केही संस्थासागको मर्जर प्रक्रीया टुटिसकेको छ । पूाजी पुर्‍याउनका लागि मात्रै मर्ज गरेर हुादैन । हामीले संभाव्य संस्था अझै हेरिरहेका छौं । हकप्रद सेयर दिएर अघि बढ्नेबारेमा पनि सोचिरहेका छौं । तर हामी अरु कुनै बैंकसाग विलय हुने योजना  अहिलेसम्म छैन । मर्जपछि पनि हाम्रो मेगा ब्राण्ड कायम रहने छ । भिजन र मिसन पनि हामी लिएर हिंड्छौं । तर पूाजी पुर्‍याउाछौं । त्यसो भएन
भने अहिले विकास बैंकसाग मर्ज गर्छौ र दुई वर्ष लगातार हकप्रद सेयरमार्फत पूाजी पुर्‍याउाछौं । 
मेगा र जनता बैंकबीच मर्जरको कुरा चलेको थियो । कहाँ पुग्यो ?
अहिले त्यस्तो थिएन । पहिले कुरा चलेको हो तर मिलेन । जनतालाई जे गर्दा राम्रो हुन्छ, त्यही गर्नुपर्छ । मेगाका लागि आफूलाई जे गर्दा राम्रो हुन्छ, त्यही गर्ने हो । दुई संस्थालाई राम्रो हुने कुरा एउटै रहेछ भनेमात्रै
मर्जमा अघि बढ्नुपर्छ । त्यो भएन र कुरा अघि बढ्न सकेन । त्यो प्रसङ्ग सकियो ।
सञ्चालक समिति नयाा आए पनि तपाइसँगको विबाद जारी छ । तपाइँलाई सिईओबाट हटाउनेसम्मका कुरा बाहिर आएका छन् । के हो कुरा ?
मलाई हटाउन लाग्यो वा छोड्न लाग्यो भन्ने कुरा पहिलेदेखि आइरहने गरेको छ । नबिलमा हुदा  पनि कहीा कतै खालि भयो की अनिल शाह जान लाग्यो भन्ने हल्ला आउाथ्यो । किन हो मलाई थाहा छैन । अनिल शाह हरेक २ वर्षमा संस्था परिवर्तन गर्ने मान्छे पनि होइन । पहिलो संस्थामा १३ वर्ष बसो, त्यसपछि अर्कोमा ६ वर्ष बसो र यहा पनि ६ वर्ष नाघिसक्यो । अर्को कुरा सञ्चालक समिति र सीईओमा तर्कपूर्ण छलफल भइराख्नुपर्छ । बोर्डले भनेको सबैकुरा सीईओले मान्ने वा सीईओले भनेको सबै कुरा बोर्डले मान्ने हुनु हुादैन । प्रोफेशनल रिलेशनशीपमा आपसमा तर्कवितर्क हुनुपर्छ । तर, यहा छलफल गर्न लाग्यो भने बादबिबादको रुपमा हेरिन्छ । जुन गलत हो । मैले यो संस्था किन छोड्ने ? यो त मैले जन्माएको संस्था हो । बच्चा जन्माएर ६–७ वर्षको उमेरमा गल्लीमा फालेर हिाड्ने होइन, त्यो बच्चालाई बिरामी भए पनि उपचार गरेर हट्टाकट्टा बनाउने मेरा दायित्व छ ।
किनभने १२ सयजनामध्ये अधिकांश प्रबद्र्धकले मलाई भेट्दा भन्ने गरेका छन्, ‘अनिल शाह, तपाइाको मुख हेरेर हामी खुसी छौं । तपाइाले गर्दा ढुक्क भएर बसेका छौं’ भन्नुहुन्छ । ठूला ग्राहकले मलाई त्यही भन्नुहुन्छ । म नेपाली हुा । यहीा बस्नु छ । मैले कमाएको सबैभन्दा ठूलो सम्पत्ती मेरो नाम हो । भोलि गएर त्यही प्रमोटर र व्यवसायीले हामीलाई धोति न टोपी बनाएर भाग्यो भन्न थाले भने ? सबलाई फसाएर भागेको मान्छे भनेर भोलि तपाइाले मेरा अन्तरवार्ता लिन छाड्नुहुन्छ । त्यो नभन्नलाई मैले यो संस्था राम्रो बनाउनु छ । आजको सय वर्ष पछि पनि कोही मान्छेले भनोस्, ‘यो बैंकको पहिलो सीईओ अनिल शाह थियो है, जग त गजब राखेर गएको रहेछ ।’ त्यो जगराख्ने प्रयास अझै जारी छ । 

बाफिया फिर्ता भयो । यसले सुशासनका विषयलाई प्रमुखताका साथ उठाएको छ । अब त बजारमा तपाइँजस्ता धेरै तलब खाने सीईओ टिक्न गारो होला नी ?

टिक्न गाह्रो भए अर्कै काम गरौंला । परामर्शको काम गरौंला, घरमै बसैला वा खेतिपातीतिर लागौंला । जे होला, तर एउटा कुरा तपाइाले अनिल शाहजस्ता केही सीईओले अब के गर्लान् भनेर चिन्ता नगर्नुस् । यहाा बसेर बरु पैसा कम भएको होला, छोड्न पाए अझ कति पो कमाइन्थ्यो होला । आलुको भाउ होस् वा सीईओको तलब, बजारले निर्धारण गरे अनुसार हुन्छ । बजारमा ५ रुपैयामा आलु पाइदैन । 
सीईओको तलब पनि त्यही हो । अहिले सबैभन्दा बढी नाफा कमाएको क्षेत्र बैंकीङ हो र सबैभन्दा बढी तलव दिने क्षेत्र पनि बैंकिङ नै हो । कामदारलाई थोरै पैसा दिएर होइन धेरै पैसा दिएर खुसी पार्दा चाहीा सम्पत्ती कमाउन सकिादो रहेछ भन्ने उदाहरण यो हो । बैंकिङलाई पनि अरु उद्योगजस्तै बनाउने की अरु उद्यमलाई पनि बैंकजस्तै बनाउने भन्ने अबको चिन्ता हो । तर,सरकार र राष्ट्र बैंकले ल्याएका कुनै पनि नियमको हामी पालना गर्छौं ।
  • शेयर बाजार साप्ताहिक 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: