×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एपेक्समा ३६ करोड ‘झ्वाम्’ प्रकरण : के गर्ला राष्ट्र बैंक, आइक्यान र अख्तियारले ? (फलोअप नम्बर.३)


रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, रारा विकास बैंक र पोखराको अपी फाइनान्सबीच मर्जर हुनु ठीक एक दिनअघि रोयलका सञ्चालकले बदनियतपूर्ण ढंगले बैंकको ३६ करोड रुपैयाँ पचाउने योजनाअनुसार नक्कली ऋणीका फाइल खडा गरी ३६ करोड रुपैयाँ ऋण स्वीकृतको खेल खेलिएको समाचार सार्वजनिक भएको एक बर्षसम्म पनि जनताको पसिना चुस्नेहरुमाथि कारवाही नभएपछि, एपेक्स डेभलोप्मेन्ट बैंकविरुद्ध एक समूह विभिन्न नियमनकारी निकाय धाउने भएको छ भने जनताको पसिनामाथि गरेको बेइमानी विरुद्ध अख्तियार पुग्ने भएको छ ।  


नेपाल राष्ट्र बैंक र अख्तियारमा उजुरी गरिने :
नियमनकारी निकाय हुँदाहुँदै पनि उजुरी नपरेकै आधारमा छानविन प्रक्रिया अगाडी नबढेपछी नेपाल राष्ट्र बैंकमा एपेक्सले गरेको ‘कर्पोरेट अपराध’ विरुद्ध उजुरी पर्ने भएको छ।  एपेक्सले गरेको गलत काम विरुद्धको अभियानमा लागेको एक समूह नेपाल राष्ट्र बैंकसमक्ष यो मुद्धा लिएर जाने भएको हो । ‘एपेक्सले गरेको ‘कर्पोरेट अपराध’ मा नेपाल राष्ट्र बैंक किन मौन’ भन्ने अर्थ सरोकारको प्रश्नको उत्तर दिंदै हिजोमात्रै नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले उजुरी परेको खण्डमा एपेक्समा भएको भनिएको घोटालाको छानविन हुने र दोषी ठहरिए उक्त बैंकविरुद्ध कारवाही भएरै छाड्ने प्रतिक्रिया दिएका थिए । ‘अख्तियारमा उजुरी परेपनि उक्त पत्र नेपाल राष्ट्र बैंकमानै जाने हो । नेपाल राष्ट्र बैंकमा पनि हामी उजुरी गर्छौं । त्यसपछी एपेक्सले गरेको ‘कर्पोरेट अपराध’ बारे जरुर छानविन हुन्छ । पैसाको भरमा यो प्रकरणलाई भित्रभित्रै तुहाउन खोज्नेहरुलाई कारवाही गरेरै छोड्ने वातावरण बनाएर छोड्छौं  ।’ एपेक्सको कर्पोरेट अपराध विरुद्धको अभियानमा लागेका अर्का एक सदस्यले अर्थ सरोकारलाइ बताए । एपेक्स बैंकमा ३६ करोडको घोटाला हुँदापनि पावर र पैसाको भरमा यो प्रकरणलाइ तुहाउन खोजिएको भन्दै ढिलै भएपनि आफुहरु अख्तियारको ढोकासम्म पुग्न लागेको उनको दावी थियो ।



लेखापरीक्षकमाथि पनि ठडियो औंला, आइक्यानमा उजुरी गरिने:
‘एपेक्स बैंकमा भएको घोटालाबारे विभिन्न पत्रपत्रिकामा समाचार सार्वजनिक भएको थियो ।  यसका लेखापरीक्षकलाइ पनि यस बिषयको जानकारी थियो । तर पनि लेखापरीक्षकले प्रतिवेदनमा ३६ करोडलाइ लिएर ‘कैफियत’ देखाएका छैनन् ।  आइक्यानकै सदस्य समेत रहेका अर्का एक  चार्टड एकाउन्टेन्ट बैंकको ब्यबस्थापन समुहमा रहेकाले उनको मिलेमतोमा लेखापरिक्षण प्रतिवेदन तयार गरिएको छ ।’ समुहका एक सदस्यले अर्थ सरोकारसँग भने । ‘लेखापरिक्षण त ‘स्याम्प्लीङ’को आधारमा हुने हो, यसले त्यहाँ अपराध नै भएको छ भने पनि लेखापरिक्षकलाइ दोष दिन मिल्छ र ? ‘ भन्ने हाम्रो प्रश्नमा एपेक्सको कर्पोरेट अपराध विरुद्धको अभियानमा लागेका एक सदश्य भन्छन, ‘लेखापरीक्षकको दायित्व हामीलाई थाहा छ । तर एपेक्सको हकमा बदनियतपूर्ण ढंगले काम गरिएको छ । आइक्यानका सदश्य रहेका एक सिएको मिलेमतोमा यहि ‘स्याम्प्लीङ’ र लेखापरीक्षकको सिमित दायित्वमाथि टेकेर बदनियतपूर्ण रुपमा काम गरिएको छ । राजनीतिक आढ़कै भरमा गलत काम भएको छ ।  त्यसैले त हामी आइक्यानले यस बिषयमा छानविन गरोस् भनिरहेका छौं ।


उनी अगाडी भन्छन्, ‘बैंकको लेखापरिक्षणको हकमा नेपाल राष्ट्र बैंकको पनि आफ्नै नीति छ ।  बाफियामा पनि यस बिषयमा नीतिहरु छन् । राजनीतिक आढ़मै जुन खालको गलत काम भएको छ, हामी त्यस विरुद्ध लाग्छौं नै ! ‘उनका  अनुसार मर्जरका बाहानामा जनताको पसिनामाथि खेलबाड गर्ने जो कसैलाई पनि छोड्नु हुँदैन । उनी अगाडी भन्छन्, ‘एपेक्सले यहि बिषयमा छानविन हुने डरले पछिल्ला लेखापरिक्षण प्रतिवेदन समेत वेव साइटमा राखेको छैन । लेखापरिक्षणलाइ नियमन गर्ने निकाय भनेको नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था हो  र यसले जिल्ला अदालत सरहको काम गर्न पनि पाउँछ । तर आइक्यानले एपेक्सले गरेको कर्पोरेट अपराधमा लेखापरीक्षकको मिलेमतो भएको ठहर नगरेको खण्डमा हामी सर्वोच्चको ढोका ढकढकाउंछौं । तर कुनैपनि हालतमा एपेक्सलाइ प्रयोग गरेर जनताको पसिनामाथि लुट गर्ने र त्यो कुरा सहि छ भने सहिछाप ठोक्नेहरुका विरुद्धमा हामी न्याय नापएसम्म लड़ीरहन्छौं । ‘  

मर्जपछि एपेक्सको पहिलो साधरणसभा

मर्जर प्रभावित हुन सक्ने :

नेपाल राष्ट्र बैंक, अख्तियार र आइक्यानमा उजुरी परेपछि यस विषयमा ठुलै हलचल हुने पक्का छ । एपेक्सले गरेको कर्पोरेट अपराध विरुद्ध चौतर्फी उजुरी हुने भएपछि यसले मर्जरमा सहभागीता जनाएका अन्य बैंक र नियमनकारी निकाय नेपाल राष्ट्र बैंकमा समेत नैतिक दवाव पर्ने देखिएको छ । ‘हामी अन्तिम समयसम्म पनि लडीरहन्छौं । एपेक्सले गरेको बेइमानी विरुद्ध हामी सबन्धित संस्था र एपेक्सलाइ प्रयोग गरेर जनताको पसिना माथि लुट मच्चाउने व्यक्तिलाई कारवाही नभएसम्म लडीरहन्छौं ।’ एपेक्सले गरेको बदमासी विरुद्ध विभिन्न निकाय गुहारीरहेको एक समुहका एक सदस्यले अर्थ सरोकार डटकमसँग भने । यदी यो बिषयलाई टुंगो नलगाई मर्जर प्रक्रिया अगाडी बढेपनि आफुहरु अन्तिम समयसम्म एपेक्सविरुद्ध लागिरहने उनको भनाइ छ । यस अघि नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले पनि मर्जर भएकै कारणले पूराना फाइलहरु पल्टीदैनन् भन्ने कुरा गलत भएको स्पष्ट पारिसकेका छन् ।


यो पनि पढ्नुहोस् :


एपेक्स घोटाला प्रकरणबारे राष्ट्र बैंकका प्रवक्ता भन्छन्, ‘उजुरी परे, छानविन गर्छौं’ (फलोअप नम्बर. २)




काठमाडौँ – रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, रारा विकास बैंक र पोखराको अपी फाइनान्सबीच मर्जर हुनु ठीक एक दिनअघि रोयलका सञ्चालकले बदनियतपूर्ण ढंगले बैंकको ३६ करोड रुपैयाँ पचाउने योजनाअनुसार नक्कली ऋणीका फाइल खडा गरी ३६ करोड रुपैयाँ ऋण स्वीकृतको खेल खेलिएको समाचार सार्वजनिक भएको एक बर्षसम्म पनि नियमनकारी निकाय नेपाल राष्ट्र बैंक चुप लागेर बसेको भन्ने आरोप लागिरहेका बेला नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले उजुरी परेको खण्डमा नेपाल राष्ट्र बैंकले कुनै पनि हालतमा जनतासँग बेइमानी गर्ने बैंकलाई कारवाही गरेरै छोड्ने बताएका छन् । 


‘यस बिषयमा नेपाल राष्ट्र बैंकमा कुनै पनि उजुरी परेको छैन ।  उजुरी पर्ने बित्तिकै हामी सम्बन्धित बैंकमा के कसो भएको हो भन्ने बुझ्न हाम्रो टोली पठाउंछौं ।  एपेक्सको हकमा अहिलेसम्म ३६ करोड घोटालालाई लिएर उजुरी परेको छैन ।  उजुरी पर्ने बित्तिकै हामी प्रक्रिया अगाडी बढाउँछौं । ‘ नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले अर्थ सरोकारसँग भने ।

त्रिलोचन पंगेनी, प्रवक्ता, नेपाल राष्ट्र बैंक 

मर्जर भयो भन्दैमा उन्मुक्ति हुन्न : पंगेनी  

मर्जरका नाममा जनताको पैसा ‘झ्वाम्’ पार्ने खेलमा एपेक्स लागेको छ नि ? भन्ने हाम्रो प्रश्नमा पंगेनी भन्छन्, ‘मर्जरका नाममा कसैले पनि उन्मुक्ति पाउंदैन । पहिला उजुरी पर्नु पर्यो ।  हामी छानविन गर्छौं । एपेक्सले गलत गरेको छ भने उसले कुनै पनि उन्मुक्ति पाउने कुरानै हुँदैन । तर नेपाल राष्ट्र बैंकका आ-आफ्नै प्रक्रियाहरु छन् । कारवाही गर्नलाई पहिला उजुरी पर्नुपर्यो ।

एपेक्सका कर्मचारीले फोन उठाएन्:
यस बिषयमा बुझ्न अर्थ सरोकारले एपेक्स डेवलोपमेन्ट बैंकमा बुझ्न खोजेको थियो । तर हामीले बैंकले गरेको घोटाला बारे बुझ्न चाहेको र यस बिषयमा बैंकका प्रवक्तासँग कुरा गराईदिनुहोस भन्ने अनुरोध गर्दा फोन काटियो । त्यसपछि निरन्तर एपेक्सको फोन उठेन । यस बिषयमा बैंकका सम्बन्धित कर्मचारीसँग प्रतिकृया लिने हाम्रो प्रयास जारी छ ।


यसरी सुरु भएको  थियो ३६ करोड़ पचाउने खेल :

रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, रारा विकास बैंक र पोखराको अपी फाइनान्सबीच मर्जर हुनु ठीक एक दिनअघि रोयलका सञ्चालकले बदनियतपूर्ण ढंगले बैंकको ३६ करोड रुपैयाँ पचाउने योजनाअनुसार नक्कली ऋणीका फाइल खडा गरी ३६ करोड रुपैयाँ ऋण स्वीकृतको खेल खेलेका थिए । उनीहरूले राष्ट्र बैंकले मर्जरको क्रममा रहेका वित्तीय संस्थाहरूको खराब ऋण तथा अन्य खराब अवस्थाको विषयमा केही लचक नीति अपनाउने बुझेर त्यस्तो प्रावधानको दुरूपयोग गर्दै मर्जरको एक दिनअघि अन्य बैंकका प्रतिनिधिलाई समेत हात लिएर ३६ करोडको ऋण स्वीकृत गराउने काम गरेका थिए ।


त्यही ३६ करोड र त्यस्ता आधा दर्जन काण्ड छानबिन समितिमार्फत बाहिर आउने भएपछि केही व्यक्तिको चलखेलमा साधारणसभाबाट अध्यक्ष निर्वाचित चन्द्रलाल जोशीलाई ‘कु’ गरेर अपदस्थ गरी सीईओ गोविन्दप्रसाद उपाध्यायलाई समेत लखेट्ने योजना बनाइएको थियो । अहिले एपेक्स डेभलपमेन्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा विष्णु धिताल पुगेका छन् । धिताल रोयलको ३६ करोड रुपैयाँ पचाउने खेलका एक प्रमुख पात्र हुन् ।


यो  पनि  पढ्नुहोस्  :

के पचाइएकै हो त एपेक्स डेभलपमेन्ट बैंकको ३६ करोड ? (फलोअप नम्बर. १)  



काठमाडौँ – एक बर्ष भयो, एपेक्स  डेभलपमेन्ट बैंकभित्र ३६ करोडको चलखेल भएको तथ्य सार्वजनिक भएको । जनताको पसिना चुस्न पल्किएका एपेक्स भित्रका कर्पोरेट बेइमानहरुले यस तथ्यलाई बाहिर ल्याउनेदेखि यस बिषयमा कुरा उठाउनेसम्मलाई आफ्नो बसमा पारेर ३६ करोड रुपैयाँ ‘पच’ पार्ने दाउमा छन् । र करिव एक बर्षअघि एपेक्समा भएको त्यहि काण्डलाइ अहिले मर्जरका नाममा ढाकछोप गरेर जनताको पसिनामाथि अन्याय गर्ने प्रयास गरिएको छ।  र त्यहि प्रयासविरुद्धको यो ‘फलोअप’ सृंखला हो ।


मर्जरलाइ संकटग्रस्त बैंक तथा वित्तीय संस्थाले भोग्ने कारवाही बाट बच्ने हतियार बनाइने गरेको तथ्य र एपेक्स बैंकभित्रको घोटाला छताछुल्ल भएपनि बैंकभित्रको एक गिरोहनै लागेर जनताको ३६ करोड ‘झ्वाम’ पार्न लागि परेको छ । बैंकका कनिष्टदेखि बरिष्टसम्मलाई पैसा बाढेर होस् वा पत्रकारलाइ पैसा खुवाएर होस्, बैंकका उच्च तहका कर्मचारीहरु बैंकबाट करोडौं रुपैयाँ पचाउन लागि परेका छन् ।



करिब दुई वर्षअघि रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड, मध्यपश्चिमको रारा विकास बैंक र पोखराको अपी फाइनान्स समेत मर्ज भएर बनेको राष्ट्रियस्तरको विकास बैंक एपेक्स डेभलपमेन्ट बैंकमा गुन्डा र माफियाको चरम चलखेलका कारण सर्वसाधारणको सात अर्ब निक्षेप जोखिममा परेको रहस्य खुलेको छ । तर यो तथ्यलाई ढाकछोप गरेर सकेसम्म चाडो मर्जर प्रक्रियामा अगाडी बढी जनताको पसिना चुस्ने काममा एपेक्सका ‘ठालु’हरु लागि परेका छन् ।    

बैंकका सञ्चालकको मिलेमतोमा मर्जरको एक दिनअघि नै बदनियतपूर्ण ढंगले विभिन्न नक्कली ऋणी र कम्पनी खडा गरी रोयल मर्चेन्टले ३६ करोड रुपैयाँको ऋण फाइल सदर गरेको थियो । स्रोतका अनुसार रोयल मर्चेन्टका तत्कालीन सञ्चालकले एपेक्समा  राम्रो छविका अध्यक्ष हटाई सीईओलाई समेत लात मार्ने षड्यन्त्र रचेपछि उनीहरूको चंगुलमा बैंक फसी सर्वसाधारणको सात अर्ब निक्षेप संकटमा पर्ने ‘कन्फर्म’ भएको हो।

यस्तो छ ३६ करोड रुपैयाँ ‘झ्वाम्’ पार्ने खेलको नालीबेली 
रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, रारा विकास बैंक र पोखराको अपी फाइनान्सबीच मर्जर हुनु ठीक एक दिनअघि रोयलका सञ्चालकले बदनियतपूर्ण ढंगले बैंकको ३६ करोड रुपैयाँ पचाउने योजनाअनुसार नक्कली ऋणीका फाइल खडा गरी ३६ करोड रुपैयाँ ऋण स्वीकृतको खेल खेलेका थिए । उनीहरूले राष्ट्र बैंकले मर्जरको क्रममा रहेका वित्तीय संस्थाहरूको खराब ऋण तथा अन्य खराब अवस्थाको विषयमा केही लचक नीति अपनाउने बुझेर त्यस्तो प्रावधानको दुरूपयोग गर्दै मर्जरको एक दिनअघि अन्य बैंकका प्रतिनिधिलाई समेत हात लिएर ३६ करोडको ऋण स्वीकृत गराउने काम गरेका थिए । त्यही ३६ करोड र त्यस्ता आधा दर्जन काण्ड छानबिन समितिमार्फत बाहिर आउने भएपछि केही व्यक्तिको चलखेलमा साधारणसभाबाट अध्यक्ष निर्वाचित चन्द्रलाल जोशीलाई ‘कु’ गरेर अपदस्थ गरी सीईओ गोविन्दप्रसाद उपाध्यायलाई समेत लखेट्ने योजना बनाइएको थियो । अहिले एपेक्स डेभलपमेन्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा विष्णु धिताल पुगेका छन् । धिताल रोयलको ३६ करोड रुपैयाँ पचाउने खेलका एक प्रमुख पात्र हुन् ।

विष्णु धिताल, तश्वीर : फेसबुक 

कांग्रेसको नाम बेचेर दादागिरी :

अहिले एपेक्स बैंकमा पुगेका ३६ करोड पचाउने खेलका ‘डिजाइनर’ विष्णु धिताल नेपाली काँग्रेसको लमजुङ निर्वाचन क्षेत्र– १ का क्षेत्रीय सभापति पनि हुन् । उनले आफू काँग्रेसकै कोटाबाट गभर्नर नियुक्त डा. चिरञ्जीवी नेपाललाई समेत घुमाउन सक्ने भन्दै आफ्ना विरोधीलाई थर्काउने गरेका छन् । यस्तै, ध्वाँस दिएर केन्द्रीय बैंकका कतिपय सम्बन्धित विभागका अधिकारीलाई समेत हातमा लिई ३६ करोड पचाउने खेलमा लागेको समेत बताइएको छ । धितालले आफूलाई जस्तोसुकै काममा पनि कांग्रेसको साथ रहेकाले कसैले पनि केहि गर्न नसक्ने भन्दै अरुलाई थर्काउने गरेका छन् । धितालको ३६ करोड झ्वाम् पार्ने योजनामा मधुवन, वसन्त, लोकेन्द्र कर्माचार्य र सुवर्ण राजभण्डारीले समेत साथ दिइरहेको स्रोतको दावी छ । पछिल्लो समय धिताल समूहले छानबिन समितिका संयोजक त्रिपाठीलाई पनि आफ्नो हातमा लिइसकेका छन् ।गत २७ भदौको गुफा बैठकमा उनी समेत सहभागी भएको निमित्त सीईओ ऋषिराज भट्टको फेसबुकमा राखिएको तस्बिरबाट समेत प्रस्ट हुन्छ । त्यस अलावा सो बैठकमा सुवर्ण राजभण्डारी, लोकेन्द्रमान कर्माचार्य, विष्णु धिताल, ऋषिराज भट्ट र रामचन्द्र बस्यौला पनि सहभागी थिए ।

वागमती नदीलाई बेच्नेलाइ किन कारवाही हुँदैन  ? 
छानबिन समितिले खोजी गर्दै जाँदा भीरपाखा, खोलानालाको नाममा समेत नक्कली ऋणी तथा फाइल खडा गरी ऋण प्रवाह भएको देखिएको छ । समूहले एनबीएस सुपरमार्केटको नाममा दुई करोड रुपैयाँ ऋण प्रवाह गरेको पाइएको छ । जब कि  ऋणका लागि धितो राखिएको जग्गा पूर्वी नेपालको एक खोलो रहेको पत्ता लागेको छ । पछिल्लोपटक धितोमा उल्लिखित जग्गा खोज्दै जाँदा त्यसको मूल्यांकन शून्य देखिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, एक सञ्चालक समितिका सदस्यले सञ्चालन गरेको काठमाडौँको सम्पूर्ण काष्ठ उद्योगको नाममा समेत तीन करोड ऋण प्रवाह भएको देखिएको छ । त्यसको धितोमा समेत जग्गा राखिएको छ । पछिल्लो समय छानबिन समितिले खोज्दै जाँदा तीन करोड ऋणका लागि राखिएको धितोमा उल्लिखित जग्गामा वागमती नदी फेला परेको एक सदस्यले बताए । नयाँ बानेश्वरको बादसाह फुडल्यान्डलाई समेत समूहले साढे दुुुई करोड रुपैयाँ ऋण प्रवाह गरेको देखिएको छ । सम्बन्धित ऋणीलाई सोध्दा उनले आफूले ऋण नै नलिएको छानबिन समिति समक्ष बयान दिएका छन् । यसको अर्थ धिताल समूहले नक्कली ऋणी खडा गरेर अरूको नाममा समेत ऋण लिएर पचाउन खोजेको देखिएको छ ।


३६ करोड पचाउन गुण्डाहरुको समेत प्रयोग :
एपेक्स डेभलपमेन्ट बैंकलाई डुबाउने खेलमा लागेका धितालले आफ्नो लक्ष्य प्राप्तिका लागि गुन्डाहरूको समेत परिचालन गर्ने गरेका स्रोतको दाबी छ । उनलाई साथ दिने वसन्त मल्ल मर्जरअघि नै राष्ट्र बैंकको कारबाहीमा परिसकेका व्यक्ति हुन् । उनी रोयलमा हुँदा केन्द्रीय बैंकले दुई लाख रुपैयाँ जरिवाना तिराएको थियो । त्यसो त धितालले बैंकको करोडौँ रुपैयाँ मात्र हिनामिना गरेका छैनन्, आफू लमजुङ काँग्रेसको सभापति हुन्छु भन्दै जिल्ला आउँदा–जाँदाको खर्चको बिलसमेत बैंकबाटै भराउने गरेका छन् । आफ्नै गाडी छ उनको, तर लमजुङ जाँदा र आउँदा गाडी भाडा भनेर एक दुई हजारमा समेत गति छाड्ने गरेका छन् । पार्टीको काममा लमजुङमा गएर सानदार होटेलमा बसेको बिलसमेत बैंककै नाममा आउने गरेको कर्मचारी बताउँछन् ।

शक्तिकेन्द्र धाउँदै एपेक्सभित्रको गिरोह 
संस्थाबाट समेत ती कर्तुत सार्वजनिक हुने डरले धिताल नेतृत्व समूह शक्तिकेन्द्र धाइरहेको छ । रोयलबाट लगानी भएका धेरै ऋण डुब्ने अवस्थामा छन् । स्रोत भन्छ, ‘राष्ट्र बैंक चनाखो भएन भने एपेक्स डेभलपमेन्ट निकै ठूलो समस्यामा पर्न सक्छ ।’ हाल यो बैंकको ऋण प्रवाह साढे चार अर्ब, निक्षेप साढे ६ अर्ब (करिब सात अर्ब) रहेको छ । उपाध्याय सीईओ भएर आउनुअघि साढे तीन अर्ब निक्षेप थियो । डेढ वर्षको अवधिमा उपाध्यायले निक्षेपमा दोब्बर प्रगति हासिल गरेर देखाइदिए, राष्ट्र बैंकले लगाएको शीघ्र सुधारात्मक कारबाही पनि आफू सीईओ नियुत्ति भएको तीन महिनामै हटाउन सफल भए ।

राष्ट्र बैंक अझै मौन :

सर्वसाधारणको यति धेरै रकम संकटमा पर्दा समेत सामान्य अवस्थाको संकटग्रस्त वित्तीय संस्थालाई संकटग्रस्त घोषणा गरी पीसीए (शीघ्र सुधारात्मक कारबाही) को व्यवस्था लागू गर्ने राष्ट्र बैंक भने यो काण्डमा मौन बसेको छ । बरु उल्टै बैंक डुबाउने खेलमा लागेकाले आफूहरूले गभर्नरलाई समेत चलाउन सक्ने ध्वाँस दिँदै अन्य सञ्चालकलाई धम्क्याउने र डेढ वर्षको अवधिमा निक्षेप संकलन तथा कर्जा लगानीमा दोब्बरले फड्को मारेको बैंकलाई सखाप पर्ने खेल सुरु गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: