×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युवाहरुको नयाँ सोच, ‘साइकलमा विज्ञापन’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

युवाहरुको नयाँ सोच, ‘साइकलमा विज्ञापन’

१२ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – विज्ञापन । आफ्नो उत्पादनलाइ लक्षित बर्गसम्म पुराउनका लागि प्रयोग गरिने वा गर्नेपर्ने कार्य । विभिन्न कम्पनीहरुले आफ्नो उत्पादनलाइ लक्षित बर्गसम्म पुर्याउन विभिन्न सञ्चारगृहहरुको सहायत लिइरहेका हुन्छन् । कुनै पनि व्यवसाय फष्टाउन, सम्बन्धित ग्राहक वा सेवाग्राहीलाई सेवा दिन वा आफ्नो उत्पादनको जानकारी दिन विज्ञापनमार्फत आम जनतासमक्ष पुग्ने गरिन्छ । यद्यपी यति हुँदाहुँदै पनि नेपालमा रहेका विभिन्न सञ्चारगृहहरु महंगा हुँदै गएका वा टेलिभिजन, रेडियो, वा अनलाइन मार्फत विज्ञापन गर्न महँगो शुल्क तिर्नुपर्ने र त्यसअनुसार प्रतिफल नआउन पनि सक्ने समस्याले विभिन्न व्यवसायीहरु मर्कामा परेका छन् भन्दा फरक पर्दैन ।
यहि कुरालाई मध्यनजर गर्दै युवाहरुको एक समुहले साइकल मार्फत विज्ञापन गराउने नयाँ तरिका बजारमा ल्याएका छन् । यो सेवा अन्तर्गत विभिन्न व्यवसायको जानकारी साइकलमा राखिन्छ । र विभिन्न ठाउँमा उक्त साइकल घुमाइन्छ । यसो गर्दा काठमाडौँका विभिन्न ठाउँमा रहेका लक्षित ग्राहक वा सेवा लिन इच्छुकहरुले उक्त बिज्ञापन देख्ने र यसले ग्राहकहरुलाई उक्त सेवा लिन उत्प्रेरित गर्ने यो सेवा प्रदान गर्ने कम्पनी ‘स्पट अन प्रालि’का युवाहरु बताउँछन् ।  
साइकलमा नै विज्ञापन किन ?
‘टेलिभिजन, रेडियो वा अनलाइनमा राखिने विज्ञापन धेरै महँगो भयो भन्ने गुनासो पहिलादेखि नै आएको हो । विज्ञापन दाताको यहि समस्यालाई समाधान गर्न हामीले यो नयाँ सोच ल्याएका हौँ । साइकल विज्ञापनका अभियानता नितेश रावलले अर्थ सरोकार डटकमलाइ बताए । उनी अगाडी भन्छन्, ‘यो वातावरण मैत्री पनि छ । यस अघि काठमाडौँ महानगरपालिकाले नगरपालिका फोहोर भयो भनेर होड़ीङ बोर्ड हरु हटाएको थियो । हुन त ट्याक्सी वा भ्यानमा माइकिङ गरेर बिज्ञापन गर्ने चलनपनि छ । तर त्यसले प्रदुषण ल्याएको धेरैको गुनासो छ । हामी फरक अभियानमा छौं । हाम्रो विज्ञापनले अझ शहरलाइ सुन्दर बनाउने प्रयास गरेका छौं ।’    
                    
अरु भन्दा सस्तो र प्रभावकारी हुन्छ त ?
यस बिषयमा अर्थ सरोकार डटकमले सोधेको प्रश्नको उत्तर दिंदै साइकल विज्ञापनका अर्का अभियानता अनिश चौलागाइ भन्छन्,’ यो बढी प्रभावकारी हुन्छ । पैसाका हिसावले हामी पत्रपत्रिका वा टेलिभिजनमा गरीने विज्ञापनभन्दा सस्तो छ । मुख्य कुरा यसले वातावरणमा कुनै असर गर्दैन । शहरलाइ फोहोर बनाउने विज्ञापनको विकल्पको रुपमा पनि हामी प्रस्तुत हुँदैछौं । भित्तामा पोष्टर टाँसेर भित्तानै फोहोर बनाउने प्रवृतिको विकल्पमा पनि हामी सफल हुने प्रयास गरिरहेका छौँ ।’ उनले भने । उनका अनुसार अहिले स्पट अन प्रालिसंग ५ वटा साइकल छ र त्यसको लागि काठमाडौँ महानगरपालिकाबाट लिनुपर्ने स्वीकृति समेत लिइसकेको छ । ‘५ वटा साइकलले पुग्छ त ?’ भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘हामी सुरुवाती चरणमा छौं। बजारको मागअनुसार हामी हाम्रो सेवालाइ पक्कै पनि परिस्कृत रुपमा अगाडी लैजानेछौं । 
     
४ युवाको थालनी,  ब्रान्डेड कम्पनीहरुले पनि गरे प्रयोग 
यो अभियान ४ युवाहरुले सुरु गरेका हुन् । हाल काठमाडौँ बसीरहेका युवाहरुले यस्तो सोचमार्फत विज्ञापन गर्न सकिन्छ भन्दै अगाडी बढेको नितेश रावलको भनाइ छ । ‘देशमा केहि छैन वा भएन भनेर धेरै युवाहरु बाहिरिएका छन् । अझ शहर फोहोर भयो वा व्यवसाय छैन वा विज्ञापन नगरी पनि हुँदैन र गरेरपनि खर्च अनुसारको उपलब्धी छैन भन्नेहरु धेरै छन् । त्यहि कुरालाइ मुख्य नजर गर्दै हामीले यो सोच ल्याएका हौँ ।’ उनले भने । उनका अनुसार सुरुवाती चरणमै स्पट अनलाई नेपालका केहि ब्रान्डेड कम्पनीहरुले पनि प्रयोग गरीरहेका छन् ।  
र… यस्तो छ सुरुवाती प्रतिक्रिया :     
अनिश चौलागाइ अगाडी भन्छन्, ‘हाम्रो अभियानमा मिश्रित प्रतिक्रिया आएको छ । हामीजस्ता युवाले यसलाई निकैनै सराहना गर्नुभएको छ भने केहि पूराना धारका व्यवसायी वा विज्ञापन व्यवसायीहरुलेनै पनि  हामीलाई अझै सकारात्मक रुपमा लिन सक्नुभएको छैन । तर जे कुराको पनि सुरुवातीमा हुने स्वाभाविक कुरा हो यो । कुनै पनि काम गर्दा कसैले राम्रो भन्नु वा कसैले नराम्रो भन्नु स्वाभाविक हो । राम्रो कुरालाई निरन्तरता दिएर नराम्रो प्रतिक्रियालाई रचनात्मक रुपमा प्रयोग गरी अभियानलाइ अझै परिस्कृत रुपमा अगाडी लैजाने हाम्रो सोच छ । यसका लागि म अनिश चौलागाइ, साथीहरु नितेश रावल, सुजन खत्री र विवेक कटुवाल लागिरहेका छौं ।     

 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: