×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुटका कारण मौकामा चौका हानेका मन्त्रीहरु

GLOBAL IME BANK

गुटका कारण मौकामा चौका हानेका मन्त्रीहरु

१० भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम


काठमाडौँ – गुटका कारण कांग्रेस हायलकायल भएपनि केही व्यक्तिलाई भने मालामाल भएको छ । गगन थापा र शंकर भण्डारी गुट नभएको भए सायदै हुंने थिए । निरन्तर खुमबहादुर खड्काको पक्षमा रहेका तनहुँका शंकर भण्डारी वनमन्त्री बन्न सफल भएका छन् । रामचन्द्र पौडेलको गृहजिल्लाबाट प्रतिनिधित्व गर्ने भएपनि उनी खड्काको पक्षमा लागेका थिए । खड्काकै साथ र धापमा उनले एकपछि अर्को राजनीतिक उचाईं लिएका हुन् ।
स्ववियूको पूर्व सभापतिसमेत रहेका खड्का कुनैबेला डन नेताका रुपमा चिनिन्थे । शेरबहादुर देउवालाई सभापतिमा जिताउंन महत्वपूर्ण भुमिका निर्वाह गरेका खड्काको भागमा एकजना मन्त्री परेपछि भण्डारीको भाग्य चम्किएको हो । स्ववियूकै पूर्वसभापति रहेका गगन थापा छोटो अवधिमा राजनीतिमा चम्किएका नेता हुन् । गुटगत राजनीतिमा अभ्यस्त नभएको भए उनी जति नै चर्चित भएपनि मन्त्री बन्न पाउंने सम्भावना कम थियो ।
पहिले नरहरी आचार्य गुट, त्यसपछि कोइराला क्याम्प र अहिले सिटौला क्याम्पमा रहेका थापाले गुटको शक्तिलाई आफ्ना लागि उपयोग गर्दै अघि बढ्ने गर्दछन् । आचार्यको बौद्धिकता र अलगधारको सोचबाट दिक्षित थापाले कोइराला क्याम्पको शक्तिमार्फत सर्वाधिक मतसहितको केन्द्रीय सदस्य बनाए । जबकी आचार्यले महामन्त्रीमा नगन्य मत ल्याए । आचार्यकै क्याम्पबाट निर्वाचन लडेको भए थापाको हालपनि धेरथोर त्यस्तै हुने सम्भावना थियो । उनले क्याम्प परिवर्तन गरे । त्यसपछि १३ औं महाधिवेशनमा आइपुग्दा सिटौला क्याम्पका सदस्य भए । महामन्त्रीमा हारेपनि उनका लागि मन्त्री बन्ने बाटो क्याम्प परिवर्तनले नै खुलाइदियो । भिन्दै क्याम्प खडा गरेका सिटौलाले एक मन्त्री पाएपछि सो क्याम्पको दोस्रो बरियतामा रहेका थापाले सहजै मन्त्री बनेका हुन् ।
गुटगत राजनीतिले चम्किएका अर्का पात्र हुन् रमेश लेखक । केन्द्रीय सदस्य नहुंदासमेत उनी मन्त्री बन्न सफल भएका थिए । यसपटक उनी मालदार मन्त्रालयको मन्त्री भएका छन् । सुदुरपश्चिममका लेखकका लागि आफ्नै क्षेत्रका देउवाको मन जितेपछि राजनीति सपाट बनेको हो । त्यस्तै, सितादेबी यादवपनि भाग्यले उदाएकी पात्र हुन् । संर्घषको विरासत भएपनि उनलाई रातारात केन्द्रीय भुमिकामा ल्याइएको थियो ।
नुवाकोटे दुई दाजुभाइ रामशरण महत र प्रकाशशरण महत बांडिएर राजनीति गरेका पात्र हुन् । दुई क्याम्पमा भएपनि यिनीहरुको मिल्ती रहेको बताइन्छ । नुवाकोट जिल्लामा भाइ प्रकाशशरणले दाइ रामशरणलाई संघाउने गरेका छन् । केन्द्रमा भने दुई भाइ दुइ तिरका खम्बा बनेका छन् । सबैभन्दा धेरै मन्त्री बन्ने मध्येका एक रामशरण यसपटक मन्त्री हुंन पाएनन् । तर, महत परिवारबाट मन्त्री छुटेनन् । देउवा क्याम्पबाट प्रकाशशरणले आर्कषक मन्त्रालय परराष्ट्रको जिम्मेवारी पाएका छन् । दुबै भाइ एउटै गुटमा भएको भए एउटै परिवारलाई सधैं भन्ने प्रश्न आउंथ्यो । अहिले त्यो प्रश्नको पिरलोपनि छैन ।

शेरबहादुर देउवाको पक्षमा मधेशबाट प्रतिनिधित्व गर्ने महिला नेतृ चित्रलेखा यादवको जबरजस्त उपश्थितिलाई टक्कर दिन सहिदपत्नी यादव कोषाध्यक्षको उम्मेदवार बनाइएकी थिइन् । अप्रत्याशितरुपमा पौडेल क्याम्पबाट उनी उम्मेदवार बनाइएपछि उनको चर्चा व्यापक बन्यो । भारतीय छोरी र नेपालकी बुहारीका रुपमा उनका लागि राजनीति झनै सहज बनेको छ । अङ्गिकृत नागरिकलाई पनि राज्यका प्रमुख पदमा जान दिनुपर्ने धारणा राख्ने यादव शालिन तर दृढ स्वभावकी नेतृ मानिन्छिन् ।
  • नेपाल आज 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: