×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विशेष रिपोर्ट : यसरी हुन्छ हकप्रदमा इन्साइडर ट्रेडिङ !

PRIME CA
GLOBAL IME BANK

विशेष रिपोर्ट : यसरी हुन्छ हकप्रदमा इन्साइडर ट्रेडिङ !

१२ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: < ५ मिनेट

  • शेयर बजार साप्ताहिकमा प्रकाशित 

हप्तादिन अगाडिसम्म दिनमा ३ हजार कित्ता (रु.५० लाखका) कारोबार हुन मुस्किल पर्ने हिमालयनर  जनरल इन्सुरेन्स (एचजीआई) बुधबार करिब ४० हजार कित्ता अर्थात् ६ करोडको कारोवार भयो । त्यसअघिका ३ दिन पनि यस कम्पनीको करोडौंको सेयर किनबेच भएको थियो । उक्त सेयरको मूल्य एक सातामै १३ सयबाट बढेर १६ सय ८७ पुगेको छ । 
एक सातामै एक कित्ता सेयरमा झन्डै ४ सय रुपैयाँको अन्तर देखिएको छ । गत चैत्र दोश्रो सातादेखि अपी हाइड्रो पावर कम्पनीको सेयर मूल्य करिब १५ दिन निरन्तररुपमा बढ्यो । ४ सय रुपैयाँ रहेको उक्त कम्पनीको सेयर मूल्य त्यही अवधिमा ८ सय पुग्यो । विवादास्पद व्यक्ति गुरु प्रसाद न्यौपाने समुहको सो कम्पनीको हकप्रदसम्बन्धी निर्णय सार्वजनिक हुनुअघिदेखि उनीहरुले लाखौं कित्ता सेयर उठाए । तर, चैत २७ गतेमात्र २ सय प्रतिशत हकप्रद सेयर निष्कासनको निर्णय पारित भयो ।
न्यौपाने समूहकै अर्को कम्पनी वरुण हाइड्रोपावर कम्पनीले १ सय प्रतिशतका दरले हकप्रद सेयर वितरण गर्ने निर्णय गत असार १ गत सार्वजनिक गर्यो  । तर, जेठको मध्यतिरबाट त्यो कम्पनीको सेयर मूल्य निरन्तररुपमा बढिरह्यो । सूचना सार्वजनिक भएपछि सेयर मूल्यको बृद्धिदर रोकियो । र, न्यौपाने समूहले
पहिले सस्तोमा उठाएको सेयर बेचे । गत जेठ ३१ गते बुटवल पावर कम्पनीको फर्दर पब्लिक अफरिङ (एफपीओ) सम्बन्धी निणय गर्यो  । त्यसअघि सो कम्पनीको सेयर एक साता लगातार बढेर ३ रुपैयाँ खुद बढेको थियो । चौधरी समूहको कम्पनी युनाइटेड इन्स्योरेन्सले गत जेठ २४ गते २० प्रतिशत बोनस सेयरका लागि दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने निर्णय गर्‍यो ।
 त्यसको एक साताअघिबाटै उक्त कम्पनीको सेयर मूल्य अकासियो र सूचना सार्वजनिक हुनुअघि नै सेयर मूल्य ९ सयबाट १५ सय पुग्यो । न्यौपाने समूहको बदमासी त अनेकन छन् । उनकै कम्पनी जनता बैंक नेपालले पनि यस्तै बदमासी गरेको थियो । दुई वर्षअघि जनता र माछापुच्छ्रे बैंकबीच मर्जरका लागि सहमति–पत्रमा (एमआये ) हस्ताक्षर भएको केही दिनपछि मात्र नेप्सेमा सूचना दिइएको थियो । तर, त्यो अवधिमा जनता बैंकको ठूलो सेयर कारोबार भयो । तर, एमओयूको समाचार सार्वजनिक भएपछि मूल्य घट्न थाल्यो । त्यस्तै, २ महिनाअघिको घट्ना हो ।
 सानिमामाइ हाईड्रो कम्पनीले शतप्रतिशत  हकप्रद निष्काशन गर्ने निर्णय गर्नुअघि ३ दिन लगातार अस्वभाविकरुपमा बजारमा सो कम्पनीको सेयर मूल्य बढ्यो । लाखौं कित्ता कारोवार पनि भयो । ३ दिनमै प्रतिसेयर करिब ३ सय रुपैयाँभन्दा बढी मूल्य पनि बढाइयो । आइतबार ५ रुपैयाँले घटेर  ८ सय ७५  रुपैयाँ प्रतिकित्ताका दरले कारोबार भएको सानिमामाइको  सेयर सेयरमूल्य सोमबार ९३५ रुपैयाँ पुर्याइयो  । मंगलबार १ हजार २८ रुपैयाँ र बुधबार हकप्रदको निर्णय बाहिर आउनु पहिल १० प्रतिशतले बढाएर ११ सय २२ रुपैयाँ पुर्याईयो । लगातार १० प्रतिशतको हाराहारीमा  ३ दिन मल्य बढाइसकेपछि मात्र हकप्रद दिने निर्णय सार्वजनिक गरियो । 
कतिसम्म भने अघिल्ला दिनको निर्णय भोलिपल्ट आधा समय  सेयर कारोवार भैसकेपछि मात्र नेप्सेले आफ्नो वेव साइटमा राखेको थियो ।जबकी सानिमामाइले अघिल्ला दिन बेलुकी नै  आफ्नो बोर्ड बैठकको निर्णय नेप्सेमा पठाईसकेको जानकारी दिएको छ । यी त केही उदाहरण मात्र हुन् । खुल्लमखुल्ला देखिने गरेको यस्तो इन्साईडर ट्रेडिङ (भित्री कारोवार)मा नेपाल धितोपत्र बोर्डले अहिलेसम्म खासै अनुसन्धान गरेको छैन । कम्पनीका सञ्चालक, ब्रोकर र नेप्सेका केही कर्मचारी मिलेर गर्ने यस्तो इन्साईडर ट्रेडिङबाट बिना लगानी एक सातामै करोडौं  रकमको हेराफेरी हुने गरेको छ । 
हकप्रदको निर्णय आउनुअघि नै आफूले सुटुक्क सस्तोमा सेयर उठाउने, हकप्रदको हल्ला चलाउने, त्यसपछि निर्णय सार्वजनिक भैसकेपछि महंगोमा आफैँले त्यही सेयर बेच्ने प्रचलन अहिले चलेको छ । यस्तो ‘इन्साईडर
टडिङ’मा कम्पनीका सञ्चालक र सिइओहरुको मूख्य हात रहनु र उनीहरुले  केही ब्रोकरहरुलाई  उपयोग गरेर केही दिनमै करोडौं रुपैयाँ कमाउने गरेका छन् ।
जस्तै, हिमालयन इन्स्योरेन्सको भित्री काराबारीले यो २२० प्रतिशत हकप्रदका बारेमा अन्जान साधारण लगानीकर्तासँग अघिल्लो साता सस्तोमा सेयर खरिद गरे । र, हकपदको सूचना सार्वजनिक भएको केही दिनपछि सेयर मूल्यमा ४०–५० प्रतिशतको बृद्धि आएपछि साझा लगानीकर्तालाइ भिडाएर निस्कने गर्दछन् । संसारका सबै देशमा भित्री कारोवार गम्भीर आर्थिक अपराध हो । यस्तो भित्री सूचनाको आधारमा कारोबार गर्नेलाई भारी क्षतिपूर्ति, जरिवाना र काराबास सजाय हुन्छ । नेपालमा पनि भित्री कारोबार गर्नेलाई यस्तै भारी दण्ड, सजायको कानुनी व्यवस्था छ । तर, अहिलेसम्म कारबाही त के एउटा प्रस्टीकरण समेत सोधिएको छैन ।
पछिल्ला महिनामा सयर बजार उच्च दरले बढेसँगै  भित्री कारोबार (इन्साइडर ट्रेडिङ) झन मौलाएको छ । नियामक निकाय धितोपत्र बोर्ड र फन्ट लाइन रगेलुटर नेप्सेले प्रभावकारी नियमन गर्न नसक्दा यस्ता कारोबार मौलाएको हो ।   
अहिले बैंक तथा वित्तीय संस्थाहरुले धमाधम वार्षिक वित्तीय विवरण सार्वजनिक गरिरहेका छन । अन्य मुलुकमा यस्ता इनसाइडर ट्रेडिङलाई गम्भीर आर्थिक अपराधको रुपमा लिईन्छ । तर, नेपालमा कानुनीरुपमा अपराध भए पनि नियामक निकायहरुले हालसम्म यसलाई सामान्यरुपमा लिन गरेको छैन  । धितोपत्र ऐनमा गम्भीर अपराधका रुपमा ब्याख्या गरी कारबाही तथा सजाय हुने व्यवस्था भए पनि नेपालमा यस्तो केसमा हालसम्म कोही कसैलाई कुनै कारबाही भएको छैन ।
यसरी औपचारिक निर्णय नभई बजारमा कम्पनीका सीमित व्यक्तिले आफन्तका नाममा पहिले सेयर किनेर निर्णय बाहिर आएपछि महंगो मूल्यमा बेच्ने गलत परिपाटीका कारण पछिल्ला समय लगानीकर्ता जोखिम मोल्न वाध्य छन् ।भलै लामो समय लगाएर उनीहरुको लगानी उठ्ने भए पनि सूचना चुहाएर त्यही  सेयरको कारोबारबाट अर्बौ रुपैयाँ उठाएर यस्ता कम्पनीका सस्थापकहरुले त्यहि रकमलाइ  हकप्रदमा लगानी गरिरहेको कुरा कतै लुक्न सक्दैन ।
किन भएन कारबाही ? 
पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता निरज गिरीले ‘भित्री कारोबारको प्रमाण नभेटिएको’ बताए । सामान्यतया बढेको बजारमा केही मात्रामा भित्री कारोबार हुने भए पनि हालसम्म प्रमाण फेला नपरेको दाबी गरे । ‘भित्री कारोबार शून्य छ भन्न सक्ने अवस्था पनि छैन,’ उनले भने, ‘त्यस्तो कारोबारको प्रमाण पनि भेटिएको छैन ।’ तर, सामान्य व्यक्तिले समेत केही दिनको फ्लोर सिट हेरेर पत्ता लगाउन सक्ने भित्री कारोवारको प्रमाण बोर्डले कसरी नभेटेको हो ? अचम्म लाग्दो देखिन्छ । 
उदाहरणको  लागि गत साताभर हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सेयर कारोवार भएको ब्रोकरसँग खरिदकर्ताको लिस्ट माग्ने हो भने सबै भेटिन्छ । उनीहरुले गत बुधवार र आज आईतबार महंगो मूल्यमा त्यो सेयर बेच्नेछन् । त्यसरी बेचिएको सेयरको रकम कहाँ जान्छ ? हेरेरै भित्री कारोवारको मुख्य अभियुक्त चिन्न
सकिन्छ ।
ब्रोकर र कम्पनीका सन्चालकहरुले अर्काको नाममा कारोवार गरिएको र बेचिएको रकम कसरी घुमाउरो पाराबाट कसको खातामा  गएको छ हेर्ने हो भने भित्री कारोवारको प्रमाण खोज्न धेरै दु:ख गर्नुपर्दैन । तर, बोर्ड भने अरु कसलै पे माण खोज्ने र उसकाको टेबलमा लगिदिएर आफूले ठूलो माछा मारेको प्रेस विज्ञप्ति निकालूँला भनेर बसेको छ । नत्र बोर्डको एउटा मुख्य जिम्मेवारी नै यस्ता कर्तुतहरुको अनुसन्धान गरी कारबाही गर्ने हो ।

के हो इन्साइडर ट्रेडिङ ? 
कुनै व्यक्तिले सार्वजनिक भइनसकेका भित्री सूचना चुहाई गरिने सेयर कारोबार इन्साइडर ट्रेडिङ (भित्री कारोबार) हो । यसरी सुचना चुहाई आफु वा अरुलाई कारोबार गर्न लगाएमा भित्री काराबार भएको  मानिन्छ । यस्तो भित्री सूचना लुकाई कारोवार गरेर इन्साइडर टडिङ गरिएको ठहरिए विगो बमोजिम जरिवाना र १ वर्ष कैदसम्मको सजाय छ ।
आफुलाई थाहा भएको सुचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामाबाहेक अरुलाई दिन मिल्दैन । कसैलाई दिएमा त्यस्तो ब्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिने कानुनी व्यवस्था छ । यस्ता सूचनाका आधारमा कारोबार गर्न कानुनले वञ्चित गरेको छ । यस्तो कारोबार गर्नेलाई भित्री काराबार गरेको  ठहरमा बिगा  बमोजिम जरिवाना  वा एक बर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था धितोपत्र ऐनले गरेको छ । त्यस्तो काम कारबाहीबाट कसैलाई हानि नोक्सानी पर्न गएमा त्यस्तो हानि नोक्सानीसमेत भराई दिनपनु छ । ‘भित्री संरचना वा जानकारी’ भन्नाले धितोपत्र जारी गर्ने संस्थाबाट सार्वजनिक नभएको सूचना वा जानकारी सार्वजनिक भए धितोपत्रको मूल्यमा असर पर्न सक्ने किसिमका सूचना वा जानकारी सम्झनुपर्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: