×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जग्गा खरिद विवादमा मुक्तिनाथ बैंक !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जग्गा खरिद विवादमा मुक्तिनाथ बैंक !

५ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम


  • शेयर बजार साप्ताहिकमा प्रकाशित 

पोखरामा केन्द्रीय कार्यालय रहेको मुक्तिनाथ विकास बैंकले काठमाडौंमा कर्पोरेट अफीस राख्नका लागि लाजिम्पाटमा खरिद गरेको घडेरीमा नियमविपरीत २० कराड खर्च गरिएको भन्दै नेपाल राष्ट्र बैंक तथा अख्तियारमा उजुरी परेको छ । जम्मा ६४ करोड पुँजी रहेको विकास बैंकले २० करोड रुपया खर्चेर किनिएको सो जग्गाको खरिद प्रक्रियानै नियमविपरित भएको भन्दै रकम सञ्चालक समिति तथा व्यवस्थापनलाई कारबाही गराउन उजुरीमा माग गरिएको छ ।
मुक्तिनाथ विकास बैंकले लाजिम्पाटस्थित सांग्रिला होटलभन्दा माथि इमेज च्यानलको कार्यालयसँगै केही महिनाअघि जग्गा किनेको थियो । जम्मा ३७ आना क्षेत्रफल रहेको सो जग्गा प्रतिआना ४९ लाख रुपैयाँका दरले किनिएको बैंकले जनाएको छ । जग्गा नामसारी (रजिष्ट्रेसन पास) गर्दा थप करिब एक करोड खर्च भएको छ ।
सो जग्गामा हाल बैंकको भवन निर्माणस्थल भन्दै साइनबोर्डसमेत टाँगिएको देख्न सकिन्छ ।
मुक्तिनाथ विकास बैंकका केही सञ्चालक र प्रबद्र्धकहरूको जोडबलमा सो जग्गा किनिएको हो । जबकी मुक्तिनाथले कमलादीस्थित काठमाडौँ प्लाजामा आफ्नो कर्पोरेट कार्यालय राख्ने तयारी गरिसकेको छ । राष्ट्रियस्तरको विकास बैंक बनेपछि काठमाडौंमा कर्पोरेट कार्यालय नै नराखि जग्गा खरिद गर्नुले सो बैंकका सीईओ र सञ्चालकहरूले पोखरामा गरेको जग्गा प्लटिङबाट  कमाएको धन्दा काठमाडौंमा पनि चालु राख्न
चाहेको आरोपसमेत उजुरीमा गरिएको छ ।
जग्गा खरिद गर्ने बेलामा सो बैंकको पुँजी जम्मा ६४ कराडमात्र थियो । हाल बोनस सेयरपछी ८४ करोड पुँजी पुगेको छ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनअनुसार कुनै पनि बैंकले स्थिर सम्पत्ति खरिद गर्नका लागि चुक्तापुँजीको १५ पतिशतसम्म मात्र रकम खर्च गर्न सक्छ । यस हिसाबले मुक्तिनाथले ८ करोड रुपैयाँभन्दा बढी रकम स्थिर सम्पत्ति खरिदमा लगाउन मिल्दैन ।
यदि उसले रिजर्भ कोषको रकमसमेत जोड्ने हो भने पनि २० करोडको सम्पत्ति खरिद गर्न सक्ने अवस्था देखिन्न । मुक्तिनाथ विकास बैंकले खरिद गरेको जग्गा आफ्नो स्व प्रयोजनका लागि भनिएको छ । कर्पोरेट कार्यालय बनाउनको लागि भनिएको सो जग्गा खरिद काण्ड यसअघि गारखा विकास बैंकले खरिद गरेको जस्तै हो ।
त्यसबेला गोरखा विकास बैंकले पनि ६५ कराड पूँजी  भएका बैंकले ७० करोडमा जग्गा खरिद गर्नका लागि ३० करोड बैना दिएको थियो । सोही काण्डमा राष्ट्र बैंकले कारबाही गरेपछि थप विभिन्न काण्डहरू निस्किएर आखिरमा बैंक नै धराशायी  बन्न पुग्यो । अहिले राम्रो मानिएको मुक्तिनाथ बैंकले पनि सोही घट्ना दोहोर्‍याएको छ ।
पोखरामा स्थापना भएर राम्रो पफर्ममेन्स गरिरहेको मुक्तिनाथका  व्यवस्थापकीय  कमजारीका कारण  शेयरधनीहरुले पटक–पटक धोका खानु परेको छ । दुई वर्षअघि पनि बैंक व्यवस्थापनकै लापरवाहीका कारण घोषणा भैसकेको लाभांशसमेत लगानीकर्ताले पाएका थिएनन् । लाभांश घोषणा गरेर बुक क्लोजसमेत गरी साधारणसभा बोलाएको सूचनासमेत प्रकाशित भैसकेको अवस्थामा लाभांश रद्द भएको थियो । 
सो आर्थिक वर्षको एउटा त्रैमासमा बैंकको पुँजीकोष तोकिएको १० प्रतिशतभन्दा कम देखिएका कारण राष्ट्र बैंकले कारबाही गर्दै लाभांश बाँड्नसमेत रोक लगाएपछि बोनस लाभांशको लोभमा महंगोमा सेयर किनेका लगानीकर्ता मर्कामा परेका थिए।
१० महिनाअघि खरिद गरेको सो जग्गा खरिदका निर्णय प्रक्रिया नमिलेको बताएको छ । सो जग्गा एपेक्स डेभलपमेन्ट बैंकले बिक्री गरेको हो । सो जग्गा २०६५ सालमा पतिआना २९ लाखका दरले रोयल मर्चेन्ट एण्ड फाइनान्सले किनेको हो । रोयल मर्चेन्ट रारा विकास बैंक र अपी फाइनान्ससँग मर्ज भएर एपेक्स डेभलपमेन्ट बैंक बनेको हो । 
एपेक्सले आफ्नै भवन बनाउने भनेर राखेको सो जग्गा एनसीसी बैंकसँग मर्जरमा जाने भएपछि हतार–हतार सो जमिन बेचिएको हो । रोयल मर्चेन्टले किन्दा ३८ आना क्षेत्रफल रहेको सो जग्गा अहिले मुक्तिनाथले किन्दा ३७ आनामात्र बाँकी छ । एक आना जग्गा सडक विस्तारको क्रममा घटेको बताइएको छ ।
मुक्तिनाथल २० करोडको घडेरी किन्दा बैंकको सञ्चालकसमेत नरहेको ब्यक्ति रामप्रसाद पोखरेललाई जग्गा खरिद समितिको संयोजक बनाइएको उजुरीमा उल्लेख छ । बैंकका प्रबद्र्धक रहेका पोखरेल काठमाडौंमा जग्गा प्लटिङको कारोवार गर्ने व्यक्ति हुन् । 
यसबाहेक बैंकका सीईओ भरतप्रसाद ढकालले प्रबद्र्धकहरू सीताराम काफ्ले र रामप्रसाद पोखरेलसँग मिलेर कर्जा दिने विषयमा निर्णय गर्ने गरेको समेत बताइएको छ । काठमाडौंमा व्यवसाय बढाउन नसकेकोले सीईओ ढकालले श्रेष्ठ र काभ्रेले भने बमोजिम  सबै काम गर्ने गरेका कारण बैंक समस्यामा पर्ने सम्भावना रहेको समेत औंल्याइएको छ । बैंकका प्रबद्र्धक काफ्ले बसुन्धरामा रहेको रायल सहकारी संस्थाका कार्यकारी प्रमुख हुन् ।
 सो सहकारीले बसुन्धरामा आफ्नै भवनमार्फत् कारोवार गर्छ र करोडौंको कारोवार गरिरहेको छ । सहकारीमा जम्मा भएको रकम जग्गामा लगानी गरी कस्त कमाएका काफ्ले र पोखरेलको  मिलेमतोमा सीईओ ढकाललाई बसमा पारी सहकारीका ग्राहकहरूलाई मुक्तिनाथ बैंकबाट ऋण मिलाइदिउँला भन्दै अनेक प्रलोभन दिंदै फाइदा लिने गरेको बताइएको छ । 
काफ्लेकै कारण मुक्तिनाथल  राष्ट्रिय स्तरको  विकास बैंक बनपछि पहिला शाखा महाराजगञ्जमा खोलेको  थिया । रोयल सहकारीको कार्य क्षेत्रमा नै शाखा खोलेर बैंकको नाम र काम उपयोग गर्दै  सहकारीमाफर्त आफ्नो  धन्दा चलाउन खोजेको  आरोप सेयरधनीहरूको छ । यस विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत भरत ढकालले बैंकले खरिद गरेको जग्गा नियमानुसार नै किनिएको दाबी गरे । 
उनले राष्ट्र बैंकको व्यवस्थापनमा रहेको एनसीसी बैंकसँग गाभिन लागेको एपेक्स बैंकले बिक्री गरेको जग्गा मुक्तिनाथले खरिद गर्दा घोटाला गर्ने सम्भावना नै नहुने दाबीसमेत गरे । उनको भनाई थियो, ‘सो एरियामा आनाको ७० लाखसम्म मूल्य चलिरहेको छ, तर हामीले ४९ लाखमा नै खरिद गर्न सफल भएका छौं ।’ सीईओ ढकालको दाबीअनुसार ६४ करोड पुँजी भए पनि स्थिर सम्पत्ति खरिदमा १५ प्रतिशतको गणना गर्दा चुक्ता पुँजीमात्र नभई कुल कोर क्यापिटल नै गणना हुने हुनाले राष्ट्र बैंकको नियमअनुसार नै छ । ‘बैंकले बैंकसँग नै किनेको हुनाले यसमा कमिशनको कुनै खेल छैन’, सीईओ ढकालले सेयरबजारसँग भने, ‘जग्गा खरिद गर्दा बैंकको कोर क्यापिटल १ अर्ब २५ करोड रहेको र त्यसको १५ प्रतिशत हिसाब गर्दा जग्गा खरिद गर्न पुग्ने अवस्था थियो ।’ 
ढकालले भनेजस्तै जग्गा खरिदमा १५ प्रतिशतको सीमाले पुग्ने हो भने त सयरधनीलाई  फरक नपर्ला । तर, यदि राष्ट्र बैंकले गरेको अनुसन्धानमा केहि गल्ती भे टिएमा  यसअघिझै यस बर्षको लाभांस रोकिने कुरामा छैन । 
कतिसम्म भने सेयर बजारमा लघुवित्त कम्पनीहरूको सेयर मूल्य बढिरहेको बेला मुक्तिनाथ विकास बैंकलाई समेत लघुवित्त कम्पनी भन्ठानेर सस्तोमा सेयर पाइयो भन्दै किन्नेहरू धेरै छन् । यसरी राम्रोसँग बुझ्दै– नबुझी सेयरमा लगानी गर्ने लगानीकर्ताहरू आफूले लगानी गरेको कम्पनीको अवस्थाबारे चनाखो हुनु जरुरी छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: