×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्ड मन्त्रिमण्डल नयाँ संविधान विपरीत : समावेशी समानुपातिकको धज्जी, ३ मात्रै महिला मन्त्री

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रचण्ड मन्त्रिमण्डल नयाँ संविधान विपरीत : समावेशी समानुपातिकको धज्जी, ३ मात्रै महिला मन्त्री

१० भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम


काठमाडौं – नयाँ संविधानमा ५० प्रतिशत महिला आरक्षण गर्नुपर्ने भन्दै नोट अफ डिसेन्ट दर्ज गराउने माओवादी केन्द्रले आफ्नै नेतृत्वको सरकार हुँदा भने समावेशी र समानुपातिक सिद्धान्तलाई धज्जी उडाएको छ ।
शुक्रवारसम्म विस्तारित ३१ सदस्यीय मन्त्रिमण्डलको आकार र नामावली हेर्दा ब्राम्हण क्षेत्री समुदाय कै बाहुल्यता कायम राख्दै महिलाको प्रतिनिधित्वको संख्या जम्मा ३ मा सिमित राखेको छ । संविधानले नै राज्यको हरेक निकायमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता गरे पनि प्रचण्ड आफैंले मन्त्रिमण्डल गठन गर्दा भने त्यसलाई लागू गराउन सकेनन् । जसका कारण प्रचण्डको नेतृत्वको मन्त्रिमण्डल नयाँ संविधान विपरित हुन पुगेको देखिन्छ ।
प्रचण्डको मन्त्रिमण्डलमा शुक्रबारसम्म पूर्णमन्त्रीको हैसियतमा जिम्मेवारी पाउने कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव मात्रै एक्ली महिला हुन् । प्रचण्डले उनलाई शान्ति तथा पुनर्निमार्ण मन्त्रालयको जिम्मेवारी दिएका छन । अन्य दुई महिलालाई भने राज्य मन्त्रीको जिम्मेवारीमा सिमित गरिएको छ ।
माओवादी केन्द्रकी राधिका तामाङलाई कृषि विकास राज्य मन्त्री बनाए पनि धनमाया विकलाई भने प्रधानमन्त्री प्रचण्डले कुनै पनि जिम्मेवारी नदिएर विभागीय मन्त्रीमा नै सिमित पारेका छन् । उनलाई अझैसम्म कुनै मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।
त्यसैगरी, जनसंख्याको आधार हिस्सा भनिने मधेसी समुदायवाट प्रचण्ड मन्त्रिपरिषद्मा जम्मा ३ अनुहार मात्रै अटाउन सफल भएका छन् । जसमा उपप्रधान तथा गृहमा बिमलेन्द्र निधि, शान्तिमा सीतादेवी र कानुनमा अजयशंकर यादव छन् भने मधेसी दलितबाट उर्जा राज्य मन्त्रीमा सत्यनारायण भगतको अनुहार मात्रै देख्न पाइन्छ ।
उता, दलित समुदायमा भगतसहित युवा तथा खेलकुद दलजित श्रीपाइली, बिना विभागिय राज्यमन्त्री धनमाया बिक गरी ३ अनुहार परेका छन् । थारु समुदायवाट एक मात्रै गौरीशंकर चौधरी कृषि विकास मन्त्रालयको जिम्मेवारीमा आएका छन् भने मुस्लिम समदाुयवाट एकजना पनि प्रचण्ड मन्त्रिमण्डलमा अटाउन सकेको अवस्था छैन ।
यस अघि विस्तार गर्दा जनजाति समुदायवाट कसैले पनि पूर्ण मन्त्रीको हैसियत नपाए पनि शुक्रवारबाट भने केही अनुहार थपिएका छन् । यसरी थपिएका जनजाति मन्त्रीहरु सबै नेपाली कांग्रेसका हुन । कांग्रेसबाट श्रम तथा रोजगारमा सूर्यमान गुरुङ, उद्योगमा नबिन्द्रराज जोशी, सहकारीमा हृदयराम थाम र वाणिज्यमा रोमी गौचनले पूर्ण मन्त्रालयको जिम्मेवारी पाएका छन ।
माओवादीले भने जनजातिलाई राज्य मन्त्रीको मात्रै जिम्मेवारी दिएको छ, पूर्ण मन्त्रीको जिम्मेवारीमा कुनै पनि जनजातिलाई ल्याएको छैन । जसअनुसार श्रीप्रसाद जबेगु संघीय मामिलामा र राधिका तामाङको कृषि विकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी थमाई दिएका छन ।
तर, ३१ सदस्यीय प्रचण्ड मन्त्रिमण्डलमा आधा भन्दा बढी अर्थात १७ जना ब्राम्हण क्षेत्री समुदायको अनुहार देख्न पाइन्छ । प्रभावाशाली मानिने मन्त्रालयमा भने ब्राम्हण र क्षेत्रीका नै हालिमुहाली देखिएको छन । माओवादी केन्द्रले आफ्नो कोटामा रहेको ८ मन्त्रालय मध्ये ५ मन्त्रालयमा ब्राम्हण क्षेत्रीलाई जिम्मेवारी दिएको छ । जसमा एकजना थारु गौरीशंकर चौधरी कृषि विकासमा, एकजना मधेसी अजयशंकर नायक कानुनमा र दलितका दलजित श्रीपाइली युवा तथा खेलकुदमा आएका छन ।
पूर्ण मन्त्रालयको जिम्मेवारीमा प्रचण्डले अझै पनि महिला, जनजाति, मुस्लिम, अल्पसंख्यक र सिमान्तकृत समुदायवाट कसैलाई पनि प्रतिनिधित्व गराउन सकेका छैनन् । प्रचण्डले नै समावेशी र समानुपातिकको सिद्धान्तको धज्जी उडाए पछि माओवादीमा भने यसमा भाँडभैलो समेत भइसकेको देखिएको छ । माओवादीका महिलाहरुले त प्रचण्डलाई असन्तुष्टिसमेत पोखिसकेका छन् ।

प्रधानमन्त्री
पुष्पकमल दाहाल प्रचण्ड

उपप्रधानमन्त्रीहरु
बिमलेन्द्र निधि– उपप्रधान तथा गृह
कृष्णबहादुर महरा– उपप्रधान तथा अर्थ

मन्त्रीहरु
रमेश लेखक– भौतिक पुर्वाधार तथा यातायात
जनार्दन शर्मा– ऊर्जा
दीपक बोहोरा– आपूर्ति
गौरीशंकर चौधरी– कृषि विकास
दलजित श्रीपाइली– युवा तथा खेलकुद
विक्रम पाण्डे– भूमिसुधार तथा व्यवस्था
जयदेव जोशी– जनसंख्या तथा वातावरण
हितराज पाण्डे – संघीय मामिला तथा स्थानीय विकास
धनीराम पौडेल– बिना विभागीय
अजय शंकर नायक– कानुन

शुक्रवार शपथ लिएका मन्त्रीहरु
अर्जुननरसिंह केसी– सहरी विकास
प्रकाशशरण महत–परराष्ट्र
बालकृष्ण खाँड– रक्षा
सूर्यमान गुरुङ– श्रम तथा रोजगार
केशवबहादुर बुढाथोकी– सामान्य प्रशासन
जीवनबहादुर शाही– पर्यटन
सीतादेवी यादव– शान्ति तथा पुनर्निर्माण
नविन्द्रराज जोशी– उद्योग
हृदयराम थामी– सहकारी
दीपक गिरी– सिंचाई
रोमी गौचन– बाणिज्य
गगन थापा– स्वास्थ्य
शंकर भण्डारी– वन

राज्यमन्त्रीहरु
श्रीप्रसाद जबेगु– संघीय मामिला
सत्यनारायण भगत– उर्जा
राधिका तामाङ– कृषि विकास
धनमाया विक– बिना विभागिय

  • मिडिया एनपी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: