×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो बदमासी गरियो, सानिमामाईमा ! करोडौंको भित्री कारोबार

PRIME CA
GLOBAL IME BANK

यस्तो बदमासी गरियो, सानिमामाईमा ! करोडौंको भित्री कारोबार

१२ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: < २ मिनेट


  • सेयर बजार साप्ताहिकमा प्रकाशित 

काठमाडौं- हकप्रदसम्बन्धी कुनै पनि निर्णय साधारणसभाले पारित गर्नुपर्नेछ । साधारणसभाको एजेन्डाको रुपमा यो निर्णय सार्वजनिक हुने हो । तर, साधारणसभा हुने ७ महिनाअघिनै हकप्रदको निर्णय गरेर बजारमा हल्ला फिँजाई सेयर भाउ बढाउन प्रचलन छ । सानिमामाईले मात्र हैन नेपाल बंगलादेश बैंक (एनबी)ले समेत यस्तै गरेको छ । 
एनबीले आगामी पुसमा साधारणसभा गर्छ, तर उसले हकप्रद दिने निर्णय गत असारको सुरुमै सार्वजनिक गर्‍यो । ७ महिनापछिको साधारणसभाले पारित गरेमा मात्र उसले हकप्रद निष्काशनको प्रक्रिया सुरु गर्न पाउने हो । त्यसका लागि पनि थुप्रै प्रक्रियाहरु छन् । तर, ७ महिनाअघि नै हकप्रदको हल्ला चलाएर बाडे बैठकबाट निर्णय गराउनुमा शेयर बजारमा प्रभाव पार्ने नियतबाहेक  केही हुन सक्दैन ।
सानिमामाईको केसमा पनि यही हो । कसरी चलाखिपूर्ण ढंगबाट हकप्रदको निर्णय गरी बजारमा चलखल गरिएको छ भने यसले सस्थापकहरुलाइ  केहि दिनमा करोडौं कमाउने मौका दिएको छ । सानिमामाइको आइएपीओ जारी भएको अहिले ३ बर्ष पुग्यो । यही असोजबाट ३ बर्ष पुग्नासाथ कम्पनीको सबै संस्थापक सेयर साधारणमा परिणत हुन्छ । त्यसपछी संस्थापकहरु आफ्नो हिस्साको सेयर बेच्न पाउँछन् । 
यसअघि उनीहरुको सेयर संस्थापकको रुपमा भएको र बिक्रीमा बन्देज पनि थियो । जब  स्थापक सेयर कन्भर्ट भएर साधारण बन्न समय आयो तब सो कम्पनीको शेयर मूल्य बढाउनका लागि हकप्रदको निर्णय गरिएको छ । नत्र सानिमामाईलाई अहिले हकप्रद निष्काशन गरेर पुँजी जुटाउनुपर्ने कुनै आवश्यकतानै थिएन । 
जबकी उसले आफैले बनाएको क्यास्केड आयोजना समेत सम्पन्न भैसकेको छ । अहिले उसको हातमा कुनै नयाँ आयोजना छैन । यस्तै किन पूंजी जुटाउनुपर्‍यो ? यदी नयाँ आयोजना बनाउने हो भने सोही कम्पनीबाट पुँजी जुटाउन सकिन्थ्यो । यसको मतलब सिधा बजारमा सेयर मुल्य बढाएर संस्थापक सेयरलाई  महंगोमा बेच्ने दाउपेच मात्र हो । 
सानिमामाईले अर्को आयोजना बनाउने नै भए पनि अहिलेकै एक अर्ब ५ करोडबाट ६ण् करोडसम्म लगानी गर्न सक्छ । यदी त्यतिले नपुग भएमा थप २०–२५ प्रतिशत हकप्रद पनि निष्काशन गर्न सक्छ । तर अहिले एकैपटक आवाश्यकता नै नपरी शतप्रतिशत हकप्रद निष्काशन गर्नु भनेको बजारमा चलखल गर्न नै हो । धितोपत्र बोर्डले यस्तो हकप्रदको स्विकृति दिँदा उसको थप परियोजनाबारे पनि बिस्तृत अध्ययन गर्नु जरुरी छ । 
हाल १ अर्ब ५ करोड रुपैंया चुक्ता पूँजी रहेको सानिमामाई हाइड्रोले हकप्रद निष्काशन पश्चात चुक्तापूँजी २ अर्ब १०करोड रुपैयाँ पुग्छ  । चालु आर्थिक बर्षको चैत्र मसान्तमा २ कराड ३८ लाख ५ हजार ८ सय ३३ रुपैंयाले जगेडा कोष नै घाटामा रहेको कम्पनीले उक्त अवधिमा २ आयोजनामा ५० लाख रुपैंया मात्र लगानी गरेको छ । उक्त वधिमा २६ करोड रुपैंयाको विद्युत बिक्री गरेको कम्पनीले  ६ करो ड २४ लाख ३१ हजार रुपैंया खुद नोक्सान व्यहोरेको छ । 
प्रतिसेयर आम्दानी ५ रुपैंया ९२ पैसाले ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ अंकित मुल्यभन्दा पनि कम अर्थात ९७ रुपैंया ७४ पैसा छ । ६ करोड घाटामा रहेको कम्पनीको हकप्रदकै लागि भनेर लगानीकर्ताहरु महंगोमा सेयर किनिरहेका छन् । सानिमामाई मात्र हैन । यसअघिअरुणभ्याली, अपी, बरुण र रिडी हाइडा्रपावर कम्पनीले यस्तै तरिकाबाट रकम जम्मा गरी सञ्चालकहरुले व्यक्रिगत लाभका लागि समत उपयोग समाचार सार्वजनिक भइसकेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: