
बुटवल – विनासकारी महाभूकम्प, भारतले नेपालमाथि गरेको झण्डै आधावर्ष लामो अघोषित नाकावन्दी र त्यसले पारेको प्रभावको कारणले गर्दा अधिकांस उद्योग कलकारखाना तथा देशको अर्थतन्त्रमा महत्वर्पूण स्थान ओगटेका क्षेत्रहरुमा अघिल्ला वर्षहरुमा भन्दा आर्थिक वर्ष २०७२/०७३ मा समग्रमा खुद मुनाफा कम नै भएको पाईन्छ ।
तर क्षेत्रीय स्तरमा स्थापना भएका बैंक तथा वित्तीय संस्थाहरुमा भने भूकम्प र नाकावन्दीको कुनै असर देखिएन किनकी केही वित्तीय संस्थाहरुले साना तथा घरेलु उद्योगहरुमा कर्जा प्रवाह गरेका थिए भने, केहीले नेपाल राष्ट्र बैंकले निर्धारण गरेको न्यूनतम स्प्रेडदरको अवज्ञा गरेकै आधारमा पनि खुदमुनाफामा बृद्धि गरेको चर्चा पनि उत्तिकै चल्न थालेको छ ।
त्यस्तै बुटवलमा प्रधान कार्यालय भएको तिनाउ विकास बैंकले पनि नेपाल राष्ट्र बैंकले तोकेको स्प्रेड दरको मापदण्डलाई अवज्ञा गर्दै कर्जा प्रवाह गरेको पाईएको छ । आर्थिक वर्ष २०७१/०७२ मा १८ करोड ५१ लाख ५० हजार चुक्ता पुँजी भएको बैंकले चार करोड चार लाख ६३ हजार खुद मुनाफा आर्जन गरेको थियो भने औषतमा व्याजदरको अन्तर ५।९२ प्रतिशत थियो । उक्त आ।व।मा पनि बैंकले राष्ट्र बैंकले तोकेको स्प्रेड दरको अवज्ञा गरेको तथ्याङ्कले नै देखाउँछ ।
त्यसैगरी आर्थिक वर्ष २०७२/०७३ मा १८ करोड चुक्ता पुँजीमा आठ करोड ७९ लाख ४६ हजार बृद्धि गरेर २७ करोड ३० लाख ९६ हजार पु-याएको बैंकले सात करोड सात लाख ९७ हजार खुद मुनाफा आर्जन गर्न सफल भएकोमा बैंकको औषत व्याजदरको अन्तर ५ प्रतिशतमा झार्नुको सट्टा ५.९२ प्रतिशतबाट बृद्धि गरेर ६.५७ प्रतिशत पु-याएर औषतमा नेपाल राष्ट्र बैंकले तोकेको स्प्रेड दरलाई दुवै आर्थिक वर्षमा अवज्ञा गरी दुवै वर्षमा १.५७ प्रतिशत अवज्ञा गरेको बैकले प्रकाशन गरेको वार्षिक तथ्याङ्क तथा विवरणले देखाउँछ । यस हिसाबले बैंक सञ्चालन हुँदै जाने हो भने बैंक सेवामुखी भन्दा पनि अत्यधिक नाफामुखी बाटो अवलम्वन गरेको देखिन्छ । आर्थिक दैनिकमा खबर छ ।
त्यस्तै बैंकको आर्थिक वर्ष २०७१/०७२ मा वित्तीय श्रोत संकलन लागत ५।५१ प्रतिशतबाट बृद्धि भएर आर्थिक वर्ष २०७२/७३ मा झण्डै १ प्रतिशत भन्दा बढीले बृद्धि गरी ६.६१ प्रतिशत पु-याएको छ । यो विवरणले के स्पष्ट पार्छ भने बैंकले दिने निक्षेप कर्ताको बचतको व्याजदरमा घटाएको तर कर्जा प्रवाह गर्दा पुरानै व्याजदरमा कर्जा प्रवाह गरेर निक्षेप कर्तालाई केहीहद सम्म निचोरेर खुद मुनाफामा बृद्धि गर्ने गरेको बैंककै वार्षिक प्रतिवेदनले छर्लङग पारेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्