×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वर्ल्ड भिजनको राहत कार्यक्रम विवादमा : ‘गरिबलाई होइन धनिलाई वितरण’

GLOBAL IME BANK

वर्ल्ड भिजनको राहत कार्यक्रम विवादमा : ‘गरिबलाई होइन धनिलाई वितरण’

२२ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • दियो पोष्ट / जीवन कुँवर
 सिन्धुपाल्चोक

– हैबुङ–५ कि अन्तरी तामाङको एउटा खुट्टा नै छैन् । अझ भनौं उनी अपांग हुन् । खुट्टा नभएकाले तामाङले केहि काम गर्न सक्दिनन् । तर पनि वल्ड भिजनले सञ्चालन गरेको जिविकोपार्जन र सामाजिक सुरक्षा परियोजना कार्यक्रमले उनलाई देखेन ।

–पीपलडाँडा–१ का सुजन बुढाथोकि दुबै कान सुन्दैनन् । कान नसुन्ने भएकाले बुढाथोकिले काम गर्न सक्दैनन् । उनले कान नसुनेको वर्षौं भइसक्यो । तर, पनि वल्ड भिजनले सञ्चालन गरेको जिविकोपार्जन र सामाजिक सुरक्षा परियोजना कार्यक्रमले उनलाई छुन सकेन ।

– हैबुङ–५ कि कान्छी तामाङको छात्तिमा भयावह घाउ छ । महिनौं अघिदेखि उनले कुनै काम गर्न सकेकी छैनन् । पैसा अभावले उनको उपचार हुन सकेको छैन् । तर पनि वल्ड भिजनले सञ्चालन गरेको जिविकोपार्जन र सामाजिक सुरक्षा परियोजना कार्यक्रमले उनलाई समेटन् सकेन ।
यी माथिका केहि उदाहरण मात्रै हुन् । संघसंस्थाहरुले कार्यक्रम सञ्चालन गरेका गाविसमा यस्तै समस्या थुप्रै छन् । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले घरबास ध्वस्त भएपछि सबैको बास अहिले पनि अस्थाई टहरामै छ । विशेषत पीडितहरुको जिवनस्तरमा सुधार ल्याउन वल्र्ड भिजन इन्टरनेशनल नामक गैरसरकारी संस्थाले अहिले जिविकोपार्जन र सामाजिक सुरक्षा परियोजना कार्यक्रम सञ्चालन गरेको छ । सामाजिक सुरक्षा परियोजना कार्यक्रम पीडितहरु माझ ल्याएर महिनामा साढे सात हजार भन्दा कम आम्दानी हुनेहरुलाई छ महिनासम्म साढे सात हजारका दरले वितरण गरेको जनाएको छ । तर उक्त कार्यक्रममा संस्थाले तोकेको नीति र नियम बाहिर बसेर नगद वितरण गरेको स्थानीयले आरोप लगाएका छन् ।
यी माथि उल्लेख भएका अन्तरी, सुजन र कान्छिको उदाहरणले पनि प्रष्टै हुन्छ ज्यालादारीले सहयोग पाए कि जागिरदार भनेर ।
जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेका कतिपय संघ संस्थाहरु विवादमा मुछिन थालेका छन् । संस्थाहरुले ज्यालादारीलाई सञ्चालन गरेका कार्यक्रमले जागिरदालाई मात्रै समेटने गरेको पीडितहरुले गुनासो गरेका छन् ।
‘अन्तरीको दाहिने खुट्टा छैन्, न त काम गर्न सक्छिन् तैपनि उहाँलाई पैसा दिईएन्’ हैबुङका कृष्ण तामाङले दियोपोष्टसँग भने । संस्थाको ‘क्राइट’ एरियामा हुँदाहुँदै पनि अन्तरीको नाम काटेर अर्कौ पछि अर्कैको नाम समावेश गरेको कृष्णले आरोप लगाएका छन् । संस्था पनि वडा संयोजकको बदमासिको कारण यस्तो भएको कृष्णको भनाई छ ।
‘भूकम्पपछि वडा संयोजकले राजनीतिक आस्था हेरेर राहत दिन आएका संघसस्थाहरुलाई नाम लिष्ट उतारेर दिने गरेको कृष्णको आरोप लगाए । अहिले वडा संयोजकले मनपरि ढंगले काम गरिरहेको कृष्णले दियोपोष्ट डटकमलाई बताए । ‘यदि राजनीतिक आस्थाको आधारमा राहत नदिएको भए जसको खुट्टा नै छैन् उसले किन पाइनन् ?’ कृष्णले उल्टै प्रश्न गरे ‘अनि ति जो पैसा नभएर उपचार गर्न नपाएकि कान्छिले साढे सात हजार किन पाइनन ?’ त्यसो त संघसस्था पनि ‘ज्यालादारी, गरिबलाई भन्दा जागिरदार धनीहरुलाई मात्रै सहयोग गर्न आएको हैबुङ–३ का अर्का स्थानीय रामबहादुर गुरुङको आरोप छ । आर्थिक अबस्था जसको नाजुक छ उसैले राहत नपाएको रामबहादुरको भनाई छ । ‘जसको खेतबारी नै छैन् उसैलाई वीउविजन दिइएको छ अनि जसको घरमा काम गर्न सक्ने मान्छे छैन् उसैले बाख्रा दिइएको छ,’ रामबहादुरको आरोप छ ।
केहि महिना अघिदेखि वल्र्ड भिजन इन्टरनेशनल नामक गैरसरकारी संस्थाले जिल्लाको ८ गाविसमा जिविकोपार्जन र सामाजिक सुरक्षा परियोजना कार्यक्रम सञ्चालन गरेको थियो ।
तर उक्त संस्थाले सञ्चालन गरेको सामाजिक सुरक्षा परियोजना कार्यक्रम विवादित बनेको स्थानीयले आरोप लगाएका छन् । अपांग, वृद्धवृद्धा, एकललगायतलाई महिनामा ७ हजार ५ सय रुपैयाँ भन्दा कम आम्दानी हुनेलाई नगद वितरण गरेको थियो ।
उक्त संस्थाले पीपलडाँडा, सानोसिरुवारी, कुविण्डे, फुल्पिङकोट, भोटेचौर, हैबुङ र साँगाचोकमा नगदी कार्यक्रम सञ्चालन गरेको थियो । तर उक्त कार्यक्रम निकै विवादित बन्दै गएको छ । हैबुङ गाविसमा मात्रै होईन् अन्य गाविसमा पनि विवाद आउने गरेको छ । उक्त संस्थाले १ हजार ९ सय ३ घरधुरीलाई सामाजिक सुरक्षा परियोजना कार्यक्रमले समेटेको वल्ड भिजनले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: