×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली भाषा विवादले राष्ट्रपतिलाई सकस, भन्छिन्,‘मेरो नामलाई विगारेर विद्वा बनाइयो’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाली भाषा विवादले राष्ट्रपतिलाई सकस, भन्छिन्,‘मेरो नामलाई विगारेर विद्वा बनाइयो’

१९ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाली भाषाको खुट्टो काट्ने शैलीलाई आधिकारिकता दिइएपछि यतिबेला भाषा विवाद चर्किएको छ । नेपाली भाषा बचाऔं अभियानले सत्याग्रह नै थालेको छ । व्यवस्थापिका संसदमा भाषामा ‘विदेशी चलखेल’ भएको कुरा उठीसकेको छ ।
भाषा विवादले मुलुकको राष्ट्र प्रमुखलाई ध्यानाकर्षण गराएको छ । राष्ट्रपति विद्या देवि भण्डारीले नेपाली भाषा विगारिएको भन्दै खुलेरै विरोध गर्न थालेकी छिन् ।
केही दिन अघि विश्व स्काउट संगठनको महिला विभाग अन्तर्गतको एशीया प्रशान्त क्षेत्रीय सम्मेलनको क्रममा एक होटलमा आयोजित कार्यक्रममा उनले खुलेरै यो कुरा खालिन् । सँगै रहेका पस्काउटका पदाधिकारी माझ उनले आफ्नो नाम समेत गलत अर्थ लाग्ने गरि विग्रीएको बताएकी हुन् ।
‘मेरो नाम विद्या लेख्दा द को खुट्टा काटिने प्रचलन सुरु भएछ । यस्तो अवस्थामा विद्वा हुनेरहेछ । यसले गलत अर्थ राख्ने भयो,’ राष्ट्रपतिको भनाई उदृत गर्दै एम पदाधिकारीले भने ।
राष्ट्रपति भण्डारीले छिट्टै यो विवाद अन्त्य गरेर नेपाली भाषाको संरक्षण गर्नुपर्ने समेत बताएकी थिईन् । त्यसो त राष्ट्रपति कार्यालयका एक अधिकारीका अनुसार उनले कार्यालयमा समेत भाषामा देखिएको समस्याबारे छलफल गर्ने गरेकी छिन् ।
भाषामा विभिन्न समयमा विवाद आइरहे पनि अहिलेको समस्या भने २०७० बाट सुरु भएको हो । पाठ्यक्रम विकास केन्द्रले २०६७ जेठ १६ मा ’सम्पादन प्रकाशन शैली– २०६३’ परिमार्जन गर्न भाषाशास्त्री हेमांगराज अधिकारीको संयोजकत्वमा कार्यदल बनाएको थियो ।
कार्यदलले २०६८ पुस २२ गते वर्णविन्यास परिमार्जन गर्न सिफारिससहित प्रतिवेदन दिएको थियो । उक्त प्रतिबेदनको आधारमा २०६९ साउन २२ गते तत्कालीन शिक्षामन्त्री शर्माले हस्ताक्षर गरी सदर गरेका थिए । यसको प्रयोग २०७० बाट सुरु भएको थियो ।
पछिल्लो समय विकास हुँदै आएको प्रविधिलाई कारण मान्दै नेपाली भाषामा विवाद उत्पन्न भएको थियो । – दियो पोस्टबाट 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: