×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको बोनस विवादमा

LAXMI SUNRISE BANK
GLOBAL

सिटिजन्स बैंकको बोनस विवादमा

१९ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

सिटिजन्स बैंक इन्टरनेसनलले सेयरधनीलाई दिने भनेर घोषणा गरेको लाभांश विवादमा परेको छ । बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको २४ दशमलब ४९ प्रतिशत बोनस सेयर विवादमा परेको हो । चक्ता पुँजी वृद्धिका लागि हकप्रद र र बोनसमार्फ़त  प्रयास गरिरहेको सो बैंकले यसअघि ४ वटा फाइनान्स कम्पनीलाई आफूमा गाभिसकेको छ । 
त्यसपछि गत महिनामात्र निष्काशन गरेको ५५ प्रतिशत हकप्रदको मुद्दा नै बोनस सेयर विवादको विषय बनेको छ । यसअघि हकप्रद निष्काशनका क्रममा पनि साविक प्रिमियर फाइनान्सका सयरधनीहरूलाइ हकप्रद भर्न नदिएको भन्दै विरोध भएको थियो । त्यसअघि सिटिजन्सस“ग गाभिएका पिपल्स, नेपाल हाउजिङ र क्रिस्टल फाइनान्सका सेयरधनीलाई भने हकप्रद भर्न दिइएको थियो । गत १३ भदौमा बसेको सञ्चालक समितिले सो बोनस सेयर दिने प्रस्ताव गरेको थियो । तर, गत आथिर्क बर्षको अन्त्यमा निस्काशन गरिएको हकप्रदलाई बोनस नदिने सञ्चालक समितिको निर्णयको कारण विवाद उत्पन्न भएको छ ।
धितापत्र बा े डे मा यस सम्बन्धमा एकपटकर्  छलफल भइसकेको छ । यस्तो छलफलमा साधारणसभा प्रयोजनको लागि हुने बुक क्लोजभन्दा अगाडिका सेयरधनीले लाभांश पाउने स्थापित मान्यताविपरीत बोनस सेयर घोषणाको प्रस्ताव गरिएकोले त्यस्तो प्रस्ताव स्वीकार गर्न नसकिने बोर्डका पदाधिकारीले निष्कर्ष निकालेका छन् । ‘नियमानुसार साधारणसभाको बुक क्लोजको मितिभन्दा अगाडि कायम रहेका सेयरधनीले लाभांश पाउँछन्, अहिलेसम्मको अभ्यास र व्यवस्था पनि यही नै हो,’ बोर्डका प्रवक्ता निरज गिरीले भने । 
बैंक सञ्चालक समितिले भने हकप्रद सेयर निस्कासनभन्दा अगाडि कायम रहेको चुक्ता पुँजीका आधारमा बोनस वितरण गर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिले यो समयसम्मका सेयरधनीले लाभांश दिने र यसपछिकालाई नदिने भन्दै मिति तोक्दै गर्ने हो भने साधारणसभा प्रयोजनको लागि बुक क्लोज गरिरहनुको औचित्य नहुने बोर्डका अधिकारीहरूको भनाई छ । 
बैंकले १३ भदौमा सञ्चारमाध्यमहरूलाई पठाएको प्रेस विज्ञप्तिमा ‘भदौ १३ गते बसेको सञ्चालक समितिको २१४ औं बैठकको निर्णयबमोजिम आव २०७२/७३ को वितरण योग्य मुनाफाबाट २०७३ असार मसान्तको चुक्ता पुँजी ३ अर्ब ६ करोड ५२ लाख ३३ हजार ८१७ रुपैयाँको २४.४९ प्रतिशतले हुने ७५ करोड ०६ लाख ७५ हजार ७६२ रुपैयाँ बराबरको बोनस शेयर र सोमा लाग्ने करको लागि १.२९ प्रतिशतले ३ करोड ९५ लाख ०९ हजार २५१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ’ भन्ने उल्लेख गरिएको छ । तर बैंकले प्रकाशित गरेको गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणमा चुक्ता पुँजीको अंक नै फरक छ । बैंकले प्रकाशित गरेको विवरणमा गत असार मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ३ अर्ब ६५ करोड ६ लाख ४० हजार रुपैयाँ रहेको उल्लेख गरिएको छ ।
बैंकले गत साउन ४ गतेसम्म हकप्रद सेयर भर्ने म्याद दिएको थियो । बैंकले निस्कासन गरेकोमध्ये करिब ७ करोड रुपैयाँ बराबको हकप्रद बिक्री नभएर लिलामी प्रक्रियाबाट बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसअघि बोनस नै नपाउने हो भने महंगोमा बजारबाट सेयर खरिद गर्ने लगानीकर्ताहरू मर्कामा पर्नेछन् । उता नयाँ हकप्रदलाई बोनस नदिने भन्दै घोषणा गरिएको लाभांश यदी पुरैलाई दिनुपर्ने भएमा घट्ने छ ।
 यसबारे धितोपत्र बोर्डमा उजुर परिसकका कारण बोर्डले निर्णय दिएपछि मात्र  छिनोफानो हुने स्रोतको दाबी छ । सिटिजन्स बैंकले हकप्रद निष्काशन गर्दासमेत धाँधली गरेको थियो । हकप्रद भर्ने म्यादको अन्तिम दिन लाइन लागेका सयरधनीलाइ  समेत समय सकिएको भनेर दिइएको थिएन । यसरी सेयरधनीलाई हकप्रद भर्न नदिएर बञ्चित गरेर ८ लाखभन्दा बढी कित्ता सेयर लिलाम गरिन लागिएको छ । सो सेयर लिलमीबाट बैंकले करिब ४२ करोड कमाउनेछ । सो रकम सेयरधनीको भागको आम्दानी हो । 
  • शेयर बजार साप्ताहिकबाट 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी