×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तत्कालीन किष्टका सिईओ ज्ञवालीलाई चार वर्ष कैदसहित ६ करोड २५ लाख जरिवाना

काठमाडौं – पुनरावेदन अदालत पाटनको वाणिज्य इजलासले तत्कालीन किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीलाई चार वर्ष कैदसहित ६ करोड २५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
पुनरावेदन अदालत पाटनका न्यायाधीशद्वय डिल्लीराम आचार्य र प्रमोद वैद्यको संयुक्त इजालसले सोही प्रकरणमा मुछिएका ज्ञवालीकी श्रीमती गौरी खनाल ज्ञवालीलाई तीन वर्ष कैद र ६ करोड २५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
यसैगरी धितो मूल्यांकनकर्ता खुमानन्द अधिकारीलाई चार वर्ष कैद र पाँच करोड ७३ लाख रुपैयाँ जरिवानाको सजाय तोकिएको छ । उक्त प्रकरणमा मुछिएका जम्को प्रकाशन प्रालिका एकल सञ्चालक किशोर ढकाललाई पनि चार वर्ष कैद र ५० लाख रुपैयाँ जरिवाना तोकिएका सिद्धार्थ डेभलपमेन्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र कार्की, रमेश शर्मा, शेखर अर्याल, केपी शर्मा र मधुसूदन सिलवाललाई पनि पुनरावेदन अदालतले दुई वर्ष कैदको फैसला गरेको छ ।
जम्को प्रकाशनसँग सम्बन्धित उक्त मुद्दामा मोतिराज ज्ञवाली, मदन बहादुर बस्नेत, अञ्जु पाण्डे पोखरेल, गंगा बहादुर बिसी, विदुर ज्ञवाली, ध्रुव कार्की र देवकी बस्ताकोटीले भने सफाइ पाएका छन् । अदालतको दोषी ठहर गरेका किष्टको ज्ञवाली प्रहरीको रेडर्कमा पनि फरारको सूचीमा रहेका छन् ।
यसबाहेकका अन्य व्यक्तिहरु भने नेपालमा लुके र बसेको आशंका गरिएको छ । तत्कालीन सिईओ ज्ञवाली कहाँ बसेका छन् भन्ने बारेमा अझैसम्म पनि सुरक्षा अधिकारीहरु बेखबर जस्तै छन् । स्रोतका अनुसार ज्ञवाली जरिवाना मात्र तिर्नुपर्ने हुन्छ भनेर फरार भएका हुन् ।
तर अदालतले जेलकै सजाय सुनाएपछि उनी अब जेल बस्नुको अर्को कुनै विकल्प छैन । ज्ञवालीकै कारण किष्ट बैंकको नाम नेपालको बैंकिङ्ग क्षेत्रबाट मेटिइसकेको छ । ज्ञवालीको बदमासीको कारण उक्त बैंक धरासायी हुन लागेको समाचार प्रकाशित गरे पनि सो बैंकले भने गलत समाचार प्रकाशित गरेको भनेर पटक पटक खण्डनको प्रयास गरेको थियो ।
बैंकका सीईओ वा निर्णायक तहमा बसेका व्यक्तिहरुको बदमासीले कसरी बैंक डुबाउँछन् भन्ने कुराको पुष्टि किष्ट प्रकरणले गरेको छ भने सीईओका बदमासीका बारेमा प्रकाशित गर्ने हरेक समाचार सत्य हुन् भन्ने पनि अदालतको फैसलाले थप प्रमाणित गरिदिएको छ ।
अहिले पनि केही बैंकका सिइओ तथा निर्णायक तहमा बसेका व्यक्तिहरुका गलत निर्णयले विभिन्न बैंक समस्यामा पर्दै गएको समाचार प्रकाशित गरिरहेको छ । प्रमाण भेटेरै त्यस्तो समाचार प्रकाशित गर्ने गरेको हो, खबर आर्थिक दैनिकमा लेखिएको छ । 
समाचार प्रकाशित गर्न थालेपछि सरोकारवालले समयमै ध्यान दिएको र बैंक व्यवस्थापनले पनि समाचार खण्डन गर्न तिर भन्दा पनि आफ्नो गल्ती सुधार्ने कदम चालेको भए आज किष्ट बैंक लोप पनि हुने थिएन र ज्ञवालीले जेलको सजाय पनि पाउने थिएनन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: