
काठमाडौँ – सुपारी किलिङ असाध्यै सुनिने शब्द हो। अझ भारतीय हिन्दी चलचित्र हेर्नेहरुका लागी यो शब्द खुब परिचित झैँ लाग्छ। तर प्रविधिको विकास भएसंगै अपराधिक समुहको प्रबृत्ति पनि फरक पाइन थालिएको छ। सूचना प्रविधिको विकाससंगै मानवीय जिबन सहज भएको छ तर खराब प्रकृतिका मानिसले यसको दुरुपयोग गरिरहेको भेटिन्छ।
सुचना प्रविधिको सदुपयोगको रुपमा अहिले साइबर सुपारी प्रयोग गर्न थालिएको छ। यस अघि बिरोधिलाई भौतिक रुपमा हानी पुर्याउन अपराधिक प्रबृत्तिका मानिसलाई रुपैयाँ दिने कामलाई सुपारी किलिङ भनिन्थ्यो। कसैको हत्या गर्न वा अंगभंग गराउनका लागी अपराधीक मनोवृत्तिका मान्छेलाई पैसा दिएर उक्त काम गराइनुलाई ‘सुपारी किलिङ’ भनिन्छ। पछिल्लो समयमा सुपारी किलिङ त कायमै छ यससंगै साइबर सुपारीको समेत प्रयोग बढ्न थालेको छ। साइबर सुपारी पनि सुपारी किलिङ जस्तै निश्चित रकम दिएर अपराधिक मनोदृष्टिका मान्छेबाट गराइने काम हो।
तर साइबर सुपारीले सुपारी किलिङलाई जस्तै मान्छेलाई सिध्याउन सिधै भौतिक क्षति पुर्याउदैन। उसले सम्बन्धित योजनाकारबाट निश्चित रुपैयाँ लिएर तोकिएका व्यक्ति वा समस्याका बिरुद्द अनर्गल र झुठा प्रचार गर्छ। यसका लागी साइबर सुपारी लिने व्यक्तिले निश्चित सोसियल मिडियाहरुको प्रयोग गर्ने गरेको देखिन्छ। साइबर सुपारीहरुले योजनाकारहरुको निर्देशनमा कहिँले काहीं आमसंचार माध्यम समेत प्रयोग गर्ने गरेको भेटिएको छ। तर यो त्यति सहज उपाय भने अवश्य होइन।
यस कारण यस्ता प्रकृतिका मान्छेहरुले सोसियल मिडियाको दुरुपयोग ब्यापक रुपमा गर्ने गरेका छन। साइबर सुपारीको पिडामा पछिल्लो समयमा युवतीहरु बढी पर्ने गरेको कम्प्युटर एसोसियसन नेपाल महासंघका महासचिब शिबराम बलामी बताउछन्। खासगरी प्रेम सम्बन्धमा आएको खटपटबाट क्रोधित बनेका प्रेमीहरुले त्यस्ता युवतीहरुको चरित्र हत्या गर्न अन्य अपराधिक मनोवृत्तिका मान्छेलाई रकम दिएर काम गराउने बलामीले बताए। साथै यस्तो साइबर सुपारीबाट युवतीहरु मात्रै होइन, ब्यापारी, उधोगपति, नेता र सेलेब्रिटि समेत प्राभावित भएको उनको ठहर छ।
- बिज़पाटि
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्