×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीजमा मात्रै चार करोड ५० लाखका गीत निस्के

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

तीजमा मात्रै चार करोड ५० लाखका गीत निस्के

Artha Sarokar

२० भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – ‘पोइल जान पाम…’ बाट बदलिएको तीज गीत संस्कृति ‘ढाँडे विरालो…’सम्म आइपुग्यो । दंगाली चेली कोमल वलीले तीजको संस्कृतिलाई केही नयाँ पारा ल्याएको ८ बर्ष वित्यो । त्यही शैलीका गीतहरु पछिल्लो समय तीज पर्वमा छाएका छन् । दंगाली चेलीलाई उछिन्दै अघिल्लो बर्ष रोल्पाकी चेली ज्योति मगर ढाँडे विरालो ल्याइन ।
घर र माइतीमा चेलीले पाएका सास्ती र सुखमयका अनुभव गीतबाट बाहिर ल्याउने प्रचलन तीजमा थियो । तर विगत ८ बर्षयता नेपालमा सवैभन्दा बढि गीतको खेति तीज पर्वमै हुने गरेको छ । यस बर्षमात्र तीजलाई लक्षित गरी करिव ३ सय गीतहरु बजारमा आएका छन् । बजारमा आएका गीत मध्ये अधिकाँस कोमल वलीको शैलीलाई पछ्याउने खाल्का छन् भने केही मात्रामा पुराना शैलीका छन् ।
एउटा म्यूजिक भिडियो सहितको गीत तयार गर्न कम्तिमा एक लाख ५० हजार रकम खर्च हुने लोक गायक कृष्ण रेउले बताउँछन् । यसबर्ष मात्र करिव ४ करोड ५० लाखका तीज गीत बजारमा आए । कतिपय गीतका म्यूजिक भिडियोले राम्रो आम्दानी गरेपनि कतिपयले भने खर्च पनि उठाउन सकेनन् ।
नेपालमा झण्डै साना, ठुला र धर्म, संस्कृति अनुसारका एक सय पर्वहरु मनाइन्छन् । तर सवैभन्दा बढि गीतको ब्यापार तीजमै हुने गरेको छ । प्रत्येक बर्ष करिव तीजलाई लक्षित गरी २ सय भन्दा बढि म्यूजिक भिडियो निस्किँदै आएका थिएँ भने यो बर्ष झण्डै तीन सय म्यूजिक भिडियो बजारमा आएका छन् ।
अधिकाँस महिला गायिकाले तीज पर्वमा आफ्नो कोसेली भन्दै तीज गीत बजारमा ल्याउने गरेका छन् । उनीहरुले गीतलाई मौलिकता र शब्द विन्यासमा ध्यान दिँदैनन् । छमछम नाच्न मिल्ने खाल्का गीतहरु रोजाइमा पार्दछन् । ती गीतले मात्र खर्च उठाउन सक्ने भएपछि गायीकाहरु पनि यसकै पछि लाग्ने गरेका छन् ।
  • एस काठमाडौँ 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी