×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सुचना प्रविधिको विकास गाउँ-गाउँसम्म पुग्न आवश्यक छ’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ आश्विन २०७३, मंगलवार

PRIME CA
laxmi sunrise bank

‘सुचना प्रविधिको विकास गाउँ-गाउँसम्म पुग्न आवश्यक छ’

  • अर्थ सरोकार सम्बाददाता 
सुचना प्रविधिको विकाससँगै प्रविधि क्षेत्रमा महिलाहरुको सहभागीता पनि बढ्दो छ । प्राविधिक क्षेत्रमा अहिले पनि पुरुषहरुको तुलनामा महिलाहरुको सहभागीता निकै कम भएपनि महिलाहरुलाई निकै राम्रो अवसर भएको बताउँछन् प्रविधिकर्मीहरु । यसो त यहि क्षेत्रमा लागेका निकै सफल महिलाहरु पनि छन् । लगनशील भएर काम गरेको खण्डमा महिलाहरुलाई सुचना प्रविधि क्षेत्रमा महिलाहरुलाई चुनौतीभन्दा अवसरनै बढी भएको बताउँछन् महिला प्रविधिकर्मीहरु । यसै प्रसङ्गमा हामीले बिगत केहि बर्षदेखि सुचना प्रविधि क्षेत्रमा लागिरहकी यशोदा न्यौपानेसँग प्रविधि क्षेत्रका बारे ५ प्रश्न गरेका छौँ  ।

१. सुचना प्रविधिको क्षेत्रमा महिलाहरुको स्थिति कस्तो छ ?
प्राविधिक क्षेत्र भनेको मेहेनत गर्नेहरुको क्षेत्र हो । यहाँ महिला वा पुरुष हुनुले त्यस्तो खास फरक राख्दैन । पुरुषहरुको तुलनामा महिलाहरुको उपस्थिति कम भएको पक्कै हो । इन्जिनियरिङ वा प्राविधिक क्षेत्र भन्ने बितिकै पुरुषहरुले गर्ने पेशा हो भन्ने समाजमा व्याप्त भ्रमको सिकार  धेरै महिलाहरु हुनुभएको छ ।  यसो भन्दैगर्दा थुप्रै महिलाहरु यो क्षेत्रमा लागिपनि रहनुभएको छ ।  पुरुषहरुको तुलनामा सहभागिता न्यून भएपनि काम गरिरहेकाहरुको स्थिति एकदमै राम्रो छ । 

२. नेपालको सुचना प्राविधि क्षेत्रका अवसर र चुनौतीहरु के के छन् ?
अवसर राम्रै छ । देशमा प्रविधिको विकास राम्रो गतिमा छ । त्यहि अनुसारको दक्ष जनशक्ति छैनन् । अझ महिलाको हकमा त त्यो उपस्थिति निकै न्यून छ । धेरैले सिकिरहेका छन् । तर प्रविधिको यो विकास शहरकेन्द्रित भएको छ । देशको अर्थतन्त्रमा थप टेवा पुर्याउन विकासको यो क्रम गाउँ- गाउँ जान सक्नुपर्छ । अहिलेपनि इन्टरनेटको पहुँचमा नभएका गाउँहरु धेरै छन् नेपालमा । सरकारले यसतर्फ ध्यान दिन जरुरी छ ।
३. नेपालको सुचना प्रविधि क्षेत्रमा कस्तो सुधारको आवश्यकता देख्नुभएको छ ?
धेरै छ सुधार्नुपर्ने चीज । यसै पनि देशको अस्थिर राजनीतिले देशमा रहेका सबैखाले व्यवसाय प्रभावित छन् । नेपालमा वातावरण खास सहज छैन । दक्ष जनशक्तिको कमी छ । राम्रो काम गर्न सक्नेहरु पलायन हुन वाध्य छन् । नेपालमै भएका जनशक्तिहरुको पनि भरपूर प्रयोग गर्न सरकारले सकिरहेको छैन । यो क्षेत्रमा पनि अस्वस्थ प्रतिष्पर्धा हावी छ । मिलेर गरौँ भन्दापी खुट्टा तान्नेहरुको भीड बढी छ ।
४. यो क्षेत्रमा विशेषगरी महिलाहरुको कमाइ कस्तो छ ?
कमाइ भनेको पेशाले मात्र दिने होइन । नेपालमा अध्यापन गराएर महिनाको लाखौँ कमाउनेहरू पनि छन् । डाक्टर, इन्जिनियर भएर थोरै पैसामा अल्झिनेहरु पनि छन् । आफुले मेहेनत गर्नुपर्यो । कोहि मान्छे सक्षम छ भने राम्रो कमाइ नहुने कुरै छैन । तर पैसा बोटमा फल्ने कुरा होइन । यो आफुमा भर पर्ने कुरा हो ।

५. यो क्षेत्रमा विशेषगरी महिलाहरुको भविष्य कस्तो देख्नुभएको छ ?
भविष्यभन्दा पनि वर्तमानमा राम्रो काम गरे भविष्य आफैं राम्रो बन्छ जस्तो लाग्छ मलाइ । प्रविधिले जवसम्म हरेक गाउँलाइ छुन सक्दैन तवसम्म गार्है छ । नेपालमा आजकल आफ्नो देशको भन्दा पनि बाहिर देशको कामहरु बढी गर्ने क्रम बढेको छ । केहि हदसम्म यो वाध्यता पनि हो ।  तर अरुको देशको कामको लागि मरिमेट्ने र आफ्नो देशको कामलाई खासै वास्ता नगर्ने प्रवृतिले समस्या निम्त्याईरहेको छ । नेपालमा अवसर कम भएर पनि यस्तो भएको हो । यसमा सम्बन्धित सबैको ध्यान जान जरुरी छ  । सफ्टवेर कम्पनीहरु च्याउ जसरी उम्रिरहेका छन् ।  धेरैले राम्रो कमाउँछन् यो क्षेत्रमा तर काम गर्ने ‘सिष्टम’ सन्तोषजनक छैन । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: