×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरि बाबा ! तपाईंकि छोरीले पनि ‘गति’ छाडी… !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सरि बाबा ! तपाईंकि छोरीले पनि ‘गति’ छाडी… !

१८ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: ७ मिनेटभन्दा कम

‘भोलिको प्लान के छ ?’ उसले केहि गम्भीर मुद्रामा सोधी !
‘कस्तो प्लान ?’ मैले जवाफ फर्काएँ !
उ एकछिन केहि बोलिन । म आफ्नै काममा व्यस्त थिएँ । 
उसले केहिछिनको मौनता तोड्दै फेरी सोधी, ‘तपाईंको बाबालाई सबैभन्दा मनपर्ने कुरा के हो ?’
‘मेरो मम्मी’ मैले जिस्किएर भनें !
उ खित्खिताई एकछिन् ! 
‘यहि भएर तपाईंसँग खुब बस्न मन लाग्छ । कस्ता कस्ता पीडाहरु भुल्छु तपाईंसँग !’ उसले मुस्कुराउंदै सुनाइ !
‘लौ होर ?’ मैले यतिकैमा उसको कुरा टार्न खोजें !
‘भन्नुस न, तपाईंकि मम्मी बाहेक तपाइंको बाबालाई सबैभन्दा बढी के मन पर्छ ?’ 
म नबोल्दै उनले फेरी सोधी. ‘फेरी उहाँको छोरोचाहिं नभन्नुस है ! मैले खाने कुराको कुरा गरेको ।’
‘काजु ! खुब मीठो मानेर खानुहुन्छ !’
‘ए साच्चै भोलि त बाबाको मुख हेर्ने दिन ! बाबालाई काजुनै खुवाउने हो ।’
‘अघिदेखि त्यहि त सोध्दै थिएँ नि !’ उ रिसाएझैं गरेर बोली ।
मैले कुरा बुझें । उसको कुरा नबुझेको एकछिन् नमज्जा पनि लाग्यो । उसले आफ्ना बाबु नभएको कुरा सुनाएकी थिइ, चिया खाने बेलामा ! म झसंग भएँ !’
फेरी जिस्किंदै भनें, ‘के हो मेरो बाबालाई तिमीले पनि काजु खुवाउने विचार गर्यौ कि क्या हो ?’ 
‘मेरा लागि संसारका हरेक बाबाहरु समान छन् । तपाईंको बाबालाई मैले खुवाउन नहुने होर ? उसले आँखा पल्टाउँदै मलाइ हेरेर भनी ।
‘त्यो त होइन । बाबालाई काजु खुवाएर फकाउने विचार हो कि क्या हो ?’ मै जिस्किएं ।
‘अहिलेलाई त्यहि नै हो भनेर बुझ्नुस् ।’ केहि रिसाएझैं, केहि उन्मत्त भएझैं फरक हाउभाउले उनी बोलिन् ।
‘आजचाहिं मलाइ घर पुर्याईदिनुहोस् है !’ उसले मलीन स्वरमा अनुरोध गरी ।
‘हुन्छ नि ! अव बाबालाई काजु खुवाउनेलाइ त माया गर्नु पर्यो नि, पुर्याईदिइहाल्छु नि !’ मैले जवाफ फर्काएँ।
‘कति मीठो सब्द बोल्नु भो ! माया लाग्दो रहेछ त !’ उसको बोलीले म झसङ्ग भएँ । उसलाई गलत फेमी हुन दिनु थिएन । किनकि उसको बिगत केहि महिनादेखिको प्रयास मैले बुझीरहेको थिएँ । उसलाई फगत साथीभन्दा म कहिँ मान्न सक्दैनथें । 
‘हाहा ! है !’ मैले कुरा टार्न खोजें !
‘है है ! उसले मलाइ जिस्काईरही !
बेलुका उसलाई घर पुर्याईदिने बाचा गरको थिएँ । आज फेरी उसले हिंडेर जाने अरुरोध गरी । ‘हिड्दा थुप्रै कुरा हुन्छ । मलाइ थुप्रै भन्नु छ ,अनि सुन्नु पनि ।’ उसको हरेक दिनको भनाइ यस्तै हुन्थ्यो ।
‘चिया खाउँ न है !’ उसले नुरोध गरी !
‘हुन्छ !’ मैले स्वीकारें !
‘कि काजु हालेको चिया खाने हो ?’ मैले जिस्काएं !’
‘काजु हालेको होइन, माया हालेको चिया खाउँ ।’ उसले थपी ।
चिया पसलको भाइले जिस्कायो, ‘ल दाइ दुइटा मिठो माया हालेर चिया बनाउनुपर्यो ।’
‘हामी र चिया पसलका मालिक अनि ती काम गर्ने भाइ पनि खुब हास्यौं !’
केहि सिरियस भएर उनी केहिछिन् बोली, ‘आज बाबाको एकदम याद आइरहेको छ ।’ 
‘चिन्ता नालिउ नानु ! संसारमा कसैका बा हुन्नन् । कसैका आमा । कोहि न कोहि आफ्नाहरु गुमाउनुको पीडा  हुन्छ प्रायसँग ।’ मैले सम्झाउने कोसिस गरें ।
टेबलमा रहेका मेरा हातमाथि हात राख्दै उनले फेरी भनी, ‘बाबा भएको भए म कति जाति हुन्थें होला है यो समाजका लागि ! म कुलतमा फस्ने थिइन होला है ! बाबाको साथमा हुर्किन पाएको भए, म यसरी बेस्या भएर हिड्दीनथें होला है !’
‘के भनिस् रे !’ मैले गालामा चड्काउन लागेको हाउभाउ सहित रिसाएर बोलें ।
‘कस्ती केटि होस् यार तँ ! आफैंले आफैंलाई बेस्या भन्न लाज लाग्दैन ? बस्या भनेको के हो थाहा छ ? कति पैसा लिने गरेकी छेस् र ? जे पाए त्यहि बोल्छेस् ?’
सोचेको थिएँ मेरो गाली सुनेर उ साम्य हुनेछे । तर उ त एक्कासी मुस्कुराउन पो थाली ।
‘तपाईंले मलाइ यसरी गरी ‘तँ’ भन्नुहुन्छ भने म बेस्यानै हो । कति मीठो सुनिएको, कति नजिकको सुनीएको, कति आत्मीय सुनीएको । मलाइ सधैं ‘तँ’ भन्नुहोस् न है !’
उसको कुरा कुरा सुनेर म केहि बोलिन । 
केहि छिनपछी उ फेरी बोल्न थाली लगातार !
‘बाबा भइदिएको भए म कसैको माया खोज्दै, यी गल्ली गालीमा भौतारीने थिइन सर ! जोजोसंग जेजे गरें, जतिजनासँग शरीर साटें, मन साटें, आखिर खोजी त थोरै खुसीको न थियो । आखिर पाउनु त्यहि थोरै खुसी न थियो । आज तपाईंलाइ सबैकुरा भन्दैछु, बस बहाना त थोरै खुसी हुने न हो । तपाईं मलाइ गाली गर्दैहुनुहुन्छ, म थोरै खुसी हुँ भनेर न हो । आखिर थोरै खुसीको लागि कति ‘रिस्क’ मोल्छ है मान्छे ?’
जव उ बोल्न थाल्थी, म सुनिरहन्थें !
‘बाबा र मामुको राम्रो थिएन । बाबा सार्है जाति हुनुहुन्थ्यो रे ! तर साला रक्सीले सब बिगार्यो । उहाँले रक्सी खाँदै गर्दा रक्सीले उहाँलै खान थाल्यो । घरको सधैंको कलह, सधैंको झगडा !’
आँखाभर आँशु पारेर उ बोलीरही । 
‘ह्या नरोउ न के !’ मैले सम्झाउन कोसिस गरें !
‘बग्न दिनुहोस् यी आँशुहरुलाई ! उसले मेरो हात छोडेर भनी !
‘तिम्री आमा हुनुहुन्छ नि !’ सबैले नभएको कुराको बढी माया गर्ने हो । यहाँ आफ्नी आमा नहुनेहरुलाई पनि त कति कष्ट छ !’ मैले उसलाई सम्झाउन प्रयास गरें ।
‘खै ! म सानै थिएँ रे, बाबाको रक्सी खाने बानीले घर पुरै बिग्रेको थियो । मामुले धेरै सहनुभयो । अत्ति भएपछी उहाँले मलाइ समेत आमाघरमा छोडेर काठमाडौँ आउनुभयो रे ! काठमाडौँमा के गर्नुहुन्थ्यो, के खानुहुन्थ्यो केहि थाहा थिएन । भन्नेले तथानाम पनि भने । पोइल गइन पनि भनेर रे ! मेरा आफ्नै काकाहरुले पनि थाथानाम भने । फलानोसँग देखेको थिएँ समेत भने रे ! कति सहनशील छिन मेरी आमा ! सबैको भनाइ सुनेर पनि काम गरिरहिन् । कमाएको सबै रक्सीमा सक्कीने भएपछी हाम्रो भविष्यका लागि उहाँ काठमाडौँ आउनुभएको थियो ।’
बाबा काठमाडौँ आउँदा एकपटक उहाँहरुको भेट पनि भयो रे ! तर बोलचाल भएन रे ! अहिले भए ‘डिभोर्स’ हुन्थ्यो होला ! त्यो बेला त्यो समाजको परिस्थिति बेग्लै थियो । म आमाघरमै हुर्किएँ । पछी बाबाले संसार छोड्नु भो ! आमाले बाबा र आमा दुबैको माया दिनुभो !’
‘ल एकदम माया हालेर ल्याएको छु है !’ चिया पसलको भाइले जिस्किएर सुनायो । उनका आँखाभरी आँशु थिए ।’
‘हैट दिदि कहाँ रुनुभएको ! यो शरीरको पानी भनेको यी काम गरेर पसिना बनाएर सक्काउनुपर्छ । कि तुरुरुरु मुतेर सक्काउनु पर्छ ! रुने त हुँदै होइन नि !’
‘हो त है ! म उनीतिर हेरेर हाँसे ! उनीपनि आशु पुछ्दै मुस्कुराइन् एक पटक !’
‘तपाईं विदेश जान लाग्या हो कि क्या हो दाइ ! दिदि त मज्जैले पो रुनु भो त !’ उसले मलाइ प्रतिप्रश्न गर्यो।
‘तिमी आफ्नो काम गर जाउ !’ मैले केहि रिसाएझैं गरेर बोलें !
‘सरी है दाइ ! आफ्नो त बोलिरहने बानी के गर्नु, बानी लाग्यो सुध्रन्न’ उ बर्बराउँदै हिड्यो ।
‘देख्नुभो ! सब बानी हो । लागेपछि छुट्न गाह्रो हुन्छ । रक्सीको बानीले बाबालाई लग्यो । घर परिवार सब बिग्रंदा पनि बानी छुटेन । म गलत कुलतमा फसें । बानी लग्यो, छोड्न सकिन ।’ तपाईंले जति हकारेपनि यो भाइ बोल्न छाड्दैन । तपाईंसँग मुन्टो हल्लाएपनि अर्को ग्राहक आउँदा त्यस्तै हो । म त्यस्तै कुलतमा फसेको छु ।’
‘आज बाबा भइदिएको मात्र भए म यसरी बेस्या हुनु पर्दैनथियो । र बाबा मात्र भएको भए आजमलाइ यति धेरैले धोका दिन्नथिए ।’
उ रुन थालेपछी मैले सम्झाउन खोजे, ‘ए साच्चै भोलिको प्लान के छ ?
‘विहानै उठेर बाबासँग माफी माग्छु । सरी बाबा ! तपाईंकि छोरीले गति छाडी ! यौनको प्यासमा थुप्रै बाउका छोराहरुसँग यो समाजले नापचाउने सम्बन्ध गाँसी ! यो पनि तपाईंले खाएको रक्सीजस्तै नशा हो बा ! छोड्न सकेको छैन । सक्दिन पनि होला । कहिलेकाहीं आफ्नै जीवन सम्झेर कहाली लाग्छ । तर विकल्प पनि छैन । थाहा थियो रक्सीले मेरा बाबालाई लग्यो । तर त्यहि रक्सी खान पनि बानी लाग्यो । छुटाउन सकिन । बाबा ! तपाईंकै भाइ थियो, जसले जीवनमा यौन के हो भनेर बुझायो । पहिलोपटक तपाईंकि छोरीको कुमारीत्व भंग गर्यो । त्यसपछी तपाईंको साथ नपाएकी छोरी कसैको साथका लागि पागल-पागल भएर हिंडीरहँदा यो शहरमा बेस्या बनी !’
‘उसको त्यहि सब्दाले मलाइ पिरोलीरह्यो ।’
‘कति भन्नु के त्यसो नभन आफुलाई भनेर ?’ म फेरी रिसाएँ ।
तपाइंले जति ‘भात, भात भनेर भनेपनि यो चिया हो । अरुका अगाडी कहाँ भनेको छु र । अहिले मलाई बुझ्ने फगत तपाईं हो । र तपाईंले देखेको मेरो सत्य म बेस्यानै हो । मेरो समाज अगाडी हुनुपर्ने सोझी त म छँदै छु नि ! ‘ 
उसले निरन्तर यस्तो भन्न थालेपछि मैले कुरा मोडें ! ‘तिम्रो एउटा काकाले त तिम्रो जोवन लुट्यो, तर अरु काकाहरु त तिम्रा बाउसमाननै हो नि ! तिमीले गल्ती गरेको थाहा पाएर, केहि गर्न नसकेपछि तिमीलाई गाउँ पठाए, छुट्टै कुरा तर ती रगतले बाउ त हुन् नि ! एक पटक भोलि मेसेज गर्नु, ‘हाप्पी फादर्स डे’ भनेर मैले सम्झाएँ ।
‘कुनै दिन गर्ने गरेको थिएँ । अब कहिले पनि गर्दिन ।’ उ रिसाएर बोली ।
‘किन ?’ मैले प्रश्न गरें’
आँखाभर आँसु पार्दै उनी बोली, ‘धेरैपछी थाहा पाएको छु, एउटा नमीठो सत्य !’
‘के?’ मैले सोधें !’
‘रक्सी बहाना थियो ! बस् एउटा बहाना मात्र, जसले मेरो बाबालाई लग्यो ! हुन त अहिले भनेर, कराएर केहि हुन्न तर त्यो स्वाभाविक रक्सीको कारणको मृत्यु थिएन । यिनै काकाका मान्छेहरु त्यो अस्वाभाविक मृत्युका साछी थिए ।’
‘कुरा केहि गम्भीर उठ्यो । चिया सकिनै लागेको थियो ।
‘हिंड! हिड्दै कुरा गरौँ !’
मलीन स्वरमा चिया पसलको भाइ बोल्यो, ‘दिदि चिन्ता नगर्नुस् है ! धेरैको त्यस्तै हो ! मेरा पनि बा छैनन् !’ उसले भाइलाई अँगालो मारेर बिदाइ गरी ! हामी हिड्दै गर्दा उसले फेरी भन्यो, ‘दिदि भोलि विहान मन्दिर जाँदा मेरो बाबाको नाममा पनि एउटा फूल चढाई दिनु है ! ‘नाम हर्क बहादुर सार्की’
उसले मुन्टो हल्लाई ! र हामी लाग्यौं उसको डेरातिर ! 
आज मलाइ पनि सुन्नु थियो, ‘उनले आज केहि फरक सुनाएको उनको बाबाको मृत्युको कहानी…’
(सुरज प्याकुरेलको प्रकाशोन्मुख कृति ‘रिमाज’को एक अंश)
रिमाजका अघिका अंशहरु :

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="' + fisrc + '"]').hide();
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी