बागबजारबाट घर आउंदै थिएँ । फोन बज्यो ।
‘कहाँ हो तँ ?’ स्वर केहि परिचितनै थियो ।
‘किन फोन गरिस् फेरी ? मैले भन्देको छु ! मेक दिस लाष्ट कल है !’ मैले रिसाउँदै भनें ।
उसँग भर्खरै ब्रेकअप भएको थियो मेरो । उ खास मान्छे थिएन । कसैको वियोगमा कोहि साथी खोज्दैगर्दा भेटिएको थियो उ । र नचाहेरै पनि नजिक बनेँ उसँग ! ‘ मलाइ मेरो बिगत बिर्सनु थियो, बस् !’ पछी त्यहि यादहरु बिस बनेँ ! कहिलेकाहीं तिनै यादहरुले खुब सताउँछ !
‘ओके म लाष्टनै बनाउँछु यो कललाइ ! तेरा केहि फोटोहरु मसँग रहेछ, त्यहि फिर्ता गर्न हो ! फेसबुकमा पठाएको छु !’
____________________________________________________________________________
___________________________________________________________________________
‘कलेजमा भेटेर कुरा गर्दै जाँदा, उ राम्रो लाग्न थालेको थियो । मनै त हो बरालिँदो रहेछ । मेरा प्रेमहरुको लिष्टमा उ तलनै पर्थ्यो सायद । तर पनि म एक्लो थिएँ । घरको पीडा, काठमाडौँको संघर्ष अनि रुमल्लिरहने मन । अहँ… केहि पनि बसमा थिएन ।
‘कति सहजै मेरो वर्तमान र मैले सोचेको भविष्य बिगत बनेको थियो । एक कल पनि होइन, एक एसएमएसका भरमा उसले मलाइ छोडेको थियो मेरो बिगतले त्यो दिन । मैले लाख कोसिस गरें उसलाई मेरो जीवनमा फिर्ता ल्याउन, तर सकिन । सायद मेरो भाग्यमा उ लेखेको थिएन । त्यहि बिगतको पीडाका बीच उसलाई चिनेको थिएँ ।’
उमसँग यति नजिक हुन थाल्यो कि के भनौं, मेरो मन आफैं बसमा थिएन । हेर्दा चिटिक्क परेको, भलादमी । एक मनले त सोचेको थियो, ‘यो सायद मजस्तै होला । देख्नमा मात्र सोझो । अर्को मनले फेरी सोच्यो, ‘अहँ केटाहरु त्यस्तो हुन्नन् । मैले एउटी केटिका लागि जीवनभर बिहे नगर्ने केटा, छोराछोरी भएर पनि कसैको वियोगमा मातिएर हिंडेको केटा देखेको थिएँ, अझै कहिलेकाहीं देख्छु गल्लीहरुमा, चोकहरुमा । त्यसैले उसलाई गलत सोच्नु हुन्न भन्ने कुरा मेरो मनले मलाइ भानीरहेको थियो ।
एकदिन कलेजबाट फर्कंदै गर्दा उ मसँग बोल्यो, ‘कता बस्नुहुन्छ ?’
मैले मेरो ठेगाना बताएँ । उसको डेरा पनि त्यति रहेछ । उसले मलाइ त्यता देखेका हुनाले पनि सोधेको रहेछ। मलाइ सधैं घर पुर्याईदिने र सधैं कलेज स्कुटरमा ल्याईदिने मेरो साथी त्यो दिन कलेज आएको थिएन । उसँग पनि छुट्टै कहानी छ । कुनै अर्को बसाइमा सुनाउंला । त्यो दिन उ र म सँगै घर गयौं ।
‘त्यो सधैं तिमीसँगै आउने र तिमीलाई घर लैजाने साथी को हो ?’ उसले केहि सिरियस भएर भन्यो ।
मैले मेरो दाइ पर्ने हो भनेर ढाँटे । उसको मुहार केहि चहकिलो भएको देखें ।
उसको मनमा मप्रति केहि घुमिरहेको छ भन्ने मलाइ थाहा भइसकेको थियो । यसै पनि उसम्म आइपुग्दा म केटाहरुको मनोभावना बढीनै बुझ्ने भइसकेको थिएँ ।
‘एक्लो थिएँ । मलाइ सधैं कलेज ल्याउने र लाने साथी बाहेक । उसले मलाइ जति आफ्नो सम्झे पनि, किन हो किन म उसलाई हरेक पटक ढाँटिरहेको हुन्थें । मेरो परिवारको बारेमा, मेरो बारेमा, मेरो प्रेम जीवनको बारेमा म हरेक कुरामा उसँग झुट बोल्थें । तर पनि हरेक बिहान मलाई लिन आइपुग्थ्यो, हरेक दिन कलेज सकेर मलाइ घर पुर्याईदिन्थ्यो । म उसलाई साबिकको भाषामा प्रयोग गरिरहेको थिएँ ।
थाहा छ उसले मलाइ खुब माया गर्छ । मलाइ घरबाट कलेज ल्याउने र लाने उसको दैनिकीका सबैभन्दा मीठा पलहरु थिए । अहँ…तर पनि कहिले पनि मनैले उसलाई आफ्नो कहिले पनि मानेन । उसले मलाइ औधि माया गरेपनि, उसलाई कहिले झुट बोलेर त कहिले नाटक गरेर आफ्नो कलेज जाने र आउने भाडा बचाईरहें ।’
के सोचेको ?’ उसले घर आइपुग्दै गर्दा भन्यो ।
‘केहि होइन, तपाईं कति राम्रो देखिएको !’ मैले उसको इसारा बुझ्ने प्रयास गरें !
‘होर ? तपाईं पनि खुब राम्री नि !’ उसले थप्यो ।
‘होर ? प्लीज मलाइ तपाईं नभन्नुस न ! तिमी भने हुन्छ !’ मैले भनें !
‘र… मलाइ पनि ! उसले थप्यो !
अरु केनै चाहिन्छ र माया बस्न । बस् थोरै बहाना न हो । नम्बर साटासाट भयो । घुमघाम सुरु भयो ।
मेरो कमजोरीनै यहि हो, जो मैले जीवनमा कुनै दिनपनि सुधार्न सकिन । मलाई मान्छेको लत जो लागेको थियो । यौन भनेको स्वाद रहेछ, थाहा नपाउँदासम्म कस्तो होला भन्नेमात्र तृष्णा । थाहा पाएपछि यो त ड्रग्सजस्तै हुँदोरहेछ । नभई नहुने । एउटा नशा ।
अरुलाई जस्तै आफ्नो सोझोपनको सबै कोणहरु देखाएर आफ्नो परिवारको पीडाहरु देखाएर, आफ्ना जीवनका दुखान्त कथाहरु सुनाएर मैले उसलाई मलाई ‘बिचरा’ भन्ने बनाएँ ।
एक दिन चोभार घुम्न जाँदा मैले भनें, ‘तिमीसँग आजसंगै बस्छु नि ! म एक्लै छु कोठामा !’
उसले खुसी भएजसरी ‘हुन्छ’ भन्यो । हुन्न भन्ने कुरा पनि थिएन । किनकि उसको मनमा आज केसम्म हुन्छ भन्ने चाहा पलाईसकेको थियो । जो हरेक केटा वा केटिको मनमा पलाउनु स्वाभाविक हो । मेरो चाहाना पनि त्यहि थियो त्यो दिन ।
त्यो रात सँगै बसियो ।
‘अलि अलि पिउने हो ?’ उसले केहि लाज मानेर सोध्यो ।
‘अँ ! मैले त कहिले पनि खाएको छैन ।’ त्यो बेला रक्सीको नशा नभएपनि चाखेको थिएँ । आफ्नै काकासँग बस्दा उसले जवरजस्त चखाएको थियो ।
‘नाइँ मलाइ त डर लाग्छ !’ मैले फेरी झुट बोलें ।
‘केहि हुन्न !’ उसले सम्झायो र पिलायो अलिकति !
अलिअलि गर्दा गर्दै खुब पीइएछ त्यो दिन ! जवानीको छुट्टै मज्जा लिइयो फेरी एकपटक ! उसले कताकता केके गर्यो आफैंलाई याद भएन ! तर मज्जा आयो खुब त्यो दिन !’
उसँगको सम्बन्ध धेरै भएको थिएन । तर शारीरिक सम्भोग हाम्रो दैनिकीजस्तै भइसकेको थियो । मेरै डेरा नजिक बस्थ्यो उ ! उसैको डेरामा थुप्रै दिनहरुलाई रात बनाएर बिते ।
पछी एकदिन थाहा भयो, उ विवाहित रहेछ । उसकी श्रीमती जागिरे रहेछे । मलाइ करिव ४ महिनापछी मात्र यो कुरा थाहा भयो । एउटी केटि सधैं दाइको कोठामा आउँछे, त्यो को हो भनेर छिमेकीले उसकी श्रीमतीलाई सोधेपछि यो सब कुरा थाहा भएको थियो मलाई !
उसकी श्रीमतीले मलाई चिनी भने नजिकै रहेको मेरो डेरा भएको घर र मेरो भाइसमक्ष यो कुरा पुग्छ भन्ने डरले म केहि बोलिन । त्यहि डरले म उसँग टाढा बनें ! सधैं ! उसलाई अन्तिम एसएमएस गरें ! ‘साला धोकेबाझ ! अर्को पटकदेखि तेरो अनुहार नदेखाएस् !’
उसले केहि रिप्लाई गरेको थिएन । आज एक्कासी उसले फोन गरेको थियो ।
उसले कलमा यति भन्यो. ‘‘ओके म लाष्ट नै बनाउँछु यो कललाइ ! तेरा केहि फोटोहरु मसँग रहेछ, त्यहि फिर्ता गर्न हो ! फेसबुकमा पठाएको छु !’
फेसबुक खोलें ! उसले लामो सन्देश पठाएको रहेछ, ‘हो म विवाहित थिएँ । तर मेरी श्रीमतीदेखि म न शरिरले खुसी छु न मनदेखि ! तँ मन पर्यो त के गरौँ ? ल तँलाई तेरो फोटो पठाएको छु ! तँलाई दु:ख दिएँ सरी ! तर नबोलेर, मलाई नभेटेर यस्तोपनि नबना कि कुनै दिन तेरो माया ‘सुन्य’ होस् ! अझै माया गर्छु तँलाई ! तेरो माया कुनै दिन सुन्य भयो भने म जेपनि गर्न सक्छु, मर्न पनि र कसैलाई मार्न पनि !’
तस्विर मेरो थियो । पुरै नाङ्गो ! पोज पोजमा जवानी बिसाएका यादहरु । उसको सन्देशले उसले कतै न कतै मलाई ब्ल्याकमेल गरिरहेको छ भन्ने बुझ्न गाह्रो थिएन । मलाइ पनि ठूलो डर थियो । उसैले मलाइ विभिन्न अश्लील भिडियोहरु देखाएको थियो । त्यसैगरी उसले ती फोटोहरु बाहिर ल्याउला भन्ने डर थियो मलाइ ।
मैले बुद्धिमानीपूर्वक सोचें र उसलाई रिप्लाई गरें, ‘आज भेट्छु तँलाई ! धेरैपछी फोन गरिस् ! किन हो किन तेरो खुब माया लाग्यो !’
केहि छिनमा उसले कल गर्यो, ‘मेसेज हेरिस ?’
‘घरमा नेट छैन ! पछी हेर्छु । किन हो किन तँलाई भेट्न मन लाग्यो ! घरमा एक्लै हो भने आउंछु !
‘नाइँ घरमा त हुन्न ! बाहिर कतै भेटौं !’
‘होइन किन आज बुढी छिन र ?
‘होइन बुढी त बाहिर छिन !’
‘मलाइ फेरी त्यहि कोठामा, त्यहि पलङमा रमाइलो गर्न मन छ ।’ मैले भनें ।
‘है ! उसले थप्यो । अँ ! आइजो न त…. तर अलि होसियार भएर है !’ उसले सुनायो ।
‘हुन्छ’ मैले जवाफ फर्काएँ । त्यो रात उसकै घरमा भेटियो । मैले उसलाई आफुले पनि उसलाई बिर्सिन नसकेको कुरा भनें ! उ फुरुंग भयो !
त्यो रात पिउने अफर मैले आफैं गरें ! उसले मान्यो । बुद्धि पुर्याएर आफु कम खाएर उसलाई झ्याप बनाएँ ! शरीर चखाएं ! माया गराएँ ! र पागल पागल बनाएर उसलाई ढलाएं ओच्छ्यानमा !
‘आज तेरो र मेरो सबै फोटोहरु हेर्न मन छ, देखा न !’ मैले भनें !
उसले सबै देखायो । मलाइ थाहा नै नदिइ उसले थुप्रै फोटो र भिडियोहरु बनाएको रहेछ ।
मैले बुद्धि पुर्याएर उसलाई आफ्नो शरीर चखाउदै सब डिलिट गरें ।
‘ले मोबाइल आज म पनि खिच्छु !’ म तम्सिएं ‘ उसका नांगा फोटोहरु खिचें र मेरो फेसबुकमा उसको एकाउन्टबाट पठाएँ । त्यो रात रक्सीले उ सार्है मातिएको थियो । र मेरो उदेश्य अर्कै थियो ।
त्यो बिहान उ नउठी निस्किएँ ! अन्तिम पटक उसैको फेसबुकमा मलाइ पठाएजसरी मेसेज छोडें !
‘साले खाते, मलाइ खुब ब्ल्याकबेल गर्न खोजेको थिइस् होइन ! मेरो त सब डिलिट भए, अव तेरा फोटोहरु मसँग छन् ! तैंले तेरो बुढीका खिचेका नाङ्गा फोटाहरु जुन तैंले ल्याबटपमा राखेको थिइस, मैले सब सारेको छु ! सारेको पनि थिएँ ! उसलाई फकाएर सबै फोटोहरुलाई मैले मेरो बनाइसकेको थिएँ । ‘बिचार गर ! मलाइ फोन नगर ! सब ठिक हुन्छ… नत्र…!’
उसले मेसेज हेरेको थाहा पाउनेबितिक्कै उसलाई फेसबुकबाट हटाएँ ! उ मेरो ब्लकलिष्टको पहिलो मान्छे थियो सायद !
लागेको थियो उसले मलाइ फोन गर्नेछ ! आजसम्म गरेको छैन त्यसपछि ।’
एउटा एसएमएस आएको थियो, तेरो फोटो मसँग केहि छैन, तर मेरो बुडीको फोटो बाहिर आयो भने तँलाई मार्छु म !’ मैले उसको मेसेज र उसकी बुडीको सबै फोटो डिलिट गरें !
_____________________________________________________________________________
_____________________________________________________________________________
उ बोल्दै गइ, म सुन्दै थिएँ ।
‘म चानचुने मान्छे होइन ।’ जसजसले मेरो शरीरसँग खेलेका छन्, जस जसले मेरो बुबु चुसेका छन्, र मलाई धोका दिएका छन् । सबलाई ठेगान लाउँछु एक दिन !’
उसको कुरा सुनेर पहिलो पटक उदेखि डर लाग्यो । यसले आफ्ना कथाहरु सुनाएर मलाइ कतै फसाउँदै पो छैन !’ भन्ने शंका लाग्यो !
‘आज बाबासँग बजार जानु छ ! तिमी घर एक्लै जाउ है ! मैले नम्र स्वरमा भनेको थिएँ ।
उ रिसाउँदै बोली ! ‘हुन्छ ! यो केटि त्यति कमजोर पनि छैन कि आफ्नो घर एक्लै जान नसकोस् ! ओके भोली भेटौंला !’
‘नरिसाउ है !’ मैले सम्झाएँ ।
‘लौ किन रिसाउनु ! बाबासँग घुम्ने सौभाग्य सबैले पाउँदैनन् ! त्यसैले जानुस् !’
उसका आँखा टिलपिलाएका थिए ।
मैले बिदाइका हात हल्लाएँ ! उ गइ ! भोलि फेरी भेट्ने बाचासहित !
(सुरज प्याकुरेलको प्रकाशोन्मुख कृति ‘रिमाज’को एक अंश)
रिमाजका अघिका अंशहरु :