‘मासिक श्राव भएको बेला पेट यसरी दुख्थ्यो, दुख्छ, मानौं म संसारमा एउटा ठूलो युद्द लड्दैछु ! प्रतिकसँग भर्खरमात्र टाढीएकि थिएँ म ! जवजव मलाइ रजस्व्लाको समय हुन्थ्यो म उसलाई फोन गरेर खुब रुन्थें, कराउँथें ।
कतिपटक यस्तो समयमा उसले मलाइ आफुसँगनै राख्थ्यो ! अरु बेला यौनलाई लमाइलो मानेर मस्ती गर्ने उ यस्तो समयमा मलाइ खुब साथ दिन्थ्यो । मलाइ गाह्रो भयो साथीकहाँ जान्छु भनेर भाइलाइ ढाँटेर उकहाँ पुग्थें । मैले लडिरहेको युद्धमा एउटा सारथी भेटेझैं लाग्थ्यो । अव यो युद्ध जित्छुझैं लाग्थ्यो ।’
उसको साथले मलाइ यस्तो उर्जा दिन्थ्यो मनिलिउंकि मलाइ जीवनमा सबैथोक पाएझैं लाग्थ्यो । उ मलाइ यसरी माया गर्थ्यो बेला, खै किन हो किन झन् दुखिदिए हुन्थ्यो जस्तो पनि लाग्थ्यो । जव उसले आफ्नो हात मेरो पेटमा राखेर ‘अव सन्चो भयो’ भनेर सम्झाउथ्यो, म झन् दुखेको नाटक गरेर उसलाई आफ्नो अँगालोमा कस्थें ।
उसको सधैंको व्यस्त दैनिकीबाट उसलाई भुलाएर मलाइ आफ्नो बनाउनु पनि त थियो नि !
मासिक श्राब भएको बेला त्यो समयपनि म उसँगै रहें । यस्तो बेला मन यति धेरै चंचल हुन खोज्थ्यो, कि म सधैंनै उसलाई दु:ख दिरहन्थें । कहिले सुप बनाउन लगाउँथें, कहिले ढाड मिच्न । उ नि:संकोच… मानिरहन्थ्यो जेजे मैले उसलाई अर्हाउँथें । सायद बिगतको अभ्यासले उ पोख्त बनिसकेको थियो ।
श्राब भएको करिव ४ दिन पछि मनले उसको मनसंगै शरीर बढी माग्थ्यो र सुरु हुन्थ्यो फेरी अर्को २४ दिन नहुनजेलसम्मको रमाइलो । कहिले घरमा ढाँटेर, कहिले आफैंलाई ढाँटेर सायद !
कतै सुइँको पाएको थिएँ मैले, उसले मेरो र मेरो कलेजको नयाँ साथीबीचको सम्बन्धका बारेमा सुनेको छ । कुनैबेला मसंग प्रेम गरेर अर्कैसँग विवाह गरेको मेरो साथीसंग अझैपनि म मेरो जोवन साट्छु, किनकि म उसलाई बिर्सिन सक्दिन भन्ने सुनेको छ रे उसले ।
व्यस्त दैनिकीका कारण मसँग भेट नभएको बेला वा उ विभिन्न कामको शिलशीलामा काठमाडौँ नभएकोबेला मेरो कलेजको साथी मसंगै हुन्छ, उसको ठाउँमा मेरो कलेजको साथीले मलाइ सुप खुवाउँछ, मेरो पेटमा हात उसले राखिदिन्छ र स्वाभाविक रुपमा ४ दिनपछीको मेरो चाहानालाइ पनि उसैले पूरा गरिदिन्छ भन्ने सुनेको छ रे उसले ।
कहिलेकाहीं लाग्थ्यो, ‘ म गलत गर्दैछु । यति माया गर्ने मान्छेलाई म ढोका दिंदैछु । अर्को मनले भन्थ्यो, ‘आजकल प्रतिकको व्यवहार फेरिएको छ । मसँग कम बोल्छ, घुम्न जाँदैन । कुनै दिन उसले मलाइ विदा गर्यो भने मसँग विकल्प हुँदैन, तर हुनुपर्छ ।
सबैकुरा थाहा पाउनेले मलाइ दोषी देख्छन्, तर काठमाडौँ आएपछिको मेरो प्रेमलाइ मैले बिर्सिन सकिन र त्यहि बेला प्रतिक मेरो साथमा हुँदैन भने म उसँग घुम्न गएँ त के बिग्रियो । लाग्थ्यो, ‘जव मेरो बिगत र बर्तमान पनि मसँग हुँदैन भने म मेरो अर्को साथीसँग किन नबसौं, किन घुम्न नजाउँ !’
आखिर बाबाले संसार छोडेका बेला बाबाको निधारमा टिका लगाईदिएर घर फर्केकी यो छोरीले चाहेको थोरै खुसी न थियो । त्यसका लागि किन मैले विकल्प नरोजौं ? किन ?’
उसको परिक्षा चलिरहेको थियो । म उसलाई विहान खाना बनाइदिन्थें । उ खाएर कलेज जान्थ्यो । बेलुका पनि मसंगै हुन्थ्यो । भाइ बिरामी छ । काकाकहाँ बसेको छ । त्यहि काका जसले मलाइ घरबाट निकाल्नमै बुद्धिमानी ठान्यो । र मेरो भाइ, जसलाई म संसारमा मेरो बाबा, र प्रतिक पछी सबैभन्दा बढी माया गर्छु, उसलाई बस् ठिक हुनुछ, सायद मैलेभन्दा बढी माया उसलाई काका-काकीले गर्छन् !
एकातर्फ ठिकै लाग्थ्यो, त्यहि बाहानामा म मेरो प्रतिकसँग बस्न पाउँथें । जीवनका धेरै खुसी जो मेरो भाइबाट सम्भव थिएन, मेरो प्रतिकले सबै पूरा गर्थ्यो ।
उसको परिक्षा चलीरहंदा उसले यस्तो व्यवहार गर्यो कि उ त्यो परिक्षामा फेल भयो भने उसले संसारको सबै खुसी गुमाउनेछ । परीक्षाका ती रातहरु उसको एक चुम्बन पर्खन म धेरैबेर बिस्तारामा उसको पढाइ कहिले सकिन्छ भनेर कुर्थें । उ आउंथ्यो, मेरो तनसँग त खेल्थ्यो तर त्यसमा मैले खोजेको माया मिसाउँदैनथ्यो । पढाइले थाकेको उ औपचारिक शरिर बन्धनमा मात्र बाधिन्थ्यो ।
उ मातिएको बेला जसरी उसले मलाइ मज्जा दिन्थ्यो, उ ‘फ्रेस’ भएको बेला जुन सन्तुष्टि मैले पाउँथें, सबै एकादेशको कथा भइसकेको थियो ।
र त मैले कलेजमा मसँगै पढ्ने साथीलाइ विकल्पको रुपमा मेरो जीवनमा अंगालेको थिएँ । किनकि म खुसी हुन चाहान्थें । बस् थोरै खुसी ।
उसको परिक्ष सकिएको दिन मैले उ पढ्ने कापीमा लेखिदिएँ, ‘इफ यु नीड मी, कल मी !
उ नबोलेजस्तो, मबाट टाढा हुन खोजेजस्तो, मलाइ माया नगरेजस्तो, अरु कोहि साथी भएजस्तो, पढाइनै सबथोक भएजस्तो गर्थ्यो ।
लागेको थियो, उसले मलाइ फकाउनेछ । म घुर्की लगाउनेछु, अनि पूरानै सम्बन्ध दोहिरिनेछ ।’
माया पनि यस्तो लाग्थ्यो के भनौं, उसलाई भेट्न म घन्टौं गाडीको यात्रामा उसको घरसम्म पुगेको छु । बस् उसलाई भेट्नका लागि, उसँग बस्नका लागि कयौंसँग झुट बोलेको छु । आफ्नै परिवारलाइ गुमराहमा राखेको छु ।
त्यति लेखेर म घर फर्किएँ । लागेको थियो राती उसले मलाइ फोन गर्नेछ ।
उसको फोनको प्रतीक्षामा म रातभर यसरी बसें कि मानौं संसारको सबैभन्दा ठुलो खुसीले मेरो दैलो टेक्दैछ र म त्यसैको प्रतिक्षामा छु । तर अहँ उसले त्यसको गरेन । मलाइ फोन आएन ।
मैले त्यहि झोकमा मेरो कलेजको त्यहि साथीसँग उसँग गर्ने व्यवहार गर्न लागें । लाग्यो, ‘ उ नाफर्कुन्जेल मेरो साथ् दिने मेरो साथी छ । प्रतिकको यादमा हो वा मलाइ बानी लागेको हो थाहा छैन, म मेरो कलेजको त्यो साथीसँग यसरी नाजिकिएं कि मेरो दैनिक प्रतिकबाट उसमा सरेको थियो । अब सबथोक उ भएको थियो ।
दिनले २८ काट्यो तर मलाइ दुख्न थालेन । स्राब हुने केहि दिन अगाडी देखिको मेरो कष्टको सुरुवात भएन । मनमा थुप्रै कुराहरु खेल्न थाल्यो । अनेक शंका लाग्यो, शंका लागेकै दिन म डाक्टरकहाँ पुगें ।
रिपोर्ट हेरेर डाक्टरले भने, ‘एक्लै आउनुभएको ?’
मनमा चीसो पस्यो !
‘अँ!’
‘अनि श्रीमान् ?’ डाक्टरले प्रतिप्रश्न गरे ।
‘अँ बाहिर!’ मसँग झुट बोल्नुको विकल्प थिएन । किनकि मेरो पेटमा मेरो सन्तान हुर्कंदैछ भन्ने मलाइ थाहा भयो । छाँगाबाट खसेजस्तै भएँ ! खुट्टा काम्न थाले’
‘आखिर यो बच्चा कसको हो ? मेरो प्रतिकको वा मेरो नयाँ साथीको ! म आफैं अलमलमा परें !
मेरो नयाँ साथी अलि झोक्कि छ ! यस्तो कुरा थाहा पायो भने मलाइ झन् शंका गर्न सक्छ !
चुपचाप अफिस हिंडे !
त्यो दिन अर्की साथीको विदा थियो । म अफिस पुगेर खुब रोएँ, मानौं संसारमा अव बाँकी केहि रहेन ।
‘ भाइले थाहा पायो भने के हुन्छ ?’
‘मामुले आफ्नी छोरी कुमारी आमा बन्दैछे भन्ने थाहा पाइन् भने के हुन्छ ?
‘यो कुरा गाउँमा थाहा भयो भने के हुन्छ?’
अनेकौं प्रश्नहरुले यसरि थिचीरहेको थियो कि, म बस् तग्रिन खोज्दैथिएँ ।’
_________________________________________________________________________________
________________________________________________________________________________
आँखाभरी आँसु पारेर उ बोलीरही । एकछिन आँखाका आँसु पुछ्दै मलाइ एकोहोरो रुपमा हेरीरहि ।
कफी सेलाईसकेको थियो । अर्डर गरेको थुक्पा टेबलमा आइपुग्यो ।
‘प्लीज मलाइ गलत नसम्झनु ! यो मेरो बाध्यता थियो ।’ हात जोडेर उनले गरेको अनुरोधमा म भावुक भएँ।
‘केहि हुन्न चिन्ता नगर ! मीनभवन पूलपारीको एक घरलाई देखाउंदै मैले भनें, ‘यस्तै समस्यामा परेकाहरुका लागि गर्वापतन गराउने थुप्रै ठाउँ छ । उ त्यहाँ हेर त बोर्ड!’
‘उसले केहि आशाको मुस्कान छरी । दिन भर सम्झाएको थिएँ । भोलि विहान उसको कलेज सक्कीएपछी त्यहाँ जाने सल्लाह भयो ‘
‘अनि तिम्रो अहिलेको साथीलाई के भन्छौं ?’ मैले प्रतिप्रश्न गरें !
‘प्लीज मलाइ केहि नसोध्नुहोस् ! म सबै कुरा मिलाउँछु !’
‘यो मेरो पहिलो पटक होइन!’
‘के?’ मैले फेरी प्रश्न गरें !
‘मैले भनें नि मलाइ कहिँ नसोध्नुहोस् !’
त्यसपछी मै चुप लागें !
‘घरसम्म पुर्याईदिनुस् न प्लीज !’ उसलो मलिन स्वरमा भनी !
‘अँ गाडी चढेर जाउ न !’
‘नाइँ, आज तपाईंसँग हिड्न मन छ ! एउटी केटिलाइ यस्तो आपत परेको बेला साथ दिन्छु भन्ने केटाहरु पनि रहेछन् भनेर यी बाटाका सबै झारपात, ढुंगाहरुलाइ सुनाउन मन छ !’
‘कति साहित्य आउँछ है तिमीलाई ?’ मैले जिस्काएर उसलाई बाटोको इसारा दिएँ !
उ अगाडी बढी ! उसलाई घर फर्काएर म गरुङ्गो भएर फर्कें ! सायद उसले प्रतिकलाइ चिठी लेखेर आएको दिनजस्तै आज पनि उ रातभर सुत्दिन होला !
(सुरज प्याकुरेलको प्रकाशोन्मुख कृति ‘रिमाज’ को एक अंश)
यो पनि पढ्नुहोस् :