
- रोहन शर्मा
साताको अन्तिम दिन हिजो बिहिबार सेयर बजार परीसुचक नेप्से ४० अंक बढीले घट्यो ! हिजोको नेप्सेको बिन्दु १६५८.०८भनेको ३ महिनायताकै न्युन बिन्दु हो ।
घट्दा तिब्र रुपमा ठुलो अंकको गिरावट आउने तर बढ्दा झिनो अंकले बढ्ने, पटक पटक, निरन्तर यही प्रबृती दोहोरिने अवस्था केहि हदसम्म बियरिस ट्रेण्डनै हो मैले बुझेकोचाहिं । तिहारलगत्तै खुलेको बजारले निरन्तर यही ट्रेण्डलाई निरन्तरता दिएको छ ।
हामी जुन उदेश्यका साथ बजार प्रवेश गर्छौं त्यो बाटोबाट बिचलित हुने अनि महंगोमा किनेको सेयर बिना कुनै कारण घाटा खाएर बजार मुल्यमै फालीदिने हामी जस्तै अपरिपक्क लगानिकर्तानै बजार घटाउने मुख्य कारक हौं । लगानिकर्ता अपरिपक्क भएपछी बजार परिपक्क हुने कुरै भएन ।
बजारमा खरिद भन्दा बिक्री चाप बढी हुनुको कारणहरु:
- बैंकले कर्जाको ब्याज दरमा बृद्धी गर्न थाल्नु।
- बजारमा हकप्रदको बाढी सुरु भएको कारण हकप्रदको लागी सेयर बिक्री गरेर रकम को जोहो गर्नतिर लाग्नु।
- लगानीकर्ता सामाजिक सँजालहरुमा फैलिएको नकारात्मक हल्लाहरुको पछी लाग्नु।
- उच्च महत्वकांक्षा राख्नेहरुले पछिल्लो पल्ट EBL र NLICL ले सोचे भन्दा उत्कृष्ट प्रतिफल दिंदा पनि बजार मुल्य उल्टो तल झर्नु । मनोबल कमजोर हुनुको मुख्य कारण यो पनि हो।
- सँस्थागत लगानिकर्ताहरु तथा बिक्री गरेकाहरुले बजार अझै तल झर्ने आशमा निस्कृय भएर बस्नु।
- लगानीकर्तामा शर्ट टर्ममा बजारबाट कमाएर उम्कने सोच राख्ने बढ्दो परिपाटीको कारण धैर्यतामा कमी हुनु ।
- म्युचुअल फण्ड लगायतका सँस्थागत लगानिकर्ता जसको कर्तब्य बजारको अस्वभाबिक उतार चढाव लाई सन्तुलित बनाउनु हो, तर उनिहरु आफै बिचलित भएको अवस्था छ। ब्याक्तिगत लगानिकर्ता जती धैर्यता र बजार प्रती बिश्वाश पनि छैन उनिहरुमा । यसकारण आउँदा दिनमा अझै बिक्री चाप आउन सक्छ।
यती हुँदा हुँदै पनि बजार को एउटा चाख लाग्दो पक्ष चाहिं कारोबार रकम बढेर १.५ अर्ब पुग्नु हो। यसबाट बजारमा बेच्ने मात्र छैनन्, घटेको समयलाई अवसरको रुपमा लिने खरिदकर्ता पनि त्यतिकै सकृय छन् भन्ने बुझिन्छ ।
अब के हुन्छ ?
- उच्च मुल्यमा बिक्री गरेकाहरुले बजार पुन प्रवेश गर्ने मौका कुरीरहेका छन्, बजार स्थिर हुने बित्तिकै उनिहरु पुन प्रवेश गर्नेछन्।
- बजारमा हालै आएका नयाँ म्युचुअल फण्डले यो समयलाई अवसरको रुपमा लिनेछन्।
- एकटक बकुल्ले दृष्टी लगाएर बकुल्लाले माछा कुरेझैं कुर्ने सँस्था गत तथा ठुला ब्याक्तिगत लगानिकर्ताले पनि अवसर कुरेर बस्नेछन्।
- निश्चय पनि अबको केहि समय कारोबारी हरुको दिन चाहिं सकिएकै हो । ट्रेडरले कमाउने बुलिस ट्रेण्डबाट हो भने ईन्भेष्टरले बुलिस वा बियरिस दुबै अवस्थामा कमाउन सक्छ। बुलिसमा बजारबाट क्यापिटल गेन गरेर भने, बियरिसमा कम्पनीले प्रदान गर्ने प्रतिफल बाट।
- एउटा उदाहरणनै हेरौं २०७१ साल बैशाख १२ गतेको महाभुकम्प पश्चात ८०० मा रहेको बजारले त्यसको ठिक १ बर्ष पछी भुकम्प र नाकाबन्दीका बिच १६०० आंक पार गरेको थियो । अहिले त सबै अवस्था सामान्य नै रहेको छ । कम्पनीले प्रदान गरेका प्रतिफल का साथ प्रगती बिवरण पनि उत्साहजनकनै रहेको छ । बजारका लागी छिट्फुट नकारात्मक कुरा बाहेक धेरै सकारात्मक कुराहरु रहेका छन्।
बजार न त कसैले भनेर १२०० झर्छ न त कसैले भन्दैमा तत्काल २५०० पुग्छ। यसको आफ्नै चाल हुन्छ, जुन कसैले पनि बुझ्न सक्दैन । हामिले मुल रुपमा हेर्ने भनेको आधारभुत पक्षलाई नै हो । अनि लगानी गर्ने आधार पनि त्यही नै हो ।
बैंक ब्याज त बढ्यो , तर कती बढ्यो ? १%? २%? जुन बजारबाट पाउने सरदर प्रतिफल २५% को तुलनामा निकै कम हो । कुनै तुकनै नभएको ब्याजदर , राजनिति, भारतिय मुद्रा जस्ता कुराहरुको हौवा फिंजाएर बजारको बारेमा नकारात्मक भ्रम छर्नेहरु देखी लगानिकर्ता सावधान हुनु जरुरी छ । सेयर बिक्री गरेकालाई बजार घटोस् भन्ने चाहना हुन्छ भने खरिद गरेकालाई बढोस् भन्ने हुन्छ । तर दुबैले सोचेजस्तो सँधै हुँदैन।
अब हाम्रो रणनिती के?
- बजार अझै तल झर्छ भन्ने लाग्छ भने नाफा भएको सेयर बिक्री गरी प्रोफिट बुक गर्न सकिन्छ ।
- घट्दो ट्रेण्डमा अवश्य पनि बिक्री गरी अझै घट्दा खरिद गरे घाटा कम गर्न सकिन्छ । तर हावा को भर मा घटेको बजार हावा कै भर मा बढ्ने हुँदा यो अवस्थामा बजार कहाँबाट कहिले फर्कन्छ भन्ने अनुमान गर्न सकिन्न । यदी बजार बढ्न थाल्यो भने हामिले चाहेको मुल्यमा चाहेको सँख्यामा सेयर खरिद गर्न सक्दैनौं। बजारमा पहुँचवाला र ठुला खेलाडीले उठाईसकेपछी हाम्रो पालो आउँदा बजार भाउ हामिले बिक्री गरे भन्दा माथी पुग्न पनि के बेर!
- मुल कुरा यदी तपाईं कारोबारी हुनुहुन्छ भने अब धार परिवर्तन गर्नुहोस्। नराम्रा कम्पनीहरुलाई राम्रा र सँस्थागत सुसासन भएका , बिगतमा निरन्तर आकर्षक लाभाँश दिएका, राम्रा कम्पनीहरुमा स्थानान्तरण गर्नुहोस्। अनि कुर्नुहोस् बढिमा २ बर्ष , नेप्से १२०० त के ८०० नै आएपनी तपाईं सुपर प्रोफिटमा हुनुहुनेछ।
- खरिदको सोच बनाउनुहुने हरुले एकैपटक खरिद नगरि राम्रा कम्पनीका सेयर बिस्तारै घट्दो दरमा खरिद गर्दै लैजानुस् जब बजार बढ्न सुरु हुन्छ खरिद गर्न रोक्नुहोस्, अब अरुले किन्न सुरु गर्दा तपाईं रमिता हेरेर बस्नुस्, पहिलो खरिद मुल्यबाट माथी गएपछी बिक्री गरी मुनाफा सुरक्षित गर्नतर्फ लाग्नुस् ।
- सबै भन्दा महत्वपुर्ण कुरा बजारप्रती को बिश्वाश र सकारात्मक सोच हो। जुन थालीमा खान्छौं त्यही फोहोर नगरौं। यही बजारमा रहेर बजारलाई नकारात्मक हिसाबले नसोचौं।
धेरै कुरा के लेखौं , बजारको भबिश्य र सकारात्मक पक्षहरुको बारेमा मेरो पुरान पोष्टहरुलाई हेर्नुहोला। नेपालको सेयर बजारको भबिश्य अत्यन्त सुन्दर छ।अबको ५ बर्षमा हाम्रो पुँजी बजारमा कायापलट हुनेछ। बिगतका अनुभवको आधारमा यो मेरो ब्याक्तिगत बिश्वाश हो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्