Skip to content
LAXMI SUNRISE BANK

हामी लगानीकर्ताले सिक्नु पर्ने पाठ

अर्थ सरोकार

  • सन्तोष राज बजगाईंको ब्लग 

१. सेयर  बजार वास्तवमा भन्दा जुवा घर हुँदै होईन । यो एउटा लगानी गर्ने क्षेत्र हो । त्यसैले यो क्षेत्रलाई कौडाको  खाल जस्तो सोच्नु निकै गलत हुन्छ । २१औ शताब्दीको सेयर बजारमा अथाह ज्ञान चाहिन्छ । त्यसैले बजार बाट कमाउने कुरा भन्दा पहिले बजारलाई सिक्न तल्लिन हुनुहोस । बजारको साईकल ,कम्पनी छान्ने तरिका , बजारलाई असर पार्ने खबर हरु , आदि । यी कुराको ज्ञान बाट लगानी कर्ता उत्तानो परेर फस्ने सम्भावना धेरै कम हुन्छ । यस्ता कुराको ज्ञानले  बजारमा छिर्न र निस्कने समय सिकाउछ , बलिया कम्पनी छान्न सिकाउछ । हामी ६५०० को ब्ल्याक लेभल लगेर कसै बाट कुनै कम्पनीको भित्री सुचना लिन खोज्छौ तर ५०००-१०००० का सेयर तालिम लग्न हामि हिच्किचाउछौ । सर्वप्रथम ज्ञान नै महत्त्वपूर्ण कुरो हो । 
२. हामी धेरै जसो लगानी कर्ता हरु एकै प्रकारका कम्पनीहरु धेरै किन्छौ   । धेरै जसो लगानी कर्ता हरु पाेर्टफाेलियाे व्यवस्थापन तर्फ लाग्दैनौ । तर सेयर बजारमा यो एउटा गलत रणनीति हो । सेयर बजारमा लगानी गरिसके पछि आफू सङ्ग विभिन्न क्षेत्रका सेयर हुनुपर्छ । जसले गर्दा कुनै एक क्षेत्रमा सामन्य घटने वेभ सुरुभो भने त्यसले आफुलाई  ठुलो असर गर्दैन । पाेर्टफाेलियाे व्यवस्थापनले रिस्क मिनिमाईजेसन गर्ने कार्य गर्छ । 
३. हामी मिडिया प्रती निकै विस्वास गर्छौ त्यो गल्ती कुरा हो  मिडियाका कुरा सबै सहि हुदैनन । मिडियाका विभिन्न स्वार्थ हुन्छ्न । यो यहाँ मात्र नभएर सन्सारका धेरै सेयर बजारको समस्या हो । मिडियाबाट वच्न सर्वप्रथम आफ्नो ज्ञान वृद्धि गर्नुहोस । तपाईमा बजार सम्बन्धि राम्रो ज्ञान छ भने तपाईं मिडिया त के सरकारका केही वेक्त्तीको कुरालाई पनि विस्वास गर्नु हुन्न किनकी तपाईं कन्क्लुजनमा पुगेपछि तपाईलाई केहीले पनि फरक पार्दैन । मिडियाले खेल्ने भनेको त्यो बेला हो जब लगानी कर्ता बजारका केहि तत्त्व सङ्ग अनविग्य छन  । आफुलाई थाहा छैन मिडियाले भनेपछि त पत्ताउन भन्ने कुराले बजार लाई तल माथी लग्ने काम गर्छ । 
४. सेयर बजारको उतारचढावको भविस्य हेर्ने  आज सम्म कुनै सफ्टवेयर बनेको पनि छैन न आज सम्म कुनै शुत्र नै बनेको छ  । खाली हामिले विभिन्न तत्त्वको अध्यन बाट निस्कर्स निकाल्ने मात्र हो । त्यसैले यसले बजार १२०० पुग्छ र उसले बजार २३०० पुग्छ भन्यो भन्दै हल्ला फिजाउनेको पछी लागेर लगानी गर्दै नगरौ । झन आजकाल सामजिक सन्जालमा बजारलाई एकहरो तताउने र एकहरो उत्तानो  बनाउने समूहनै लागेको छ । त्यसता समुहको पछी नलागौ । एउटा कुरा जानी राखौ यो कलि युगमा अरुका लागि कसैले सल्लाह दिदैन । बजार वृद्धि हुन्छ भन्नेको बेच्ने दाउ हुन्छ र बजार घटछ भन्नेको किन्ने दाउ । 
५. एकपटक बजार प्रवेश गरेपछि बजारको  नशामा धेरै जना फस्छ्न । बैंक  खाता  ,सहकारीको लोन , श्रीमतीका गहना , घर जग्गा समेतको पैसा बजारमा लगानी गर्न्र लगानीकर्ताको संख्या पनि धेरै छ । यो एकदम गलत रणनीति हो । हामीले लगानी गर्नु भन्दा अघि  बजार सधै वृद्धि हुन बनेको चिज  होइन भनेर  बुझ्नु पर्छ  । बजारले साथ नदिएको अवस्थामा हामी घर न घाट को हुन्छौ । बजारमा आफ्नो रिस्क बहन गर्न सकिने समप्त्तीमात्र लगानी गर्नु पर्छ । सेयर बजार अलिकता रिस्की क्षेत्रनै हो । 
६. हामी न investor बन्न सकेउ न trader । आफ्नो लगानी कति समयको लागि भनेर हामी स्पष्ट छैनौ  । तर आफुले लगानी गरिसकेपछि यो सेयर यती वर्षसम्मको लागि भनेर रणनीति बनाउनु पर्छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK