×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

समाचार टिप्पणी : यसकारण म तत्काल सेयर बेच्दिन…

  • अर्थ सरोकार सम्बाददाता 

अहिले बजारमा पहिरो गएको छ । लगानीकर्ताहरु त्रसित छन् । कतिले घाटामै भएपनि सेयर बेचीरहेका छन् । तर कतिले यसलाईनै सेयर किन्ने अवसर भने  भनेका छन् । तर मचाहीं यसकारण तत्काल सेयर बेच्दिन।    
  • जति हल्ला चलाइएपनि नेपाल कुनै गृहयुद्धमा जान लागेको छैन, राजनितिक समाधान भैरहेको छ । बजार तलमाथि हुनु स्वभाभिक प्रक्रिया हो र यस्तो प्रक्रियाले बजारलाई परिपक्व बनाउँदै लान्छ थोरै बढ्दा हौसिने र थोरै घट्दा धेरैनै निरास हुनु आहिलेको बजारको स्थितिको उपज हो । 
  • घाटामा सेयर बेच्नु भनेको मुर्ख यस अर्थमा हो, त्योभन्दा राम्रो केहि समय राखेमा कम्पनीको ‘राइट’, ‘बोनस’, ‘एफपीओ’ लिन पनि सकीन्छ । कि संबिधान संसोधन हुन्छ कि नयाँ सरकार बन्ने अबस्था रहेकोले त्यसले बजार बढाउने कुरा प्राय निश्चितनै छ । जुन पहिला पनि देखिदै आएको हो । 

  • ‘म्युच्युअल फन्ड’ र ब्रोकरहरुले सेयर बेच्ने सल्लाह दिने गरेको पाइएको छ । जुन सरासर आफ्नो स्वार्थपूर्तिमा लागेको र पहिला सेयर विक्री गरिसकेका ठुला लगानीकर्ताहरुले सेयरको मूल्य घटाई आफुले उठाउने प्रपन्च मात्र हो । 

  • नयाँ तथा अन्तर्राष्ट्रिय मापदण्डको अनलाईन कारोबार प्रणाली छिटैनै आउँदैछ जसले बजारलाई अरु सजिलो, बिस्वासिलो र पारदर्शी बनाईदिनेछ । अहिले लाखौको संख्यामा रहेका लगानीकर्ता करोडको संख्यामा पुग्ने सजिलै अनुमान गर्न सकीन्छ । 

  • सेयर बजारमा गैरआवासीय नेपालीको लगानी भित्र्याउने कुरामा सबैको सहमतिका साथ कामहरु अन्तिम चरणमा छ । यसबाट सेयर बजारमा उल्लेखनीय परिवर्तन हुने कुरामा कुनै संका छैन । 

  • लगानीकर्ता पहिचान कार्ड बितरण प्रक्रिया अन्तिम चरणमा छ । यसलेपनि हाम्रो सुरक्षा प्रत्याभुति र बजारमा आउनेहरुको पहिचान गराई अझै बिस्वसनीय वातावरण तयार पार्नेछ ।

  • २०७२,०७३ असार मसान्तको बित्तीय बिबरण हेर्दा २८ वटा बाणिज्य बैंकहरुले सबै क्षेत्रमा धेरै राम्रो प्रगति गरेका देखिन्छ । निक्षेपमा २१, कर्जा बिस्तारमा २७, खुद ब्याज आम्दानीमा २५, संचालन नाफामा ६० प्रतिशत बृद्धि भएको समग्र अबस्थामा खुद नाफा ३६ प्रतिशतले बढ्नु भनेकोे धेरै उत्साह ल्याउने सूचकहरु हुन । चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तीय बिबरण पनि धेरै उत्साहित पार्ने खालका देखिएको छ र बाणिज्य बैंकहरु दीर्घकालीन लगानीका हिसाबले सुरक्षित र उपयुक्त क्षेत्र हुन भन्ने प्रष्ट भएको छ ।

  • जुन तरिकाले बजार चलीरहेको छ त्यसको बिपरित ढंगले हामी चलेनौ भने यो बजारमा केहि गर्न सक्दैनौ । अहिले बजार घटेको समयमा बडी ब्याजमै ऋण लिएरै भएपनि लगानी गरे राम्रो कमाउन समय लाग्दैन । किन भने अब को यो बजार १५०० को हैन २५०० को हो । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: