×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जापानमा नेपाली संस्थाहरु: सकारात्मक र नकारात्मक पक्ष

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जापानमा नेपाली संस्थाहरु: सकारात्मक र नकारात्मक पक्ष

Artha Sarokar

२७ मंसिर २०७३, सोमबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

  • भुवन रोका

नेपाल र जापानको कुटनैतिक सम्बन्धको ६०औ बार्षिक उत्सव मनाईरहदा जापानको परराष्ट्र मन्त्रालयले सार्बजानिक गरेको तथ्य अनुसार २०१६ जुन महिना सम्ममा ६०६८९ जना नेपालीहरु जापानमा बसोबास गरिरहेको तथ्याकं सार्बजानिक गरेको छ । यो संख्या अझै बढ्ने क्रम जारी छ । नेपालीहरुको संख्या बृद्दिसंगै बिभिन्न संघ संगठनहरुको संख्या पनि बढीरहेका छन् । 
नेपालमा रहेका बिभिन्न राजनैतिक पार्टीका भातृ संगठनहरुले सामाजिक संस्थाको रुपमा संगठन बिस्तार गरेका छन् । केही क्षेत्रहरुबाट आएका हरुले क्षेत्रिय संस्थाहरु स्थापना गरेका छन् । बिभिन्न जिल्लाहरुबाट आएकाहरु संगठित हुने क्रममा जिल्ला समाज गठन गरेका छन् । जातिय, साहित्यिक र लैंगिक आधारमा पनि संगठित भएका छन् । कुनै गाऊँबाट आएकाहरुको संख्या अलि बढी भएमा गाऊँ समाज पनि गठन गर्न गरिएका छन् ।अझै  बिभिन्न देशहरुमा पनि संगठन बिस्तार गरिसकेको एन आर एन ए जापान पनि सक्रिय हुनु स्वभाबीक नै हो । यसरी खोलिएका संघ संस्थाहरुका दुई पाटाहरु रहेका छन्: राम्रो र नराम्रो ।
यसरी खोलिएका संघ संस्थाहरुका सकारात्मक र नकारात्मक पक्षहरु: 
सकारात्मक पक्षहरु 
१. एक-अर्कामा सहयोग आदान प्रदानको भावना:
संगठित हुनु आफैमा राम्रो कुरा हो । नेपालको बिभिन्न ठाउबाट आफन्तहरुको छायाँबाट टाढा भएको अबस्थामा जापानमा आएर पनि आफन्तहरु वा एकै उदेश्य बोकेका ब्यक्तीहरुको बिचमा संगठित हुन पाउनु सकारात्मक पक्ष हो । अहिल्यको अबस्थामा धेरै संघ संस्थाहरु स्थापना भएकोले धेरै जना संगठीत हुने अबसर प्राप्त भएको छ तर सुरु सुरुमा जापान आउनेहरु संघ संगठनको अभावमा सायद एक्लो अनुभव गरेका थिए होलान् ।
संगठनका बिभिन्न उदेस्यहरु हुन्छन् । आफ्ना सदस्यहरुलाई समरक्षित राख्नु वा समस्यामा परेका सदस्यहरुलाई मद्दत गर्नु कुनै पनि संघ संस्थाको दायित्व भित्र पर्दछ । त्यसैले पनि जापानमा संगठित हुनेहरुले एक अर्काको सहयोग गर्ने गर्दछन् । संगठित भए पछि यसै पनि धेरै ब्यक्तिहरुसंग चिनजान हुने भएकोले पनि कामहरु खोज्नलाई झनै सजिलो भएको छ । 

२. नेपालमा गरिने सहयोग:
बिभिन्न जिल्ला बासीहरुले खेलेका समाजहरुले आ-आफ्ना जिल्लाहरुमा बिभिन्न सहयोग गरेका थुप्रै उदारणहरु छन् । एम्बुलेन्स सेवा प्रदान, बिद्यालय भवन निर्माण, स्वास्थ्य सामग्रीहरु लगाएतका अन्य
धेरै सहयोग गरेका छन् । नेपाल भुकम्पबाट प्रभावित भएको बेला धेरै संस्थाहरुको सक्रियताले ठुलो सहयोग गर्न सफल भएका थिए जापानमा रहेका संघ स्स्थाहरु । नेपालमा कुनै आर्थिक अबस्था कमज़ोर ब्यक्तिको उपचारमा होस वा अन्य प्राकृतिक प्रकोपबाट प्रभावित भएकाहरुको सहयोगको लागी होस् सक्रिय भुमिका खेलिरहेका छन् ।
३. विभिन्न फाईदाजनक कार्यक्रमहरुको आयोजना:
एकातीर जापान आएका नेपालीहरु नै कत्ति पय सुचनाहरुबाट बन्चित भईरहेका छन् । जसको निम्ती जापानमा भएका संघ स्स्थाहरुले सेमीनार, गोष्ठी जस्ता कार्यक्रमहरुको आयोजना गरेर त्यसको जानकारी गराईरहेका छन् । बिद्यार्थीहरुले आफ्नो अध्ययन अनुसारको जागीर पाउनको लागी सहज वाताबपाण बनाउनको निम्ती बिभिन्न कम्पनीहरुसग सहकार्य गरेर सेमिनारको आयोजना समेत गरेका छन् । यसबाट धेरै नेपाली बिद्यार्थीहरुले प्रत्यक्ष फाईदा लिईरहेका छन् ।
अर्कोतिर नेपालबाट कलाकारहरु ल्याएर बिभिन्न सांस्कृतिक कार्यक्रमहरु गरिरहेका छन् । कार्यक्रमबाट उठेको रकम बिभिन्न सामाजिक कार्यमा खर्च गरिने गरी संचालन गरिएका कार्यक्रमहरु बिभिन्न दृष्टिकोणबाट महत्वपूर्ण हुन्छन् । यसले नेपालमा केही सहयोग त हुने नै भयो साथमा कामबाट थकित मन र मस्तिष्कहरुलाई मनोरन्जन प्रदान गरी स्फूर्त बनाउन पनि मद्दत गरिरहेको छ । धेरै संघ संस्था भए पछि स्वभाविक रुपले धेरै कलाकारहरु सम्म पहुँच पुग्दछ र जापान वासी नेपालीहरुले आफ्नो रोजाईको कलाकारको प्रस्तुति मार्फत मनोरन्जन लिन पाउछन् । जापानीजहरुमा नेपाली कला र संस्कृतिको प्रबन्धन गर्नुको साथै आफ्नो संस्कृति जोगाउनै कार्य समेत गरिरहेका छन् यी संघ स्स्थाहरुले । साथै यसले नेपालको पर्यटन व्यवसायलाई  पनि प्रत्यक्ष सहयोग पुगिरहेको छ ।

नकारात्मक पक्षहरु:
१. एउटै उदेश्य बोकेर स्थापना हुनु 
धेरै ससंथाहरु एउटै उदेश्य बोकेर खोलिएका छन् जसले गर्दा यी सस्थाहरुले आयोजना गर्ने कार्यक्रमहरु पनि उस्तै प्रकृतिका हुन्छन् । फलस्वरुप सेवामुखि भन्दा पनि अस्वस्थ प्रतिस्पर्दातिर लम्किरहेका छन् कि भन्ने आभास हुन्छ । एउटा ब्यक्तिको समस्यालाई समाधान गर्न होस् वा नेपालको एउटा क्षेत्रमा सहयोग संकलन गर्न होस् आ-आफ्नै संस्थाहरुको अगुवाईमा मनोमानी सहयोग संकलन गरिन्छ । यसले सहयोग दाताहरुलाई नै अन्योलमा बनाउछ र धेरै संस्थाले गरेका सहयोग संकलन कार्यक्रमहरु सफल हुन सक्दैनन् ।
२. कार्यक्रम संचालनमा पर्ने समस्या
एकातीर धेरै संस्थाहरु भएको कारण सबैले उस्तै प्रबृतिका धेरै कार्यक्रमहरु आयोजना गरिन्छन् । अर्कोतिर कार्यक्रम गर्ने दिनहरु सिमीत हुन्छन्: सार्बजानिक बिदाको दिन वा सनिबार र आईतबार । धेरै सस्थाहरुले आ-आफ्नो तरिकाले नयाँ बर्ष र बिभिन्न चाढपर्वको अबसर पारेको तय गरिने यस्ता कार्यक्रमहरु एकै दिन र एउटै समयमा सन्चालन गर्नाले दुवै कार्यक्रमहरु सफल हुन सक्दैनन् । दर्शकहरु पनि कुन कार्यक्रममा सहभागी हुने कुरामा अन्योल पर्छन् । कार्यक्रम हलमा संचालन हुदै गर्दा धेरै संस्थाहरुका प्रतिनीधीहरुलाई आसन ग्रहण गराउने क्रममा लामो समय लाग्ने र अन्य सहभागीहरु भन्दा पनि अतिथिहरु बढी हुने गरेको समेत पाईन्छ । 
३. आर्थिक पक्षको अस्पष्टता
जसरी संघ संस्थाहरुले कार्यक्रम अगाडी उक्त आम्दामी सामाजिक कार्यमा खर्च गरिने भनिए पनि कार्यक्रम पछाडी त्यसको सहि सदुपयोग गरे नगरेको कसैलाई थाहा हुदैन किनकी धेरै संस्थाहरु भएपछि कुन कार्यक्रमले कति रकम संकलन गर्यो र कति रकम तोकिएको क्षेत्रमा सहयोग गर्यो भन्ने कुरा स्पष्ट देखाउदैनन् केही सस्थाहरुले र त्यसको खोजी गर्ने आधिकारीक निकाय पनि छैन् । सामान्य ब्यक्तिहरु त केवल दर्शक वनेर सहयोग मात्र गर्नेहरु हुन् । त्यसको छानबीन छानबीन गर्ने समय र अधिकार पनि हुदैन् । प्रायः सबै कार्यक्रमहरुमा स्पोन्सर गरी सहयोग गर्ने  ब्यक्तित्वहरु उहि हुन्छन् त्यसले सहयोग गर्नेहरुलाई पनि असहज भईरहेको हुनसक्छ ।
निष्कर्ष: जापानमा बस्ने नेपालीहरुले स्थापना गरेका यति धेरै संस्थाहरु भएपनि प्रभावकारी र दिर्घकालीन योजनाहरु बनाउन नसकेको अबस्था छ । जसको नेतृत्वमा भए पनि सबैको साझा एउटै मात्र संस्था स्थापना गरेर सबै जापानबासी नेपालीहरु त्यसमानै संगठित हुदै कार्यक्रमहरु गर्ने हो भने धेरै प्रभावकारी हुने थियो । जापानको यो ब्यस्त समयमा दर्शकहरुलाई कार्यक्रम हेर्न जान पनि धेरै दिन छुट्याउन नपर्ने, धेरै सहयोग एकै ठाउमा संकलन हुने र त्यसको ब्यबस्थापनमा पनि सहज हुने देखिन्छ । अन्तत: एकै ठाउमा संकलित धेरै सहयोग रकमलाई नेपालका ठुला ठुला योजनाहरुको निर्माणमा सहयोग गर्न पनि सकिन्छ । 

लेखक जापनमा अंग्रेजी शिक्षक हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी