×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजार घट्न र बढ्न सक्ने आधारहरु, र लगानीकर्तालाई सुझाव

PRIME CA

सेयर बजार घट्न र बढ्न सक्ने आधारहरु, र लगानीकर्तालाई सुझाव

११ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: < ६ मिनेट


  • बिबेक पौडेल

वर्तमान शेयर बजारको मेरो व्यक्तिगत विश्लेषण
अहिलेको अवस्थामा शेयर बजार कता जान्छ भनेर यसै भन्न सक्ने अवस्था छैन ।  बजार घट्न तथा बढ्न सक्ने आधारहरु उतिकै रहेका छन् । 
१) बजार अझै घट्न सक्ने आधारहरु –
राजनीतिक अस्तिरता, ब्याजदर बृद्दी, लगानीयोग्य रकम(तरलता) अभाब, नेपालमा रहेका ठुला दरका भारतीय मुद्रा अझै नसाटिनु, बोनस तथा हकप्रदले शेयर आपूर्ति बृद्दी, दोश्रो बजारमा कारोबार हुने रकम साधारण निस्काशन, FPO तथा हकप्रदमा आबेदन हुनु, ठुला तथा संस्थागत लगानीकर्ताले अझै बजार छिर्ने छाट-काट नदेखिनु मुख्य रहेका छन्  । 
अझ पौष मसान्तमा करको माध्यम बाट ठुलो रकम सरकारी ढुकुटीमा पैसा जम्मा हुनेछ । अर्को कुरा, बैंकहरुद्वारा हकप्रद निस्काशन गरेर बढाइएको पूँजी (Capital Base) मा प्रतिफल दिनको लागि व्यापार(ऋण लगानी) बढाउनु पर्ने हुन्छ जसका लागि निक्षेपको माग झन् बढ्ने देखिन्छ । यी कुराहरुले गर्दा, तरलता अभाब झनै चर्कन सक्ने देखिन्छ ।   
तर एदी सरकारी तबर बाट पुनर्निर्माण तथा विकास निर्माणको कामले गति लिएमा भने सरकारी ढुकुटीमा रहेको खर्बौ रुपैया जनतामाझ आउने र एसले तरलता बढाउने देखिन्छ ।  येही कुरा अनुमान गरेका बैंकहरुले अहिलेको तरलता अभाब अल्पकालीन हुन सक्ने प्रबल सम्भावनालाई मध्य नजर गर्दै तत्कालको लागि पैसा जुटाउनको लागि १०० दिने, ३ महिने, ६ महिने मद्दति खाता स्किम ल्याएका छन् । 
२) बजार बढ्न सक्ने आधारहरु –
अपेक्षित तरलता बृद्दी, चुनाब तथा राजनीतिक निकास, अर्थतन्त्रमा क्रमिक सुधार, बैंकिंग तथा बीमा क्षेत्रमा नया कम्पनी खोल्न कडाई, बिमा क्षेत्रको चुक्ता पुजी बृद्दी, घाटामा बेच्न प्राय बिक्रिकर्ता अनिच्छुक, ठुला तथा संस्थागत लगानीकर्ता बजार छिर्ने उचित मौका हेर्दै बसेका छन् ।
अझ धितोपत्र बोर्डिले चाडै नै शेयर बजारमा विभिन्न सुधारका एतिहासिक कार्यहरु जस्तै बैंकलाई ब्रोकर काम गर्न दिने तथा ब्रोकरको संजाल देशभर पुर्याउने, अनलाईन कारोबार प्रणाली, शेयर खरिदमा मार्जिन लेन्डिंग सुबिधा, गैरआवसिय नेपालीलाई शेयर बजारमा लगानी खुला तथा नागरिक लगानी कोषलाई Market Maker को रुपमा बजारमा भित्र्याउन गृहकार्य गरी राखेको अवस्थामा छ । 
यी कार्य सफल भए शेयर बजारमा साच्चै नै स्वर्ण युग सुरुवात हुनेछ र अहिले काठमाडौँ तथा नेपालका अरु २-३ वटा ठुला सहरमा सिमित रहेको शेयर बजारको दायेरा पुरा देशको कुना कुना तथा विदेशमा सम्म पुग्नेछ ।  यी सबै कार्य हुन सकेमा शेयरको माग तथा कारोबारमा उल्लेखनीय बृद्दी भई शेयर परिसूचकले एतिहासिक उचाई छुने निश्चितप्राय छ । 
अहिलेको बजारमा लगानीकर्तालाई सुझाब
१) कम्पनीको मुल्यांकन कसरी गर्ने?
कम्पनीको मुल्यांकन गर्दा महत्वपूर्ण सूचक जस्तै, प्रति शेयर आम्दानी(EPS), मूल्य आम्दानी अनुपात(P/E ratio), नेट वोर्थ, व्यापार बृद्दीदर(Growth), आगामी प्रेक्षेपित बोनस, हकप्रद, FPO तथा नगद लाभाश, कम्पनीको शेयरको माग तथा आपूर्ति, दैनिक कारोबार, ब्यबस्थापन(Management) तथा प्रबर्दक(Promoter) लगायतको अध्ययन गर्नुहोस्। 
यदी कुनै कम्पनीको बोनस तथा हकप्रदको लागि बजार मूल्य समायोजन भैसक्यो तर सो हकप्रद/बोनस पुजिकरण भै सकेको छैन भने प्रति शेयर आम्दानी(EPS) हिसाब गर्दा बोनस/हकप्रद पुजिकरण भै सकेको मानेर बढेको चुक्ता पुजीमा निकाल्नुस्। 
कम्पनीको वित्तीय विवरणमा अनियमित आम्दानी जस्तै, खराब कर्जा प्रबन्ध फिर्ता, सम्पति बिक्रि लगायत हटाएर नियमित आम्दानीको आधारमा प्रति शेयर आम्दानी हिसाब गर्नुहोस्। 
माथि उल्लेखित सूचकका आधारमा कम्पनीको मुल्यांकन गर्दै अहिलेको बजार मूल्यमा Overvalued वा Undervalued रहेको निर्क्यौल गर्नुहोस्। 
जस्तै, मूल्य-आम्दानी अनुपात १५ वा सो भन्दा मुनि भएको कम्पनीमा भने जोखिम कम र प्रतिफल उच्च हुन्छ र येस्ता कम्पनीका शेयर Undervalued मानिन्छ। 
२) आफुसंग भएका कुन शेयर बेच्ने, कुन होल्ड गर्ने सम्बन्धमा
माथि बताइए जसरी कम्पनीको मुल्यांकन गर्दै अहिलेको बजार मूल्यमा Overvalued वा Undervalued रहेको निर्क्यौल गर्नुहोस्। 
शेयरको मुल्यांकन गर्दा आफुले खरिद गरेको मूल्य लाई ध्यान नदिनुस्, अहिलेको बजार मूल्य हेर्नुस /
उदाहरणको लागि, HIDCL प्रति शेयर ५०० नीर तथा RMDC १६०० निर खरिद गर्नु भएको छ भने, सो मूल्यमा आए मात्रै बेच्छु, नत्र घाटा खाएर बेच्दिन भन्नु मुर्खता हुन सक्छ।
(म जस्तै आनन्दले सुत्न चाहनु हुन्छ भने) तेस्तो कम्पनीको शेयर मात्र होल्ड गर्नुस, जुन तपाईले बजार मूल्य अझै धेरै घटेमा किन्न इच्छुक हुनुहुन्छ । अरु Overvalued लागेका शेयर भने बेलैमा बेचेर जोखिम घटाउनुहोस् तथा अरु Undervalued लागेका शेयर किन्नुहोस्। 
३) शेयर किन्ने सम्बन्धमा
कम्पनीको मुल्यांकन गरेर Undervalued लागेका शेयर छान्नु होस् र आफु संग भएको लगानी योग्य रकम मध्ये कुन कम्पनीमा कति रकम हाल्ने निर्धारण गर्नुहोस। 
सबै रकमको एकै पटक शेयर नकिन्नुहोस्शे। यर किन्दा भने आफुले सो कम्पनीको लागि छुट्याएको रकमको ३०% जतिको को मात्रै शेयर किन्नुहोस् ।  अहिलेको अनिश्चितता को बेलामा बजार घट्न थालेमा नेपाली शेयर बजारमा के राम्रो, के नराम्रो, सबै कम्पनीको शेयर मूल्य घट्ने गर्छन । आफुले किनेको कम्पनीको शेयर मूल्य बढे फाइदै भयो, किनेको मूल्यमा २५% जति घटेमा भने अर्को ३०% सो शेयरमा लगानी गरेर Averaging गर्नुहोस् । 
तेस्पछि, पनि शेयर मुल्य अझै घट्दै आफुले सुरुमा खरिद गरेको मुल्यको ५०% मा शेयरको बजार मूल्य आएमा, बाकि ४०% पनि त्यो शेयर लगानी गर्नुस्। 
शेयर मूल्य बढेमा भने जब सम्म Fundamental Analysisले Undervalued देखाऊछ, तबसम्म होल्ड गर्नुस अनि Overvalued लाग्न थालेपछि बेच्नुस ।  यसरी अनुसाशित भएर लगानी गर्नुभयो भने बिरलै घाटा हुन्छ। 

अन्त्यमा,
अहिले बजारमा च्याउसरि उम्रिएका दर्जनौ शेयर सम्बन्धि अनलाईन मीडिया तथा फेसबुक ग्रुप छन् / यीनमा लेख्नेहरु सबैको आफ्नो स्वार्थ हुन्छ। 
Merolaganiले NGBBL ले एथासिघ्र FPO निकाल्ने सम्बन्धमा होस् या Bizmanduले सोल्टी होटेलले भारी मात्रा मा हकप्रद ल्याउने सम्बन्धमा लेखेको लेख होस्, यी लेख आएपछि यी दुवै कम्पनीको शेयर मुल्यमा केहि दिन Upper Circuit(१०% बृद्दी) भएकै हो । 
अनि aarthiknewsले पनि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन भन्दा केहि दिन पहिला लघुवित्तको न्युनतमपुजी व्यापक बृद्दी हुने भन्दै अझ कुन लघुवित्तको पुजी कति र कति बढाउन पर्छ भनेर Chart सुद्द बनाएर केहि सिमित लघुवित्तको मूल्य बढाउन अहम भूमिका खेलेकै हो। 
केहि दिनमै यी सबै समाचार झुटा साबित भए।  यी त केहि उदाहरण मात्रै हुन्, येस्तै झुटा समाचार प्रेश्रित गरेर लगानीकर्ता ठगेका काण्ड त कति छन्, छन्झ। न् आफुले लगानी गरेको कम्पनीको बारेमा आकर्षक र भ्रामक “Punchline” सहित समाचार तयार पारेर प्रमुखताका साथ अगाडी छापछन् भने अरु कम्पनीको खोइरो खन्छन्  राम्रा भनेका शेयर सम्बन्धि मीडियाले त एस्तो चलखेल गर्छन भने अरुको त कुरै छोडौ । 
तसर्थ अपुरो हवाला दिदै मीडियामा आउने लेखहरुमा विश्वास नगर्नुस, र लेखको आधिकारिकता पुस्टि गर्नको लागि अरु मीडिया, नेप्से, सम्बन्धित कम्पनी वा सम्बन्धित निकाय(SEBON, NRB, Beema Simiti etc.)को वेबसाईट हेर्नुहोस् । 
अर्को कुरा, अहिलेको अवस्थामा शेयर बजारमा विभिन्न सुधार जस्तै बैंकलाई ब्रोकर काम गर्न दिने तथा ब्रोकरको संजाल देशभर पुर्याउने, अनलाईन कारोबार प्रणाली, शेयर खरिदमा मार्जिन लेन्डिंग सुबिधा, गैरआवसिय नेपालीलाई शेयर बजारमा लगानी खुला तथा नागरिक लगानी कोषलाई Market Makerको रुपमा बजारमा भित्र्याउने जस्ता एतिहासिक कार्यहरुमा भाजो हाल्न विभिन्न स्वार्थ समूहहरु लागि परेका छन् / तर केहि पचास, सय जनाको स्वार्थको लागि दसौ लाख शेयर लगानीकर्ताको हितमा निर्णय नगर्नु पनि नैतिक भ्रस्टाचार नै हो । 
अहिले यी कुरा व्यापक रुपले उठेको बेलामा हामी सबैले आवाज व्यापक दबाब दिन पर्छ।  घन भनेको फलाम तातेको बेलामा नै हान्ने हो, सेलाएपछि हानेर काम छैन / सम्बन्धित निकाय जस्तै धितोपत्र बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय लगायत लाई फोन, म्यासेज, ई-मेल गर्नुस, यी निर्णय कार्यन्यनमा भएको रहस्यमय ढिला सुस्तीले गर्दा चलखेलको सम्भावना सुद्द मध्य नजर गर्दै हेल्लो सरकार तथा अक्तियार पनि इमेलमा CC गर्नुहोस्, एती गर्दा पनि नभए हामी शान्तिपूर्ण आन्दोलन गर्दै यी निकायमा धर्ना दिउ।  यी सुधारका कार्य यथासिघ्र कार्यन्यन नगरेर सुखै छैन। 
तर शेयर बजार विकासको लागि विस्तार गरेर मात्रै पनि हुदैन, बजार भित्रका बिकृति फाल्नै पर्छ।  दुर्गाजीले कालो धन भन्नु हुन्छ तर मैले चिने जानेको कसैले अहिले सम्म कालो धन लगानी गरेको थाहा छैन । अनि शेयर बजारमा लगानी गर्दैमा कालो धन सेतो हुने पनि होइन ।  येसो भनेर मैले नेप्सेमा कालोधन प्रयोग भएको छैन भन्नखोजेको होइन, भएको छ होला र एसको पनि धितोपत्र बोर्ड तथा सम्पति सुधिकिरण बिभागले गोप्य रुपमा छानबिन गर्न पर्छ, सार्बजनिक रुपमा बिज्ञप्ति निकाल्दै र भोलिपल्टै फिर्ता लिदै गर्ने होइन । 
तर, मैले देखेको सबै भन्दा बिकराल समस्या भनेको भित्रि कारोबार हो ।  यसमा  खुल्लम खुल्ला साधारण लगानीकर्ता केहि दिनमै करोडौ(अहिले सम्म अर्बौ) थागिदा समेत धितोपत्र बोर्डले साधेको मौनताले भित्रि कारोबारी संग उसको मिलेमतो प्रस्ट्याउछ / यस सम्बन्धमा पनि हामी सबैले व्यापक आवाज उठाउदै अक्तियार, हेल्लो सरकार लगायत निकायमा उजुरी गर्नु पर्छ (मैले त दर्जनौ पटक गरिसके)।  नत्र जति विस्तार गरे पनि यो बिकृति नहटाए सम्म शेयर बजार बाट कमाउने भित्रि कारोबारीले नै हो, अन्त्यमा तपाई हामी ठगिने र गुमाउने मात्रै हो। 
आउनुस, शेयर बजारका बिकृति र विसंगति बिरुद्द मिलेर लडौ, एकतामा ठुलो बल छ ।  येसो गरेमा हामी सबैको भलो तथा शेयर बजारको उज्ज्वल भबिस्य सुनिस्चित छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: