×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘लहैलहैमा नलागौं ! बनाउला है सेयरले ‘धोती न टोपी’

  • दुर्गा प्रसाद काफ्ले 
बिगत ३ दशकदेखि चल्दै आइरहेको नेपालको पूँजी बजारमा त्यति धेरै विकास भइसकेको छैन । पूँजी  बजारका सबै संस्थाहरु पूरानै छन् । नयाँ संरचना बनाउनका लागि त्यति काम भईसकेको छैन । सम्बन्धित निकाय मीडियाबाजी गर्न बाहेक अरु केहि काम गरिरहेको छैन । नेपालसंगैका अरु छिमेकी देशहरु पूँजी बजारमा धेरै माथि पुगिसकेको अवस्था छ । तर नेपालको पूँजी बजारमा ढुंगे युगमै छ ।
नेपालको पूँजी बजारमानेपाल राष्ट्र बैंक, सेबों, नेप्से, वीमा समिति, ब्रोकर, म्युचुअल फन्ड, नेभेस्ष्टमेन्ट कम्पनी, हाइड्रो पावरका प्रमोटरका  केहि मुठी भरका मान्छेहरुको हालीमुहाली छ । नेपालको पूँजीबजार सानो र सिमित छ ।  तसर्थ सिमित व्यक्तिहरुले यसमा खेल्न सक्छन्  ।
नेपालको पूँजी बजार कबड्डी खेल हो । नेपालको सेयर बजार कबड्डी खेल भन्दा पनि रमाईलो हुने गरेको छ । किनभने नेपालको पूँजी बजारमा केहि ठुला मान्छेको मात्र कब्जामा छ । यो बजारमा साना लगानीकर्ता माध्यम मात्र छन् ।  नेपालको पूँजी बजार अत्यन्त कमजोर छ ।  बजारलाई जुनसुकै समाचारले प्रभाव पार्छ । अझ भनौं, बजारलाइ असर गर्न नयाँ समाचार निकाल्ने यो बजारको संस्कारनै भइसकेको छ । साना लगानीकर्तालाई  फसाउने यो एक नम्बर सुत्र हो ।
नेपालमा दुइ थरीका लगानीकर्ताहरु छन् । पहिलो ठुला लगानीकर्ता । यो समुहमा ठुला बडा जसको धेरैनै सम्पति छ, मिडियामा पहुँच छ , गलत कुआहरुलाई नि सहि हो भन्छ, मन्त्रीदेखि राजनीतिक दल, सेबोन र ब्रोकर सम्मको पहुँच छ । मिठो बोल्छ ।  सबैलाई विश्वास गर्ने खालको कुरा गरी झुक्याउन सक्छ ।   यो समुहमा ५० %  लगानीकर्ता छन् जसले विभिन्न प्रपन्च गर्छ । यिनीहरुसँग नेपाल राष्ट्र बैंकको नीति,  विमा समितिको नीति निर्देशन, नेपाल सरकारको नीति निर्देशन, राजनीतिक दल सँगको पक्कड, म्युचुअल फन्डका विभिन्न कार्यहरुलाई प्रभावित बनाउने शक्ति हुन्छ ।  यो समूहका लगानीकर्ता १ नम्बरी वा दुइ नम्बरी दुबै खेलमा पोख्त हुन्छन् ।
यो समूहका लगानीकर्ता मा २० % सेयर हुन्छ ।यो समुहले चाहेमा नेप्सेलाई १८८१ मा पनि पुर्यायो, १४०४ मा पनि पुर्यायो र ११६५ मा पनि पुर्यायो । कालो धन व्याप्त छ । भ्रष्टाचार गरेको पैसा वा तस्करी गरेको पैसा व्याप्त छ । धीतोपत्र बोर्डले यो कुराको छानविन गरिरहेको छैन, गर्न चाहिरहेको छैन । कुनैबेला कालोधनको छानविन गर्छु भनेर विज्ञप्ति निकाल्यो,  भ्रष्टाचारी, तथा माफियाहरु एकजुट भएर धितोपत्र बोर्डलाई प्रभावमा पार्दै उक्त काम फिर्ता गर्न लगाइयो ।  यो कुन हदसम्मको बदमासी हो ?
किन सम्बन्धित निकाय भ्रष्टाचारीहरुलाई कार्वाही गर्न आँट गर्दैन ? कीन मिदियाबाजी बढी गरिन्छ ?  किन कालो धनलाई बढी प्रसय दिईराखिएको छ । यसले गर्दा साना लागानीकर्ताहरुलाई हुने घाटा कसले देखेको छ ? यसको जिम्मेवारी कसले लिने  ?  यसको जिम्मेवारी कहिले लिने ?
यी सबै कुरा बुझेर मात्रा लगानी गर्नुहोला । लहैलहैमा लाग्दा फसियेला है !   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: