×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राष्ट्र बैंकका सञ्चालकले किने जनरल फाइनान्स, एनआरएन समूहलाई भड्काएर कब्जा

  • सेयर बजार साप्ताहिकबाट 
अरुण फाइनान्स र ललितपुर फाइनान्सलाई समस्यामुक्त गर्ने प्रस्तावसहित बसेको राष्ट्र बैंकको बैठकले ती प्रस्ताव पन्छाएर जनरल फाइनान्सलाई मात्र समस्याग्रस्तबाट मुक्त गर्ने निर्णय गरेको छ । तर, सो फाइनान्स राष्ट्र बैंककै एक सञ्चालकले आफन्तको नाममा किनेको समेत खुलासा भएको छ । नक्कली गुड फर पेमेन्ट चेक घोटाला काण्डमा समस्याग्रस्त भएको जनरल फाइनान्सलाई नयाँ  समूहले किनेको हो । पुराना  स्थापकहरूको सेयर प्रतिकित्ता ३८ रुपैया“मा किनेर कम्पनी ‘रिभाईभ’ गर्ने प्रतिवद्धतासहित रकम जम्मा गरेकै आधारमा जनरल फाइनान्सलाई कारोवार अनुमति दिइएको हो । उता सोही प्रक्रियामा गएका अरुण फाइनान्स र ललितपुर फाइनान्सलाई भने अझै कारोवार अनुमति दिइएको छैन । 
समस्याग्रस्त घोषणा भएपछि निक्षेप कर्जालगायतका  नयाँ लगानीकर्ताको एउटा समूहले नेपाल फाइनान्समा 
पूँजी थपेर ६ महिनाभित्र ८० करोड पु¥याउने योजना प्रस्ताव गरिसकेको छ । राष्ट्र बैंकमा पेश गरिएको सो प्रस्तावलाई सहयोग गर्ने गरी राष्ट्र बैंकले नयाँ टोली नेफिन्स्कोमा पठाएको बुझिएको छ । नेपाल फाइनान्समा डेढ वर्षयता निमित्त प्रमुख कार्यकारीको जिम्मेवारी समालिरहेका सुमन गोविन्द जोशीले समस्याग्रस्त हुँदा ४२ करोड निक्षेप रहेकोमा हाल संस्थामा ९ करोड ८६ लाख ९३ हजार रुपैयाँ मात्र बाँकी रहेको बताए ।
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि ३२ करोड रुपैया निक्षेप फिर्ता गरिएको र कर्जाको रकम पनि ३२ करोड ४२ लाखबाट घटाएर १७ करोड ५० लाख १२ हजारमा झारिएको उनले जनाए । उठ्न बाँकी कर्जा र ९ करोड २९ लाख गैरबैंकिङ्ग सम्पत्ति फाइनान्सस“ग रहेकाले सबै निक्षेपकर्ताको रकम फिर्ता गर्न सक्षम रहेको जानकारी जोशीले दिएका छन् । तर कर्जा रकममा ५० प्रतिशत कर्जामात्र उठ्नसक्ने खालको भएको उनको भनाई छ । संस्थालाई अगाडि बढाउन पु“जीको चर्को अभाव देखिएको, तर संस्थापकहरूले पु“जी थप्न चाहेनन् ।नेपाल फाइनान्सले कर्जा असुली गरेर स्वस्थ बन्न नसकेर विघटनको डिलमा पुगेपछि राष्ट्र बैंकले आफ्नै टोली पठाएको हो । 
तर, नेपाल सेयर मार्केट फाइनान्स र गोर्खा विकास बैंकमा वर्षौसम्म पालिराखेको आफ्नो व्यवस्थापनले पनि केही काम गर्न नसकेको अनुभव राष्ट्र बैंकस“ग छ । गोर्खा विकास बैंकमा २ वर्षपछि बल्ल बल्ल काठमाडौं फाइनान्सस“ग मिलाएर घटुवा गरेपछि छाडियो भने सेयरमार्केट फाइनान्समा अझै अन्योल छ । 
समस्याग्रस्त घोषणा गरेपछि फाइनान्सको अवस्था सुघ्रिन नसकेको र लिक्विडेशन (बिघटन)मा लैजाँदा प्रक्रिया पूरा गर्न वर्षौ लाग्ने भएकाले राष्ट्र बैंक अब आफै नया“ लगानीकर्ता खोजेर कम्पनी नै बिक्री गर्ने तरिकाबाट जान खोजेको छ ।
संस्था विघटनमा लैजाने क्रममा राष्ट्र बैंकले नेपाल विकास बैंक, युनाइटेड बिकास बैंक, सिर्जना फाइनान्सलगायतबाट असफलता हासिल गरिसकेको छ । मंसिर ७ गते बसेको अर्थसमितिको बैठकमा गभर्नर चिरञ्जीवी नेपाललले समस्याग्रस्त वित्तीय संस्थालाई नया“ लगानीकर्ताको जिम्मा लगाएर केही समयमै समस्याग्रस्त सूचीबाट हटाउने बताएका थिए । 
यसरी बिग्रेथ्यो नेफिन्स्को नियमित लाभांश दिइरहेको नेपालको पहिलो फाइनान्स कम्पनी सञ्चालकहरू आफैं“ व्यवस्थापनमा बसेर हालिमुहाली गरेका कारण बिग्रेको हो । आर्थिक वर्ष २०६७÷६८ मा ३६ करोड ३१ लाख मुनाफा कमाएको यस कम्पनीका सञ्चालकहरूले आपैm“ तलब खाने र आपैm“ ऋण लिने गरी डुबाएका थिए । त्यसअघि मर्चेन्ट बैंकरको समेत काम गरेको सो कम्पनीको सेयरबजारमा राम्रो रेस्पोन्स थियो ।
समस्यागस्त घोषणा हुँदाका बखत खराब कर्जा “५४.१ र ८ पतिशत पुगेको थियो ।कम्पनीमा १२ हजारसेयरधनीको १६ करोड रुपैयाँ बराबरका सेयर लगानी थियो भने २ करोडको सेयर र बन्दमा पनि लगानी थियो । राष्ट्र बैंकले कम्पनीलाई समस्याग्रस्त घोषणा गर्दा समेत २० करोडको तरलता थियो।  राष्ट्र बैंकले फाइनान्समा समस्याग्रस्त घाषणा गर्दा े एउटै कम्पनी र आपसी सम्बन्ध भएका ब्यक्तिहरूलाई २५
प्रतिशतभन्दा बढी ऋणप्रवाह गरेको , नियमविपरीत सहकारी संस्थाको संस्थागत सेयरमा लगानी गरेकोलगायतका गम्भीर प्रकारका कमजोरीहरू फेला परेको जनाएको थियो । राष्ट्र बैंकले फाइनान्समा पु“जी पर्याप्तता नभएको, पु“जीकोष ४.३६ प्रतिशतले ऋणात्मक रहेको, खराब कर्जा ५४ प्रतिशतमाथि पुगेको र संस्थागत सुशासन कायम गर्न नसकेको भन्दै समस्याग्रस्त घोषणा गरेको थियो । 
फाइनान्समा ३६ प्रतिशत हिस्सा रविचन्द्रमान प्रधानको स्वामित्व थियो र उनी नै लामो समयसम्म कार्यकारीको भूमिकामा रहेका थिए । उनले आफु अमेरिकामा बसेको समयको समेत तलब खाएका थिए भने उनका भाई सुध्रिन्द्रमान प्रधानले फाइनान्स चलाएका थिए । 
नेपाल फाइनाइन्ससहित अरुण फाइनान्स, नेपाल सेयर मार्केट एण्ड फाइनाइन्स, क्यापिटल मर्चेन्ट एण्ड फाइनाइन्स, कुबेर मर्चेन्ट एण्ड फाइनाइन्स, वल्ड मर्चेन्ट एण्ड फाइनाइन्स, जनरल फाइनाइन्स, ललितपुर फाइनाइन्स, क्रिष्टल फाइनाइन्स (खारेजीको प्रक्रियामा रहेको), कर्पोरेट डेभलभमेन्ट बैंक र नारायणी डेभलभमेन्ट बैंक गरी अन्य १० वटा संस्था समस्याग्रत छन् । यी सबैजसो कम्पनीलाई राष्ट्र बैंकले नया“ लगानीकर्ताको जिम्मा लगाउने भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: