
आज चर्चा गर्न लागिएको बिषय अलि फरक किसिमको छ । जुन हाम्रो पूँजी बजारको लागि ‘थर्ड स्टेज’ क्यान्सर बराबरनै भैसकेको छ । मैले बारम्बार उठाउँदै आईरहेको बिषय “नेप्सेका कर्मचारीको ब्रोकर कम्पनीमा लगानी” मा अवपनि धितोपत्र बोर्डले छानविन गरेर कडा कारवाही नगर्ने हो भने बजारको अस्तित्वनै संकटमा पर्ने निश्चित छ ।
नेपाल स्टक एक्सचेन्जका बरिष्टदेखि कनिष्टसम्मका कर्मचारीको आफ्नै ब्रोकर कम्पनी । ब्रोकर कम्पनीमा लगानी छ । प्रमाणको लागि हेर्नुहोस्, अवकासपछी उनीहरुको गरीखाने भाँडो भनेकै ब्रोकर कम्पनी हो । अहिले नेप्सेका एक पूर्वबरिष्ट अधिकृत अवकास पाएको भोलिपल्टबाटै एउटा ब्रोकर कम्पनीमा फूलटाईमर भएर बसेका छन् । अब लगानीकर्ताले अहिलेको नेप्से प्रशासनबाट के आशा गर्ने ?
बजारमा सुनिन्छ, स्टक एक्स्चेन्जका महाप्रबन्धककै पनि ब्रोकर कम्पनीमा लगानी छ भनेर । हावा नचली त्यसै पात हल्लँदैन ।
लगानी गर्नु , व्यवसाय गर्नु कुनै पाप हैन, ब्यवसाय गर्न पाईन्छ, गरी खान पाइन्छ। तर यहाँको कुरा अलि बेग्लै छ । १५ लाख बढी लगानिकर्ता र १६ खर्बको बजार केहि व्यक्तिको हातमा परेका कारण नजरबन्दमा पर्ने काम अवस्था सृजना भएको छ अहिले । यतिसम्मकि जो बजारको हकहितको लागि भनेर सार्वजनिक पद धारण गरेर बसेको छ, उ नै ब्रोकर, उ नै लगानिकर्ता, उ नै मिडिया सञ्चालक भएपछी अब के होला बजारको भविष्य ?
भोलि, रिटायर्ड भएपछी ब्रोकर बन्छु भन्ने मनस्थिती बनाएर मानसिक रुपमै ब्रोकर भैसकेको व्यक्तिले व्यक्तिगत स्वार्थ छाडेर समग्र बजारको हितमा काम गर्ला त ? यस्तो अवस्थामा लगानीकर्ताले कसरी पारदर्शिता महसुस गर्ने अनि हाल कार्यरत ब्रोकरले पनि कसरी आफुलाई सुरक्षित ठान्ने ?
अहिलेको सेबोन नेतृत्वसँग आशा गर्ने ठाउँ धेरै छ । बजारको बिकास र लगानिकर्ताको हकहितको लागी छोटो समयमै धेरै काम भएका छन् । लगानिकर्ताका सार्वजनिक मागहरु सम्बोधन भएका छन् । अब नियामक निकायको लागी अर्को ठुलो चुनौती र गर्नै पर्ने काम भनेको माथी उल्लेख गरिएको क्यान्सरलाई काटेर फाली पुँजिबजारलाई बिश्वसनिय, पारदर्शी र स्वच्छ बनाउनु हो ।
हुन त उनिहरुले ब्रोकर कम्पनीको आफ्नो सेयर आफ्ना ईष्टमित्र ,नातेदार , नजिकका साथिभाईको नाममा राख्ने गरेको हुँदा प्रमाणित गर्न निकै गाह्रो छ । त्यसैले त प्रमाणित गर्नको लागी यो एउटा चुनौतीपुर्ण काम हो! नियामक निकाय बजारको सँरक्षक हुन्, अभिभावक हुन् । अभिभावकले कतिपय अवस्थामा व्यावहारिक पक्षलाई पनि सोचेर उपयुक्त कदम चाल्नुपर्ने हुन्छ । नियम अनि कानुनको पर्खाल भित्र बसेर आची गरी बातावरणनै प्रदुषण गर्ने छुट कसैलाई पनि छैन ।
एउटा यस्तो कानुन बनोस् र छिट्टै कार्यान्वयनमा आओस् कि धितोपत्र बोर्ड , नेप्से , सिडिएस लगायत सँस्थामा बहाल रहेका कसैले पनि ब्रोकर कम्पनीमा लगानी गरेको प्रमाणित भएको खण्डमा तत्काल पदबाट बर्खास्त गरियोस्। भबिश्यमा पुँजिबजारसँग सम्बन्धित कुनै पनि क्षेत्रको लागी अयोग्य घोषणा गरियोस् ।
अन्त्यमा,
बजारको लागी तत्काल गरिनुपर्ने कुराहरु निम्न रहेका छन् :
१. बैंकलाई ब्रोकर लाईसेन्स ।
२. अनलाईन कारोबार ।
३. ब्रोकरलाई डलरसिप र मार्जिन ल्याण्डिङका साथ साखा बिस्तारको अनुमती।
४.मर्चेण्ट बैंकलाई ब्यवस्थित गर्नु पर्यो। काम कार्वाही अस्तब्यस्त छ, लगानिकर्ताले अहिले मर्चेण्ट बैंकबाट पाउनुपर्ने न्युनतम सेवा सुबिधा पनि पाउन सकेका छैनन्।
५. ईन्साईडर ट्रेडिङ सम्बन्धमा कडा भन्दा कडा कानुन।
उल्लेखित माग भनेको अहिलेको बजारको माग हो ,सम्पुर्ण लगानिकर्ताको आवाज हो । यदि यसबिरुद्द लाग्ने कोही छ भने त्यो बजारको धमिरा हो, बजारको लागी क्यान्सर नै हो । यस्ता प्रवृतिको बेलैमा उचित उपचार गरी बजारलाई स्वच्छ पारदर्शी अनि बिश्वसनिय बनाउन सहयोग गरिदिनुहुन सरोकारवाला सबैमा अनुरोध छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्